Close This

एकै घरका ४ जनाले सेति नदीमा हाम फाले

शनिबार श्रावण ५, २०७५/ Saturday 07-21-18
Paschim Today

पश्चिम टुडे, धनगढी ५ साउन । 
डोटीको आदर्श गाउपालिकाका एकै घरका ४ जनाले सेति नदीमा हाम फालेको प्रहरीले जनाएको छ । आदर्श गाउपालिका वडा नम्बर ४ बस्ने बंमवहादुर बोहराकी श्रीमती, २ छोरा र १ छोरीले सेति नदीमा हाम फालेका हुन । 
नदीमा हाम फल्नेमा बोहराकी २८ वर्षीया श्रीमति धौली बोहरा, १२ बर्षीया छोरी राधीका बोहरा, ८ बर्षीया छोरा सुरेन्द्र बोहरा र ६ बर्षीया छोरा सुनिल बोहरा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना श्रावण १ गते भएको भए पनि प्रहरीलाई ढिला गरी जानकारी भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक लालवहादुर धामीले बताउनु भयो । 
सेतीमा हाम फाल्ने मध्ये ६ बर्षिया सुनिल वोहरालाई सेती नदिमा माछा मार्दै गरेको स्थानीय मानवहादुर विकले बचाएका थिए भने अन्य तिन जनाको खोजी कार्य जारी रहेको प्रहरी नायव उपरिक्षक धामीले बताउनु भयो ।