Close This

भारतमा एक नेपाली कामदारको मृत्यु

आइतबार श्रावण ६, २०७५/ Sunday 07-22-18
Paschim Today

पश्चिम टुडे, धनगढी ६ साउन । 
कैलालीबाट कामका लागि भारत गएका एक कामदारको मृत्यु भएको छ । 
    कैलारी गाउँपालिका वडा नम्बर ५ जबदहुवा गाउँका अन्दाजी २४/२५ वर्षीय विजय चौधरीको भारतको महाराष्ट्र स्थित पुनेमा मृत्यु भएको हो । उनी त्यहाँ स्थित परशुराम रबर कम्पनीमा काम गर्दै आएका थिए । कुनै विरामी नभएका उनी शुक्रवार चर्पी जाँदा चर्पीमै ढलेको पुनेबाट रमेश चौधरीले जानकारी दिए । ‘विरामी थिएनन् । चर्पी गएँ, अचानक त्यहिं ढलेर ज्यान गयो’, चौधरीले भने । 
    विजय कामका लागि गाउँकै युवाहरुसंग चार महिना अगाडि भारत गएका थिए । शवलाई मृतकका गाउँकै कामदारहरुले त्यहाँ स्याहारेका छन् । शव लिनका लागि मृतकको बुवा भारततर्फ प्रस्थान गरेको जनाइएको छ ।