Close This

निशुल्क आँखा शिविर सञ्चालन

आइतबार श्रावण १३, २०७५/ Sunday 07-29-18
Paschim Today

पश्चिम टुडे, धनगढी १३ साउन । 
धनगढी नेत्रालयको आयोजनामा शनिवार धनगढी उपमहानगरपालिका—३ स्थित त्रिभुवन उच्च माविमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
शिविरमा ९ सय ४७ जनाको आँखा जाँच गरिएकोमा एक सय ३७ जनालाई आँखाको अप्रेशनका लागि रिफर गरिएको धनगढी नेत्रालयका प्रशासक त्रिलोक पाण्डेयले बताए ।
शिविरमा धनगढी नेत्रालयका बरिष्ठ नेत्र बिशेषज्ञ डा.लिलाराज पुरीको नेतृत्वको टोलीले आँखा जाच तथा उपचार गरेको थियो ।