Close This

भदौ मसान्तसम्म विदामा नबस्न निर्देशन

शनिबार श्रावण ५, २०७५/ Saturday 07-21-18
Paschim Today

पश्चिम टुडे, धनगढी ५ साउन । 
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले जनप्रतिनिधि र कर्मचारीहरुलाई भदौ मसान्तसम्म बिदामा नबस्न निर्देशन दिएका छन् ।
शुक्रवार नगर स्तरको स्थानीय विपद तथा जलवायु उत्थानशील समिति गठन तथा अभिमूखीकरण कार्यक्रममा बोल्दै नगरप्रमुख वडले वडा अध्यक्ष र सचिवहरुलाई यस्तो निर्देशन दिएका हुन । उनले अति आवश्यकीय काम बाहेकमा बिदा नदिइने बताए । ‘यो बाढी र डुवानका कारण विपद् निम्तिन सक्ने बेला हो । त्यसलै उद्धार र राहतका लागि तयारी अबस्थामा रहनु होला ।’ उनले भने । धनगढी नगरपालिकाले नगरस्तरको स्थानीय विपद तथा जलवायु उत्थानशील समिति गठन समेत गरेको छ ।
यसैगरी उपमहानगरपालिकाको सबै वडा तहमा वडा स्तरीय विपद तथा जलवायु उत्थानशील समिति गठन गर्न समेत निर्देशन दिइएको छ । एक साताभित्र सबै वडामा विपद तथा जलवायु उत्थानशील समिति गठन गरेर जानकारी दिन पनि नगर प्रमुखले निर्देशन दिएका छन् ।
धनगढी उपमहानगरपालिmकाको सहयोग तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कैलालीको समन्वयमा स्थानीय विपद तथा जलवायु उत्थानशील समिति गठन तथा अभिमूखीकरण कार्यक्रम आयोजना गरिएको थियो ।