Close This

डोटीमा प्रदेश राजधानी हुनु पर्ने माग

मंगलबार श्रावण २२, २०७५/ Tuesday 08-07-18
Paschim Today

धनगढी, २२ साउन । प्रदेश नम्बर ७ को स्थायी राजधानी कहाँ राख्ने विषयमा प्रदेश संसद तातेको बेला डोटी जिल्लाको दिपायलमा राजधानी बनाउनु पर्ने डोटीवासीले माग गरेका छन् । 
    भौगोलिक, ऐतिहासिक, भौतिक, भाषिक तथा सांस्कृतिक र सुरक्षा तथा सामरिक दृष्टिकोणले डोटीको दिपायल उपयुक्त रहेको भन्दै उनीहरुले डोटीमा प्रदेश राजधानीको माग गरेका हुन । दिपायलमा राजधानी बनाउँदा पहाडी सात जिल्लालाई न्याय सहित नौ वटै जिल्लामा विकासको सन्तुलन कायम हुने बताएका छन् । उनीहरुले अस्थायी राजधानी धनगढी पुगेर मङ्गलवार प्रदेश सरकार, प्रदेश सभामुख र प्रमुख प्रतिपक्षी दललाई आफ्नो माग सहितको ज्ञापनपत्र बुझाएका छन् ।