Close This

अनुसन्धान सफलताको नजिक :  एसपी बिष्ट

सोमबार श्रावण २८, २०७५/ Monday 08-13-18
Paschim Today

पश्चिम टुडे, धनगढी २८ साउन । 
कञ्चनपुरमा वलात्कारपछि हत्या गरिएकी युवती निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धान सफलताको नजिक पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एपी डिल्लीराज बिष्टले अनुसन्धान सफताको नजिक पुगेको बताए । उनले भने,‘मेडिकल र टेक्नीकल अनुसन्धान बाहेक अन्य कुरामा अनुसन्धान सफताको नजिक पुगेको छ । एसपी बिष्टले बलात्कार सामूहिक नभएर एक जनाबाट भएको अनुसन्धानले देखाएको बताए । अनुसन्धान प्रभावित हुन सक्ने भएकाले सबै कुरो अहिल्यै खोल्न नसकिने पनि प्रहरी प्रमुख एसपी बिष्टले बताए । उनले भने,‘संलग्न व्यक्तिलाई प्रहरीले निगरानीमा नै राखेको छ । उनले संकास्पद थुप्रै व्यक्तिलाई पक्रिने, छोड्ने र निगरानीमा राख्ने काम गरेको बताए । 
उनले केहि कुरा वैज्ञानिक रुपमा पुष्टि हुन बाँकी रहेकाले सबै कुरो सार्वजनिक गर्न नसकिने बताए । एसपी बिष्टले भने–‘अनुसन्धान भैरहेको व्यक्तिमाथी मृतकका परिवारले विश्वास गर्न सकिरहेका छैनन् ।’
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले पनि प्रहरी अनुसन्धान सफलताको नजिक पुगेको बताए । उनले भने,‘प्रहरीसंग मैले नियमित जानकारी लिने काम गरेको छु ।’ प्रहरीबाट आएको जानकारी नै आफूले दिएको उनले बताए ।
साउन ११ गते १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको थियो । घटनाको अनुसन्धान गर्न दुई दर्जन टोली कञ्चनपुरमा छन् । असार ११ गते हराएकी भीमदत्त नगरपालिका– २ कि १३ वर्षीय निर्मला पन्त भीमदत्तनगर १८ निम्बुखेडाको  उखुबारीमा एक दिनपछि मृत फेला परेकी थिइन । उनी स्थानीय सरस्वती उच्च माविमा कक्षा ९ मा अध्ययनरत थिईन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवत्ता प्रहरी नायब उपरिक्षक ज्ञानबहादुर सेठी संयोजक रहेको टोली, त्यसैगरी प्रहरी नायव उपरिक्षक एकेन्द्र खड्काकै नेतृत्वमा घटनाको अध्ययन गर्ने अर्को टोली अनुसन्धान खटिएको छ । 
प्रदेश नं ७ मा लामो समय अनुसन्धानमा काम गरेका व्यक्तिहरुको अनुसन्धान टोली पनि खटिएको छ ।  किशोरी हत्याको अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोली असार १४ गते देखि कञ्चनपुरमा छ । ब्युरोका डिएसपी अंगुर जिसी नेतृत्वमा तीन सदस्यीय टोली कञ्चनपुरमा सक्रिय छ । 
प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समूह लगायत विभिन्न दुईदर्जन भन्दा बढी टोलीले अनुसन्धान  गरिरहेका छन् । कञ्चनपुरमा किशोरी हत्या प्रकरणको अनुसन्धानमा ढिलाइ भएको भन्दै बिरोध भैरहेको छ ।