Close This

लखिमपुर—गौरीफन्टा सडक शिलान्यास

मंगलबार श्रावण २९, २०७५/ Tuesday 08-14-18
Paschim Today

धनगढी, २९ साउन ।
भारतको लखिमपुर—गौरीफन्टा जोड्ने सडकको सांसद अजय मिश्र टेनीले मंगलवार एक समारोहका बीच शिलन्यास गरेका छन् ।
पलियामा रहेको राष्ट्रपति पार्कमा सांसद टेनीले सडकको शिलन्यास गरेका हुन् ।
शिलन्यासपछि दुधुवा—डिगनिया चौराहा(गौरीफन्टा) हाल कायम रहेको सडकको चौडाईमा एक मिटर थप चौडाई हुनेछ । 
दुधुवा देखि गौरीफन्टासम्मको २० किलोमिटर सडक निर्माणमा करीव १७ करोड ८९ लाख भारतीय रुपैया (२८ करोड ६२ लाख ४० हजार नेपाली रुपैया) लाग्ने अनुमान गरिएको छ ।
लखिमपुरदेखि गौरीफन्टा सम्म जोड्ने ६६ किमी सडकको निर्माणमा भने दुई सय ५१ करोड भारतीय रुपैया( चार अर्व एक करोड ६० लाख नेपाली रुपैया) लाग्ने बताईएको छ ।
चन्दनचौकी— सुडा र लखिमपुर—पलिया सडक चार लेनको निर्माण हुनेछ भने दुधुवा गौरीफन्टा जोड्ने हालको सडकभन्दा थप एक मिटर चौडा हुनेछ ।
सडक निर्माण कार्य २०१९ भित्र निर्माण पुरा हुनेछ । 
बरिष्ठ उद्योगपति ओमप्रकाश अग्रवालले सडकको दुधुवा—गौरीफन्टा सडकको निर्माणले प्रदेश नम्बर सातका उद्योगी,व्यवसायी तथा सर्वसाधारणलाई व्यापार तथा आवागमनमा अत्यन्त सहज हुने बताए ।
दुधुवा—गौरीफन्टा सडक अत्यन्त जिर्ण भएका कारण हाल यस मार्गमा आवातजावत गर्न निकै कठिनाई हुने गरेको छ । अस्तव्यस्त सडकका कारण दिनहु दुर्घटना समेत हुने गरेका छन् ।