एक वर्षको तलब ज्येष्ठ नागरिकलाई 

SITENAME

शेरबहादुर सिंह, कञ्चनपुर ६ साउन । 
भीमदत्त नगरपालिका–१ का १०५ वर्षिया झुसीदेवी विष्ट शनिबार बिहान वडा कार्यालयमा नातिनीको सहारामा पुगिन् ।     
    अघिल्लो दिन वडा कार्यालयले गाउँभरिका ज्येष्ट नागरिक (७० वर्ष पुगेका) एकल महिला, दृष्टिबिहीन र अपांगता भएका व्यक्तिलाई वडा अध्यक्ष आसेफ कँुवर (भुन्टु) ले आफूले पाएको तलब दिने तयारी गरेका थिए । 
सोही अनुसार वडा कार्यालयबाट अध्यक्ष कुँवरले स्थानीय तहमा निर्वाचित भएपछि पाएको वर्ष दिनको तलब गाउँमै वितरण गरेका छन् । ‘मैले निर्वाचनमा मत माग्दै गर्दादेखि निर्वाचन जितिसकेपछि पनि पाँच वर्षसम्म सरकारी सुविधा नलिने बचन दिएकै थिएँ ।’ नेपाली काँग्रेसबाट निर्वाचित अध्यक्ष कुँवरले भने–‘यो जनताकै करबाट पाएको तलब जनताकै हातमा सहयोगस्वरूप दिएको हुँ ।’
ज्येष्ठ नागरिक समक्ष कार्यकालभरिको रकम आफू समाजमै परोपकारी काममा दिने पनि उनले बताए । 
प्रतिव्यक्ति रु एक हजार पाँच सयका दरले १६३ जनालाई रकम वितरण गरिएको छ । ‘यहाँ आउन नसेका वृद्ध÷वद्धालाई घरमै गएर पनि रकम दिन्छु,’ अध्यक्ष कुँवरले भने–‘म तलब खान होइन, जनताको सेवा गर्न आएको हुँ ।’
    तलब वापत पाएको रु दुई लाख ६२ हजार वडा कार्यालयका पदाधिकारीको सहयोगमा उनले आफैले सहयोग गरेका थिए । 
    वडा अध्यक्ष कुँवरले जनप्रतिनिधिले स्थानीय तहबाट तलब सुविधा लिनु अशोभनिय हुने तर्क गरे । ‘हामी लोकसेवा पास गरेर तलब खान स्थानीय तहमा आएका होइनौं,’ अध्यक्ष कँुवरले भने–‘पाँच वर्षसम्म सुविधा नलिएर वडाको विकासदेखि जनताको हितका लागि काम गर्छु ।’
वडाध्यक्षको मासिक तलब रु २२ हजार छ । ‘यहाँका ज्येष्ठ नागरिक मेरा अभिभावक हुन,’ उनले भने–‘उहाँहरूकै आर्शीवादले म राजनीतिमा अघि बढ्नेछु ।’
    वडा अध्यक्षले रकम वितरण गरेपछि स्थानीय ज्येष्ठ नागरिकमा खुशीयाली छाएको छ । उनीहरुले अध्यक्ष कँुवरलाई जयजयकार गर्दै आर्शीवाद समेत दिएका छन् । तीन दशकदेखि गाउँमा बस्दै आएका ८६ वर्षीय लालबहादुर कुँवरले पहिलो पटक गाउँमा तलब रकम बाँडेको देखेको बताए । 
‘प्रधानपञ्चदेखि गाविस अध्यक्षसम्म हामीले चुन्यौं,’ उनले भने–‘तर यति मनकारी प्रतिनिधि पहिलो पटक पाएका हौं ।’
एक सय पाँच वर्षीय झुसिदेवी विष्टले भनिन्–‘अध्यक्षले राम्रो काम गरे, जुगौंजुग बाँचिरहुन ।’ पालैपालो रकम वितरण गर्दा अध्यक्षलाई अंगालो हार्दै कतिपय वृद्धाले खुशीका आँशु समेत झारे ।     
    त्यसैगरी स्थानीय ७७ वर्षीय रामबहादुर विष्टले मनकारी अध्यक्ष पाएकोमा खुशीयाली समेत साटासाट गरेँ । अध्यक्ष कुँवरले तलब रकम वडामै वितरण गरेको सम्भवतः प्रदेश नं. ७ मा नै यो पहिलो घटना हो । 
स्थानीय प्रतिनिधि आएसँगै गाउँमा सडक, खानेपानी, विद्युत्, नदी नियन्त्रणका लागि तटबन्ध लगायत क्षेत्रको विकास समेत भएको स्थानीयवासीको भनाइ छ । 

प्रतिकृया दिनुहोस
SITENAME

सामुदाय प्रहरी साझेदारी कार्यक्रम जोरायलमा बिस्तार

कर्ण चन्द, डोटी, २३ मंसिर ।   सामुदाय प्रहरी साझेदारी कार्यक्रम जोरायल गाउँपालिकामा बिस्तार गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटी र जोरायल

SITENAME

पाहुना स्वागत गर्न आतुर छन् पटेलावासी थारु

धनगढी, २३ मंसिर । थारु समुदायको पहिचान र संस्कृति झल्किने । पुराना गरगहना, हस्तकला र पहिरन । यीसंगै खानपान, रहनसहन लगायतका बारेमा अब एउटै थलोमा जानकारी

SITENAME

सीमा सुरक्षा गर्ने सशस्त्र प्रहरी सदरमुकाममै 

डडेल्धुरा, २३ मंसिर । सीमा क्षेत्रमा शान्ति सुरक्षा तथा सीमारक्षा गर्र्ने उद्देश्यसहित यहाँ आएको सशस्त्र प्रहरी बल विगत तीन महीनादेखि सदरमुकाममै