Close This

अमेरिका : छैन, सोचेजस्तो

शनिबार श्रावण ५, २०७५/ Saturday 07-21-18
Paschim Today

नविन ओझा,

अमेरिका मायावी देश हो अमेरिका त्यस्तो मुलुक हो, जसले विश्वका जुनसुकै देशका मान्छेलाई आफूतिर तानीरहेको हुन्छ जहाँ जाने ईच्छा विश्वका जुनसुकै मुलुकका नागरिकले गर्छन अमेरिका जानकै लागि मान्छेहरु मरिहत्ते गर्छन नेपालकै पनि लाखौले वर्षेनी डिभी भर्छन ती मध्ये मुस्किलले तीन÷चार हजारलाई डिभी पर्छ डिभी परेकाहरु पनि सबै जान पाउदैनन अमेरिका जान पाउनेहरुको भुईमा खुट्टा रहदैन, खुशीले

पर्ला, नपर्ला एकचोटी भरी हेरौ भनेर साथीहरुसंगै मैले पनि डिभी भरेको थिए जुलाई २००९ मा डिभी पर्नेमा मेरो नाम पनि निस्किएपछि पनि निकै खुशी भएको थियो झण्डै वर्ष दिन लामो सबै प्रकृया पुरा भएपछि २०१० डिसेम्बर १४ मा अमेरिका जाने निश्चित भएपछि भित्र साथीभाई घर छोड्नु पर्दाको नमिठो पीडा एकातिर थियो भने अर्कोतिर विश्वकै महाशक्ति अमेरिकालाई लिएर धेरै कौतुहलता थियो

नेपालका तुलनामा सस्तो छोटो यात्रा हुने भएकोले मैले अमेरिका जान दिल्लीको बाटो रोजे तर दिल्ली अन्तर्राष्ट्रिय बिमानस्थलमा नेपालीहरुमाथि हुने दुव्र्यबहार भोग्दा सस्तोका लागि दिल्ली जानु भन्दा महंगो भएपनि आफ्नै मुलुकबाट उड्नुपर्छ भन्ने चेतना ढिलोगरी आयो ममा

नेपालीहरुको भीसामाथि अनावश्यक शंका गर्ने, सक्कली होईन कि भनेर केरकार गर्ने भारतीय अध्यागमनका कर्मचारीको व्यवहार निकै आपत्तीजनक थियो तर त्यहाँ बोल्नु वा बिबाद गर्नुको कुनै अर्थ थिएन

अध्यागमनको सबै चेकजाँच पार गरेपछि राति एक बजे हामी चढेको जहाज अमेरिकाका लागि उड्यो १७ घण्टा आकाशमा बिताएपछि जहाज अमेरिका अवतरण भयो त्यहाँ पुग्दा बिहानको बजेको थियो

सिनेमा तस्वीरहरुमा देखेको अमेरिकामा पाईला टेक्न पाउदा निकै रोमाञ्चित भएको थिए बिमानस्थलमा आफन्तहरु लिन आएका थिए उनीहरुसित १५ दिन न्यू जर्सी राज्यमा बसे

त्यसपछिका तीन महिना रुमा गिरीले मलाई खाने बस्ने प्रबन्ध मिलाईन गिरीले मलाई स्पोन्सर गरेकी थिईन डिभी परेकालाई अमेरिकामा बस्नेहरुले स्पोन्सर गर्नुपर्छ अनि मात्र अमेरिकी दूतावासले भीसा दिन्छ स्पोन्सर गर्नेले डिभी परेर अमेरिका पुग्नेहरुलाई त्यतिबेला सम्म खाने बस्ने व्यबस्था गर्ने प्रतिबद्धता गरेका हुन्छन, जतिसम्म उसले जागीर पाउदैन

डिभी परेकाहरुलाई अमेरिकाले जागीर दिन्छ भन्ने धेरैमा भ्रम हुन्छ जुन ममा पनि थियो जागीर नपाएसम्म खाने बस्ने व्यबस्था अमेरिका सरकारले गर्छ भन्ने अर्को भ्रम पनि , डिभी पर्नेहरुमा तर त्यस्तो केही पनि व्यबस्था राज्यले गर्दैन जागीर आफैले खोज्नुपर्छ खाने वस्ने व्यवस्था पनि आफैले गर्नुपर्छ

माईती नेपालको जागीर छाडेर डिभी परेर अमेरिका हानिएको मैले झण्डै दुई महिना जागीरको खोजीमा बिताए जागीर खोज्दै न्यूयोर्क पुगे त्यहाँ एउटा भारतीय मूलका व्यक्तिको डिपार्टमेन्टल स्टोरमा क्यासिएरको काम थाले अमेरिकामा एक घण्टाको न्यूनतम ज्याला साढे सात डलर थियो मैले पनि त्यति नै डलर पाउथे दैनिक घण्टा हप्तामा दिन काम गर्नुपथ्र्यो अमेरिकामा दुई दिन बिदा हुन्छ

