Close This

बिपीको बाटो बिर्सदै कांग्रेस

सोमबार श्रावण ७, २०७५/ Monday 07-23-18
Paschim Today

    टेकेन्द्र देउवा
जनताका समस्या प्रति बेखबर राणा प्रधानमन्त्री चन्द्र शम्शेरलाइ लाई जन्मदिनको उपहार स्वरुप गरिब किसानका फाटेका लुगाको पोको दिएर राणा शासकको आँखा खोल्न खोज्ने साहसिक बाबु कृष्णप्रसाद कोइराला र आमा दिव्या कोइरालाको साहिला छोराको रुपमा विसं १९७१ साल भदौ २४ गते बिपी कोइरालाको जन्म (शैल्यकृयाबाट) वनारसमा जन्म भएको थियो । जो आज हामी १०५ औं  बिपी जयन्ती तथा ३६ औ बिपी स्मृती दिवश मनाउदै  छौं । 
न्वारनमा पण्डितले उनको नाम चुडामणी राखेका थिए । यो नाममा कालीदासलाई चित्त बुझेन र उनले बोलाउने नाम विश्वेश्वरप्रसाद कोइराला नामाकरण  गरे । विश्वेश्वरको बाल्यकालको बसाई चन्द्रगञ्जमा भयो तर चन्द्रगञ्जको बसाइ पनि लामो हुन सकेन किन कि कृष्णप्रसाद कोइरालाले ढाक्रेको नाजुक अवस्था देखेर उनमा दया आयो । देशका जनताको अवस्था कस्तो छ भन्ने जानकारी चन्द्र शम्शेरलाई गराउन ढाक्रेका शरीरका जुम्म्रा भएका कपडाहरू आपूmले लिएर राम्रा कपडाहरू ढाक्रेलाई दिएर पठाए भने जुम्रेलुगाहरू चन्द्रशम्शेर कहाँ पार्सल बनाई पठाए । चन्द्र शम्शेरले यो पार्सल हेरे पछि उनी माथि कस्तो कार्वाही हुन्थ्यो होला कृष्णप्रसाद संकेत पाएर भारत लागि सकेका थिए । उनको सर्वश्व सरकारले हरण भयो । विश्वेश्वर पनि ११ बर्षको उमेरमा परिवारको साथमा वनारसतिर लाग्नु प¥यो । 
बालक कालमा विश्वेश्वरको बसाई स्थीत रहेन । उनी कहिले वनारस हुन्थ्ये भने कहिले कलकत्ता, कहिले वेतीया, आदि ठाउँमा उनको बाल्यजीवन चक्रमय भयो । खानपीनको पनि समस्या थियो । कहिले चना खाएर दिनरात व्यतित गर्नु पथ्र्यो । एउटा कष्टमय जीवनको यात्रामा रहेका वी.पी.को अध्ययन पनि कष्टकर यात्रामा नै रह्यो । उनको परिवार यति दयनीय अवस्थामा गुज्रेको थियो कि उनी बिमारी भएर शरीर भरी घाउ खटिरा आउँदा ती घाऊ खटिरालाई काट्ने बेलामा वेहोस बनाउने दवाई क्लेरोफर्मसम्म किन्ने पैसा थिएन । विना दवाइ नै उनको अपरेशन गर्नु प¥यो । अपरेशन सफल भएन पुन उनी कलकत्ता जानु प¥यो । कलकत्तामा अपरेशन सफल भए पछि पुन वी.पी. वनारस फर्के । विश्वेश्वरले अध्ययनको वातावरण त्यति पाउन सकेनन् तर पनि उनी साहसी थिए । वनारसमा बस्दा दरिदको भारी बोक्न प¥यो र उनका बाबुले टेढीमा जग्गा किने पछि वी.पी. पनि टेढीमा आउनु प¥यो । आधा किशोर अवस्था वी.पी.को टेढीमा नै वित्यो । वी.