Close This

नेल्टाको अध्यक्षमा भट्ट चयन

आइतबार श्रावण ६, २०७५/ Sunday 07-22-18
Paschim Today

पश्चिम टुडे, धनगढी ६ साउन ।
नेपाल इङ्लिस ल्याङ्वेज टिचर एशोसिएसन (नेल्टा) को अध्यक्षमा लक्ष्मणदत्त भट्ट चयन भएका छन् ।
शनिबार धनगढी सम्पन्न अधिवेसनले धनगढी नमूना माविका प्रधानाध्यापक समेत रहेका भट्टको अध्यक्षतामा १२ सदस्यित नयाँ कार्य समिति चयन गरेको हो । नेल्टाको उपाध्यक्षम विनोद शर्मा, सचिवमा धर्मदेव न्यौपाने, कोषाध्यक्षमा योगराज आचार्य र सह–सचिवमा धनिदत्त भट्ट चयन भएका छन् ।
  यसै गरी नेल्टाको सदस्यमा भिम केसी, शान्ति भट्ट, भागी आचार्य, हेमराज विष्ट, तिर्थ जोशी, जीवन रेग्मी र निरञ्जन भट्ट चयन भएका छन् । निर्वतमान अध्यक्ष सुनिता सुरी (स्वार) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिष्ट्रार प्राध्यापक डाक्टर हेमराज पन्त प्रमुख अतिथि रहेका थिए ।
पूर्व अध्यक्ष्य रामजी हमालले साधारण सभामा नेटाका बारेमा संक्षिप्त जानकारी दिएका थिए भने केन्द्रीय सदस्य हेमराज खड्काले सहजीकरण गरेका थिए ।