बिदाको समय घुम्ने भन्दा पनि राम्रो जागीरको खोजीमा बिताउथे अमेरिकामा नेपालीहरु नेपालीबाटै ठगिन्छन नेपालीहरु म्यानपावर कम्पनी चलाएर दलाली गर्छन राम्रो जागीर लगाई दिने भन्दै बेरोजगार नेपालीहरुबाट पनि पैसा लिन्छन सम्बन्धित कम्पनीसंग पनि लिन्छन एक व्यक्तिलाई रोजगारी दिलाए वापत उनीहरुले कम्पनीसंग सय डलर लिन्छन

डिपार्टमेन्टल स्टोरमा काम शुरु गर्दा मलाई त्यसको मालिकले म्यानेजर बनाउने आश्वासन दिएका थिए त्यहाँ काम गर्दा गर्दै वाईनकम्पनीमा जागीरका लागि अन्तर्वार्ता दिए छानिए मैले डिर्पार्टमेण्टल स्टोर छोडे वाईन कम्पनीमा काम शुरु गरे त्यहाँ मैले काम शुरु गर्दा प्रतिघण्टाको १२ डलर थियो पछि बढेर १४ डलर पुग्यो

अहिले आफ्नै गाडी व्यवसाय गरिरहेको छु मासिक देखि १० हजार डलरसम्म कमाई हुन्छ व्यवसाय गर्ने नेपालीहरुको यो भन्दा राम्रो कमाई हुन्छ

अमेरिका जाने नेपालीहरु भाषाका कारण समस्यामा पर्छन बेलायती अंग्रेजी पढ्ने नेपालीहरुलाई अमेरिकन अंग्रेजी बुझ्न अप्ठ्यारो हुन्छ भाषाकै कारण जागीर खान समस्या हुन्छ अमेरिकामा जानुभन्दा पहिले त्यहाँको भाषा सिकेर जादा सहज हुन्छ नत्र भने शुरुका दिनमा सास्ती खेप्नुपर्छ

अमेरिका धेरैको सपना हो अमेरिका जान नेपालीहरु मरिहत्ते गर्छन एसएलसी पास गरेदेखि नै अमेरिका जाने ध्याउन्नमा हुन्छन, युवाहरु तर अमेरिका सोचे जस्तो छैन अमेरिकामा पदको होईन कामको सम्मान जस्तो सुकै धनी सम्पन्न भएपनि अमेरिकामा काम गर्नैपर्छ मिहिनेत गर्नैपर्छ

नेपालमा जस्तो तास खेलेर बस्ने, क्यारेम खेलेर समय बिताउनेहरु अमेरिकामा भेटिदैन यस्ता अनावश्यक कुरामा समय खर्चिने यहाँ कसैलाई फुर्सद हुदैन न्यूयोर्क विश्वकै भीड हुने राजधानीहरुमा पर्छ तर बाटोमा हिडिरहेका कसैले कसैलाई छुदैनन यदि कसैले कसैलाई अन्जानमा छोयो भनेपनि उस्ले तत्काल माफी माग्छ हल्ला गरेर कसैले कसैलाई डिस्टर्ब गर्दैनन कसैले कसैको चियोचर्चा गर्छन सबै आआफ्नै काममा व्यस्त हुन्छ कतिसम्म संगै काम गर्ने एउटा साथीले अर्काको तलव सोध्दैन उसलाई अर्काले कति पाउछ भन्ने कुरासंग मतलव हुदैन तर एकले अर्कालाई सम्मान गर्छन

यी यस्तै कारण पनि अमेरिका विश्वकै महाशक्ति बनेको रहेछ भन्ने मलाई लाग्यो समयको कुशल व्यबस्थापन गर्न जानेका छन्, अमेरिकनहरुले समयको व्यबस्थापन प्रत्येक सेकेण्डको सदुपयोगले अमेरिका अमेरिका बनेको हो काम कम गफ बढि गर्ने बानीका कारण नेपालीहरु नेपालको विकास नभएको हो भन्ने निष्कर्षमा पुगेको थिए, अमेरिका बसाईको केही समयमै

अमेरिकामा सबै जातका मान्छे छन् अझ विश्वका सबै देशका मान्छे छन् अमेरिकामा ५० राज्य छन् यहाँ कसैले जातीय राज्य मागेर झगडा गरिरहेका छैनन एकल जातीय राज्यका लागि अमेरिकामा आन्दोलन गर्ने नै भेटिन्छन जसले जति काम गर्छ, त्यति पारिश्रमिक पाउछ जसले जति पढेको , त्यही अनुसारहरुको अवसरहरु पाउछ सबैलाई अवसरहरु समान छन् कालो भएका कारण कसैलाई बढि अधिकार छैनन गोरो भएकाले ठूलो भन्ने दम्भ पाल्छ जनजाती वा आदिवासी भएको भन्दै कसैले अग्राधिकार मागेका छैनन अमेरिकामा मान्छे कामले ठूलो हुन्छ मान्छेहरुका लागि सबैभन्दा महत्वपूर्ण समय हुन्छ त्यही समयलाई पछ्याउदै अमेरिका अघि बढेको समयको गति नबुझ्दा नेपाल पछि परेको समयको गति बुझ्दा अमेरिका कति हो कति अघि बढेको