पी. वलनारसमा पढ्न चहान्थै तर कृष्णप्रसाद कोइरालाले खर्च पु¥याउन नसक्ने अवस्था थियो । कोइराला परिवारको आर्थिक अवस्थालाई हेर्दा सुरुमा सम्पन्नशाली नै थिए जव उनको र चान्द्रशमशेरको बीचमा भएको कटुताले गर्दा उनी विदेशीन प¥यो त्यस अवस्थाबाट जवसम्म चन्द्रशमशेर जीवित रहे तवसम्म कोइराला परिवारको आर्थिक जीवन कष्टमय नै रह्यो । वेतियामा बस्दा सबैले पीठो धोलेर खोले खाएर पनि वाँच्न वाध्य थिए । भनिन्छ हरिहरको मृत्यु हुँदा कात्रो किन्ने पैसा समेत थिएन । पेट पाल्नको लागि पत्रिका बेच्नु   पथ्र्यो । जव चन्द्र शम्शेरको मृत्यु भयो र भीम शम्शेर मन्त्री भए तब कहृष्णप्रसाद नेपाल फर्के । पुन उनी व्यपारमा लागे र आर्थिक अवस्था सुध्रदै गयो ।
पिताजीको साहस र जनप्रेमी भावनाबाट बिपी अत्यन्तै प्रभावित थिए । राणाहरुलाई अपहेलना गरेको आरोपमा भारत निर्वासनमा रहेका बुबासंगै भारतको स्वतन्त्रता आन्दोलनलाई बुझ्ने मौका पाएका बिपी कोइराला सानैदेखि सबैसँग घुलमिल हुन सक्ने, तीक्ष्ण बुद्धि र स्मरण शक्तिका मेधावी युवाका रुपमा परिचित थिए  । राजनीतिका अतिरिक्त पत्रकारिता, साहित्य लेखन, भ्रमण लगायतका विषयहरु बिपी कोइरालाका रुचिका विषयहरु थिए । एकपटक सुनेको, पढेको कुरालाई कहिल्यै नबिर्सने र विभिन्न कोणबाट विश्लेषण गर्न सक्ने अनि त्यसको गहिराइसम्म पुगेर सकारात्मक पक्षहरु तुरन्त आत्मसात् गर्न सक्ने विशिष्ट क्षमता बिपी कोइरालामा देखिन्छ । 
बिपीबादको जन्म ः
बिपीले १९९७ सालको राणाबिरोधी आन्दोलन र प्रजातन्त्र स्थापनापा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्षम रहे । औद्योगिक पूजिवादी युगमा प्रवेश गर्दै गरेको युरोपमा माक्र्सले लेखेको पुस्तकहरु ‘पुँजी र कम्युनिस्ट पार्टीको’ घोषणापत्रले उथलपुथल ल्याइदिएको थियो  । ति पुस्तकलाई विश्लेषणात्मक अध्ययन गर्दा बिपीले एकातिर आर्थिक समानताका लागि माक्र्सले राखेको विचार उत्साहबद्र्धक पाए भने व्यक्तिको स्वतन्त्रताप्रति माक्र्सले गरेको उपेक्षाको कारण माक्र्सको राजनीतिक दर्शन अव्यवहारिक र एकपक्षिय रहेको निष्कर्षमा बिपी कोइराला पुगेको पाइन्छ । बिपी कोइरालाले कार्ल माक्र्सले भन्ने शासन व्यवस्थामा जस्तै आर्थिक समानता र न्याय अनि पुँजीवादी व्यवस्थामा जस्तै स्वतन्त्रता दुवैको सामाजस्य हुने व्यवस्था नै नेपाल जस्तै गरिब मुलुकका लागि उपयुक्त हुने निष्कर्ष निकाले ।

यसलाई राज्यले कसरी व्यवस्थापन गर्न सक्छ भन्नेबारे बिपीको गहिरो र अनवरत चिन्तनको परिणाम नै नेपाली कांग्रेसले यी दुई आर्थिक र मौलिक अधिकारका आयामलाई प्रजातान्त्रिक समाजवाद नामाकरण गरी विसं. २०१२ को वीरगन्ज महाधिवेसनबाट पारित गराई एउटा समाजवादी पार्टीको रुपमा आफूलाई उभ्याएको देखिन्छ  । बिपीकै प्रेरणापछि नेपाली कांग्रेसले आफूलाई समाजवादी पार्टीको रुपमा परिभाषित गरिरहेको छ ।
