Close This

विद्यालय समायोजन र तह मिलानका विरुद्ध प्रदर्शन

मंगलबार श्रावण १५, २०७५/ Tuesday 07-31-18
Paschim Today


सुख्खड(कैलाली),१५ साउन
घोडाघोडी नगरपालिकाको  विद्यालय समायोजन तथा तह घटाउने निर्णयको विरुद्ध सोमबार प्रदर्शन भएको छ । नगरपालिकामा रहेका विद्यालयको शैक्षिक गुणस्तर बढाउने बहानामा नगरप्रमुखले एकलौटी रूपमा विद्यालयको भविष्य प्रति खेलवाड गर्दै विद्यालय समायोजन तथा तह मिलानको कुरा अगाडि बढाएको आरोप लगाईएको छ । त्यसैले आफुहरु आन्दोलनमा आउनु परेको विद्यालय समायोजन तथा तह मिलान संघर्ष समितिले जनाएको छ । प्रदर्शनका  विद्यालय  समायोजन र तह मिलान भएका विद्यालय  ब्यवस्थापन समितिका अध्यक्ष,अभिभावक लगायतको सहभागिता थियो । उनीहरुले नगरपालिकामा रहेका विद्यालय  समायोजन र तह घटाउने नगरप्रमुख ममता प्रसाद चौधरीको एकलौटी नीति भएको आरोप लगाएका छ्न ।
प्रदर्शनपछि आयोजित कोण सभामा अभिभावक गिता कठरियाले ६ महिना श्रमदान गरेर  बनाएको विद्यालय मनपरी रुपले समायोजन गरिएको बताइन । उनले भनिन, नगर प्रमुखले विद्यार्थीको भविष्यमाथि खेलवाड गरिरहेका छन् । यो निर्णय तत्काल खारेजी गरिनुपर्छ । 
कार्यक्रममा बोल्दै नेपाली  कांग्रेसका क्षेत्रीय  सभापती खेम चौधरीले  निर्णय फिर्ता नलिए सशक्त आन्दोलन अगाडी बढाउने चेतावनी दिए ।
काँग्रेस नेता लक्ष्मण शाहीले निरंकुश शैलीले, मनोमानी रुपमा  विद्यालय  समायोजन गरिएको भन्दै आपत्ती जनाए ।