Close This

जिविकोपार्जनमा सहयोग गर्ने प्रतिबद्धता

आइतबार श्रावण ६, २०७५/ Sunday 07-22-18
Paschim Today

पश्चिम टुडे, धनगढी ६ साउन । 
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले मुक्त कमैयाको जिविकोपार्जनमा सहयोग गरिने बताएका छन् ।
शनिवार धनगढी उप–महानगरपालिका १७ खैरेनी र मिलनपुरमा सशक्तिकरणका क्षेत्रमा यूवाहरु र ईको को–अपरेशनको साझेदारीमा संचालन हुन थालेको जिविकोपार्जनको अधिकार कार्यक्रमको उद्घाटन गर्दै यस्तो कुरा बताएका हुन । ‘तपाईहरु के काम गर्न चाहनुहुन्छ हामी सहयोग गर्न तयार छौं’ नगरप्रमुख वडले भने–‘व्यावसायिक रुपमा तरकारी खेती गर्न चाहनुहुन्छ भने नगरपालीकाले अनुदान सहयोग खोजिदिन्छ ।’ 
मुक्त कमैयाहरुले अहिले गरिरहेको कामलाई नै व्यायसायिकतातिर लैजान उपमहानगरपालिकाले डकर्मीको तालिम आयोजन ागर्ने बताए । सडक कालोपत्रे बनाउन जान्ने जनशक्ति नभएकाले त्यो तालिममा सहभागी हुन चाहनेहरुलाई तयार रहन अनुरोध गरे ।
सशक्तिकरणका क्षेत्रमा यूवाहरु संस्थाका कार्यकारी प्रमुख जयबहादुर महराले आफू मुक्त कमैयाको जिवनस्तरमाथि उठाउनका लागि स्थानीय सरकारसंग समन्वय गरेर जाने बताए । संस्थाका कार्यक्रम संयोजक सचिदानन्द जोशीले यो कार्यक्रम धनगढी उपमहानगरपालिका १७ को खैरेनी र मिलनपुरका १ सय ३० घरलाई लक्षित गरेर संचालन गरिने बताए ।