Close This

नारायणीको चुरामा मख्ख कृष्ण

शुक्रबार श्रावण ११, २०७५/ Friday 07-27-18
Paschim Today

धनगढी, ११ साउन । थारु भाषाको गीत ‘खन खन चुरिया खन्काके’ मा बनेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । 
    सीएस फिल्म्स् प्रालि धनगढीले गुरु पूर्णिमाको अवसर पारेर शुक्रवार युट्युब मार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरेको हो । युवा पुस्तालाई लक्षित गरेर तयार पारिएको आधुनिक गीतको म्युजिक भिडियोमा कृष्ण चौधरी र नारायणी चौधरीको अभिनय रहेको छ । कोरियोग्राफी दीपक दिपको छ । गीतमा विक्रम चौधरीले ¥यापरको भूमिका निर्वाह गरेका छन् । भिडियोको छायांकन र सम्पादन सीएस फिल्म्सका सतिश सिन्हाले गरेका छन् । युवा माँझ लोकप्रिय बनेको ‘खन खन चुरिया खन्काके’ गीतको शब्द सृजना कृष्ण चौधरी गरेका हुन । गीतमा चर्चित थारु गायक खेम चौधरी र समिक्षा चौधरीले सुरिलो स्वर दिएका छन् भने संगीत गणेश चौधरीले भरेका छन् । गणेशले नै गीतमा ¥याप दिएका छन् । काठमाण्डौंको ड्रिम्स रेकर्डिङ स्टुडियोमा उक्त गीत रेकर्ड गरिएको थियो ।