न्यूयोर्क विश्वकै महङ्गो शहर हो खानपिन बस्नका लागि न्यूयोर्क महङ्गो तर पनि यहाँ दिनमा सय डलर कमाउनेले राम्रैसंग जिन्दगी बिताउन सक्छ नेपालमा भने दैनिक सय रुपैया कमाउने घरपरिवार पाल्ने सपना देख्नु बेकार हुन्छ

शहरका तुलनामा गाँउहरुमा बसाई खानपिन सस्तो यहाँको गाँउ नेपालका शहरभन्दा पनि व्यबस्थित, विकसित सफा सुग्घर छन् घरमा पेण्ट गर्नुपरेपनि घरबेटीले आफ्नो मर्जीले पेण्ट गर्न पाउदैन आफ्नो मर्जीले घरहरु तोडफोर्ड गर्न पसलहरु खोल्न पाउछन त्यसका लागि स्थानीय प्रशासनसंग अुनमती लिनुपर्छ कलकारखाना उद्योग धन्दाका लागि निश्चित क्षेत्र छुट्याएको हुन्छ त्यहाँ बाहेक अन्यत्र कलकारखाना खोल्न पाईदैन

अमेरिका कानूनले चलेको यहाँ बिधिको शासन कानून नमान्ने वा कानून बिपरित काम गर्नेहरु पहुँच वा शक्तिका भरमा नेपालमा जस्तो यहाँ छुट पाउदैनन कानूनले यहाँ कसैलाई सानो ठूलो भन्दैन कानूनका नजरमा सबै समान छन् अमेरिकाको यो महत्वपूर्ण बिशेषता हो काम नगरी खाने, धम्क्याएर तर्साएर अरुबाट पैसा असुल्ने नेपालका जस्ता राजनीतिक दलका युवा संगठनहरु यहाँ छैनन जसले काम गर्दैन अमेरिकामा त्यसको सम्मान छैन त्यसैले पनि अमेरिकामा कोही खाली बस्दैनन

नेपालबाट अमेरिका जानेहरु जान खोज्नेहरु सोच्छनअमेरिकामा डलर रुखमा फलेको हुन्छ त्यही डलर टिप्न अमेरिका जानुपर्छ

तर अमेरिका जानेहरुले के बिर्सन हुदैनअमेरिकामा संघर्ष गर्नेहरुले मात्र सफलता हात पार्छन डलर कमाउछन सीप, क्षमता शिक्षा हुनेहरुले मात्र अमेरिकामा राम्रो अवसर पाउछन

अमेरिकाको दिनचर्या जीवनशैलीको प्रभाव नेपालीहरुमा पनि परेको टिनएजरहरु यहाँको जीवनशैलीबाट बढि प्रभावित भएका छन् पढ्न आएका कतिपय नेपालीहरु युवाहरु बिग्रिएका छन् कुलतको शिकार भएका छन् अमेरिकन संस्कृतिको प्रभावमा परेर आफ्नो जिन्दगी बर्बाद गरिरहेका छन्

तर अमेरिकामै नेपाली संस्कृति जोगाउन लागीपरेकाहरु पनि थुपै्र छन् चाडपर्वहरुमा घरको याद आउछ घरपरिवार, आफन्त साथीभाईहरुको सम्झनाले यस्तो समयमा बढि सताउछ अमेरिकामा बस्ने नेपालीहरुले संयुक्त रुपमा दशै तिहार चाड पर्व मनाउने गरेका कारण भने दशै तिहार निरस खल्लो हुन पाउदैनन सबै नेपालीहरु आफूलाई पायक पर्ने ठाँउमा जम्मा हुन्छन, यस्तो समयमा नेपालीहरुले नाचगान, खानपिन रमाईलो गरेर दशैतिहार जस्ता महत्वपूर्ण चाडहरुमा भव्यताका साथ मनाउछन

विश्वका बिभिन्न देशबाट वर्षेनी लाखौ व्यक्ति अमेरिका आउछन नेपालबाट पनि वर्षेनी हजारौको संख्यामा नेपालीहरु अमेरिका पुग्छन तर सबैको जिन्दगी सहज छैन सबैले राम्रो जागीर पाउने कुराको ग्यारेण्टी हुदैन भाषा नबुझ्दा नेपालीहरुले सबैभन्दा बढि कठिनाई झेल्नु परिरहेको त्यसैले अमेरिका आउनुभन्दा पहिले अंग्रेजी भाषाको राम्रो ज्ञान त्यसमा दख्खल हुन आवश्यक अन्यथा अमेरिकामा काम मिल्न गाह्रो हुन्छ जागीर मिलेपनि काम गर्न भाषाकै कारण अप्ठ्यारो हुन्छ