Close This

गुरुहरुको सम्मानमा कार्यक्रम गरिने

शनिबार श्रावण ५, २०७५/ Saturday 07-21-18
Paschim Today

नगढी, ५ साउन । धनगढीको पञ्चोदय माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीले आफ्नो गुरुहरुको सम्मानमा कार्यक्रम आयोजना गर्ने भएका छन् । 
    गुरु पूर्णिमाको अवसर पारेर सो विद्यालयमा सेवा गरेर अवकाश प्राप्त र कार्यरत शिक्षकहरुको सम्मानमा नमन कार्यक्रम आयोजना गर्ने जनाएका छन् । धनगढीमा भएको पूर्व विद्यार्थीहरुको भेलाले साउन ११ गते पर्ने गुरु पूर्णीमाको अवसर पारेर पूर्व तथा कार्यरत शिक्षकलाई नमन गर्ने कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो । 
कार्यक्रमलाई सफल बनाउँन पूर्व विद्यार्थी किसनसिंह टेरको संयोजकत्वमा प्रमोद ओझा, भिम चौधरी, श्याम पाठक र कुवेरबहादुर शाही रहेको पाँच सदस्यीय समिति समेत गठन गरिएको छ । 
कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण पूर्व विद्यार्थीहरुलाई अनिवार्य रुपमा सहभागिताको लागि अनुरोध गरिएको छ ।