Close This

टीकापुर घटना मुद्दाको पहिलो पेशी स¥यो

शुक्रबार श्रावण २५, २०७५/ Friday 08-10-18
Paschim Today


धनगढी,२५ साउन ।
तीन वर्ष पुग्न लागेको टीकापुर घटना मुद्दाको बिहीवार तोकिएको पहिलो पेशी सरेको छ ।
    सो घटनाको मुद्दा अदालतको साप्ताहिक मुद्दा पेशीको तालिकामा नचढेकाले पेशी सार्नु परेको कैलाली जिल्ला अदालतले जानकारी दिएको छ । अदालतले उक्त मुद्दाको अर्को पेशी साउन ३० गते तोकेको छ । 
    जिल्ला न्यायाधिश पर्शुराम भट्टराई स्वास्थ्य समस्याका कारण काठमाण्डौं गएका थिए । उनी बिहीवारमात्रै फर्केकाले पनि टीकापुर घटना मुद्दाको पेशी हुन नसकेको कैलाली जिल्ला अदालतका नायब सुब्बा भानुभक्त पाण्डेयले जानकारी दिए । उनले बिहीवार हुने भनिएको टीकापुर घटना मुद्दाको पेशी साप्ताहिक मेद्दा पेशीमा नचढाइएको उल्लेख गरे । 
मुद्दाको प्रतिवादी तर्फबाट वकालत गरिरहनु भएका अधिवक्ता गजेन्द्र केसीले ३० गते हुने पेशीमा अदालतले साक्षी आदेश जारी गर्ने बताए । ‘अदालतले वादी तथा प्रतिवादी पक्षबाट प्रमाण बुझेर साक्षी आदेश जारी गर्छ’, उनले भने । 
अधिवक्ता केसीले टीकापुर घटनाको मुद्दा नियमित पेशीमा चढेकोले अब चाँडै नै किनारा लाग्ने दावी गरे । ‘आवश्यक सबै प्रमाण सङ्कलन भएको अवस्थामा दुई महिनामा नै मुद्दाको किनारा लाग्न सक्छ’, उनले बताए । 
संविधान निर्माणको बेला भएको थरुहट÷थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा एक नाबालकसहित आठ जना प्रहरीको ज्यान गएको थियो । त्यहि घट्नाको प्रतिशोधमा भदौ ८ गते कफ्र्यू जारी गरिएको समयमा नै थारु समुदायको धेरै घर, पसल, एफएमलगायतमा आगजनी गरिएको थियो । 
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक नाबालक र सांसद रेशम चौधरी सहित २६ जनालाई पक्राउ गरेर मुद्दा चलाई पुर्पक्षका लागि कारागारमा चलान गरेको छ । एक नाबालकलाई पोखरास्थित बाल सुधार गृहमा, सांसद रेशम चौधरीलाई काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा र बाँकीलाई कैलाली कारागारमा राखिएको छ ।
उनीहरु विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलेको कैलाली जिल्ला अदालतले जानकारी दिएको छ ।