विसं २०१५ सालमा गरिब जनतालाई नै सार्वभौम बनाउने अभियान सहित नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्न पुगे । बिपीको विचारबाट सशंकिंत भई राजा महेन्द्रले विसं २०१७ सालमा बिपीलाई पदच्युत गराई नेपालमा पञ्चायत बहाली भएको घटना सबैको दिमागमा ताजै छ । बिपी कोइराला न राजासँग डराए न पञ्चायत तर निरन्तर जनताको पक्षमा वकालत गरिरहे । बिपीले मान्छेको मस्तिष्कले स्वतन्त्र वातावरणमा मात्र काम गर्न सक्ने र मस्तिष्कको खोजको परिणाम यदाकदा जादुमय आविष्कारका रुपमा संसारले प्रतिफल लिन पाउनेकुरा राम्ररी बुझेका थिए । त्यसैले उनी भन्थे ‘मानिस ब्रेडले होइन ब्रेनले सञ्चालित हुन्छ’ ।
‘प्रजातान्त्रिक समाजवाद’ लाई व्याख्या गर्ने क्रममा पनि बिपी कोइरालाले साम्यवाद र प्रजातन्त्रको जोड घटाउका आधारमा स्पष्ट पार्छन्  । बिपी भन्ने गर्थे ‘साम्यवादमा प्रजातन्त्र थपिदिए समाजवाद हुन्छ र समाजवादमा प्रजातन्त्र झिकिदिए साम्यवाद हुन्छ ।’
बिपी कोइराला अन्तरआत्मादेखि जति प्रजातन्त्रवादी थिए त्यत्ति नै आर्थिक न्याय र समानताका पनि पक्षपोषक थिए । प्रजातन्त्रलाई जति उनी सभ्य समाज निर्माणको अभिन्न अंग मान्थे, आर्थिक समानतालाई त्यत्ति नै जरुरी ठान्थे । आर्थिक समानता र राजनीतिक स्वतन्त्रताको कुशल समायोजन हुनसके नै राष्ट्रियता वा देशप्रेमको भावना बलियो हुने बिपीको ठम्याइ थियो  । उनी भन्थे ‘म चाहन्छु हरेक नेपालीको एउटा घर होस् खान पुग्ने गरी उब्जनी हुने खेतबारी होस १÷२ दुहुनो गाई होस छोराछोरी स्कुल जान सकुन औषधी उपचार नपाएर मर्न नपरोस् ।’ मध्यम वर्गीय परिवारको तत्कालीन अवस्थामा यस्तै आर्थिक सामथ्र्य हुन्थ्यो र बिपी कोइराला त्यस्तै घर परिवार भएको समाज बनाउन चाहन्थे  । कृषि व्यवसाय र गाउँ नेपालको परिवेशमा अभिन्न छन्  । बिपी कोइरालाको दृढ विश्वास थियो कि गाउँमा बस्ने अधिकांश जनताको कमजोर आर्थिक स्तर उकास्न विकासको अभियान गाउँमा व्यापक रुपमा लैजानु पर्छ र सँगसँगै कृषि व्यवसायलाई यति सबल बनउनुपर्छ कि सबै कृषक फाटेको टोपी लगाउने र हलो जोत्ने अवस्थाबाट उठेर आर्थिक रुपमा सवल र सुदृढ हुन सकून्  । बिपी कोइरालाको एउटा तारिफ योग्य क्षमता भनेको समय, सन्दर्भ र कार्यकर्ता समर्थकहरुको बुझ्ने क्षमतालाई ख्याल गरी आफ्नो विचार प्रष्टसँग सरल भाषामा बुझाउने कला पनि रहेको देखिन्छ । जसरी बिपीको समाजवादी दर्शनले नेपाली जनताको मन जितेको थियो । बिपीले कांग्रेसको नेतृत्व बहन गरिरहँदा सबै वर्ग, जातजाति, समुदायको अपनत्व हुने गरी मिलाएर लगेका थिए ।
बाटो बिराउँदै नेपाली कांग्रेस ः
तर बिपीको देहावसानपछि नेपाली कांग्रेसले बाटो बिराउन खोजेकै हो । २०४७ पछिको नेपाली कांग्रेसको सरकारले तत्कालीन परिस्थितिमा जग्गाको हदबन्दी निर्धारण गरी नेपाली कांग्रेसको सरकारले आर्थिक न्याय र समानता स्थापित गर्न बिपीको चाहना बमोजिम आफ्नो समाजवादी कार्यक्रमको झलक दिन खोजेको देखिए पनि त्यसले निरन्तरता पाएको देखिँदैन । बिपी कै विचारबाट सञ्चालित पार्टी भए पनि बिपीको विचारलाई आत्मसाथ कांग्रेसले गरेको देखिँदैन । सर्वहारा व्यक्तिको पार्टीका नेताहरु चाहिँ पुँजीवादी भएको  देखिन्छ ।
