Close This

भन्सार छलेर ल्याएको सामान बरामद

शनिबार श्रावण २६, २०७५/ Saturday 08-11-18
Paschim Today

पश्चिम टुडे, धनगढी २६ साउन ।
सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण धनगढीको तत्कालिन सीमा सुरक्षा कार्यालयको टोलीले शुक्रबार विहान भन्सार छलि गरेर लुकाएर राखेको अवस्थामा हार्यवेयर तथा कपडाहरु बरामद गरेको छ ।
धनगढी उपमहानगरपालिका १० घुईयाघाट, सालघारीबाट स्थानीय शिव पार्कीको घरपछाडी राखेको अवस्थामा करिब ४ लाख २३ हजार रुपैया बराबरका ड्रिल मेशिन, झया्लढोकाका चुकुलहरु, धाराको टुटी लगायतका हार्डवेयर, साईकल मोटरसाईकलका टायर, टयुब लगायत लत्ताकपडाहरु नियन्त्रणमा लिइएको ३४ नम्बर गणका निमित्त प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) विष्णु प्रसाद भट्टले जानकारी दिए ।
उनले सीमानाकाबाट हुने चोरी तस्करी रोक्न स्थानीयहरुले समेत सहयोग गर्नुपर्ने बताए । जनशक्ति अभावका कारण सबै ठाउँमा पुग्न नसकिने भएकाले चोरी तस्करी भैरहेको सूचना दिन स्थानियहरुलाई उनले आग्रह गरे ।
उनले पक्राउ परेका समानहरु जिल्ला भन्सार कार्यालय कैलालीलाई बुझाएको जानकारी दिए । यसअघि पनि विभिन्न स्थानबाट पक्राउ गरेका समानहरु भन्सार कार्यालयलाई बुझाएको थियो ।