Close This

लिक्मा फुटबल प्रतियोगिता सुरु

सोमबार श्रावण ७, २०७५/ Monday 07-23-18
Paschim Today

पश्चिम टुडे, धनगढी ७ साउन । 
‘व्यक्तित्व विकास, मनोरञ्जन र स्वास्थयका लागि खेलकुद’ भन्ने नाराको साथ कैलालीको गौरीगंगा नगरपालिका वडा नं ८ लिक्मामा आइतवारदेखि फुटबल प्रतियोगिता सरु भएको छ ।
जनप्रिय माध्यामिक विद्यालयको मैदानमा सुरु भएको प्रतियोगितामा २१ वटा टिम सहभागी रहेका छन् । उदघाट्न खेलमा आयोजक एभरेष्ट युथ फाउण्डेसन (ए) पेनाल्टीमा हराउँदै कैलाश मिलन युवा क्लव विजयी भएको छ । कैलाशले आयोजकलाई ४–३ गोल अन्तरले हराएको हो । निर्धारित समयमा दुवै टिमले ३÷३ गोलको बराबरी खेलेका थिए ।
फाउण्डेसनका अध्यक्ष जागुराम चौधरीको सभापतित्वमा भएको कार्यक्रममा युथ युनियन सेन्टरका अध्यक्ष अर्जुन भाट प्रमुख अतिथि रहेका थिए । फाउण्डेसनका कोषाध्यक्ष राजेन्द्र चौधरीले स्वागत गरेको कार्यक्रमको संचालन कालुराम चौधरीले गरेका थिए ।
प्रतियोगिताको प्रथम हुने टिमले बोका, मेडल र प्रमाण पत्र दितृय हुने टिमले भेडा, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।  प्रतियोगिता साउन १३ गतेसम्म हुने आयोजकले जानकारी दिएको छ ।