वर्तमान समयमै आइपुग्दा बिपी कोइरालाका विचारलाई मूल मर्म मान्नुपर्नेमा जन्मजयन्ती, मेलमिलाप दिवस र स्मृति दिवसको दिन मात्र सम्झने गरेको गुनासो व्याप्त छ । अवसरबाट बञ्चित र अवसरबाट लाभान्वित बीच द्वन्द्व चर्केको वर्तमान कांग्रेसमा गुट, उपगुट हावी हँुदै गएको र भावनात्मक एकता सुदृढ हुन नसकेको आभाष भएको छ । संघर्षको लामो आयाम बोकेको कांग्रेस पार्टीमा सामूहिक विकास भन्दा व्यक्ति विकासको नियति हाबी हँुदैछ  । यसर्थ बिपी जयन्ती देशभर मनाइरहँदा यी विषयबाट कांग्रेसलाई सुधार्ने प्रण गर्नु प्रधान विषय हुन्  । अहिलेको सन्दर्भमा मुलुकका प्रमुख राजनीतिक शक्तिहरु जुनसुकै नाम दिएर भए पनि बिपी कोइरालाको आर्थिक समानता र राजनीतिक स्वतन्त्रतालाई सँगै लाने प्रजातान्त्रिक समाजवादको वरपर रहेर हिँड्न खोज्दै गर्दा बिपीको आफ्नो पार्टीले कार्यकर्ता एवं शुभेच्छुकहरुलाई समाजवादी आर्थिक कार्यक्रमका बारेमा व्यापक प्रशिक्षण दिई पार्टीलाई बलियो प्रजातान्त्रिक समाजवादी दलको रुपमा उभ्याउन सके मात्र बिपीप्रति सच्चा निष्ठा हुनेछ ।
अबको बाटो ः
आजको नेपाली काँग्रेसले, यही दर्शन अवलम्वन गरेर काँग्रेशको नेतृत्वमा दूई दुई ओटा शान्तिप्रिय जनआन्दोलन परिचालन गरेर सफलता हाँसिल ग¥यो । २०४६ सालको क्रान्ति सफल बनाएर संविधान दिन सक्षम भयो । दोस्रो जनआन्दोलन पनि नेकाको नेतृत्वमै देशमा प्रजातन्त्रमात्र मात्रै नभएर गणतन्त्र वहाली गराएको छ । नेपालको संविधान २०७२ नेपाली कांग्रेसकै नेतृत्वमा जारी भएको छ । स्थानीय तहको २ चरणका निर्वाचन नेपाली कांग्रेस सहितको संयुक्त सरकारले सम्पन्न गरायो । प्रदेश र प्रतिनिधी सभाका दुईवटा निर्वाचन गर्ने जिम्मा पनि कांग्रेसले पयो । मधेसमा रहेको असन्तुष्टिका बिच पनि चुनाव गराउन सक्यो । प्रदेश र प्रतिनिधीसभाको निर्वाचनमा कांग्रेसले अपत्यारीलो पराजय भोग्नु प¥यो । अहिले प्रदेश र प्रतिनिधीसभामा नेपाली कांग्रेस संख्यात्मक रुपमा सानो उपस्थीति लिएर बसेको   छ । पार्टीको यती ठूलो पराजय हुदा समेत नेपाली कांग्रेसले अझै चेतीएको छैन । निर्वाचन सम्पन्न भएको एक बर्ष पुरा हुँदा समेत नेपाली कांग्रेस पराजयको दोष एक अर्कामा लगाउँदै बसेको छ । 
यस्तो अबस्थामा नेपाली कांग्रेसले सरकारको गुणदोषका आधारमा सर्मथन र बिरोध जनाउन सक्नुपर्छ । पार्टी भित्रको आन्तरिक किचकिचमा नअल्झीएर नयाँ कार्यक्रम लिएर जनताका गाउँबस्ती र झुपडी संग जोडिनुपर्दछ ।
                                            बिपीबाबु प्रति श्रद्धासुमन ।