Close This

बझाङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

शनिबार श्रावण ५, २०७५/ Saturday 07-21-18
Paschim Today


बझाङ,५ असार ।
बझाङको खप्तड छान्ना गाउँपालिका बयानामा पहिरोमा पुरिएर एक नावालक सहित चार जनाको मृत्यु भएको भने दुई जना घाईते भएका छन् ।  मृत्यु हुनेमा तीन जना एकै परिवारका रहेका छन् । 
प्रहरीका अनुसार घटनामा परी खप्तड छान्ना गाउँपालिका– ६ बयानाका ५२ वर्षीया उजलीदेवी थापा, उनकी बुहारी ३२ वर्षीया महेश्वरी थापा र महेश्वरीका ६ वर्षीय छोरा कृष्ण थापा र सोही गाँउका २० बर्षीय मंगल थापाको पहिरोमा पुरिएको घट्नास्थलमा मृत्यु भएको हो ।
पहिरोमा परेर दुई बालक कविराज थापा र रिकेश थापा घाइते भएका छन् ।