Close This

टीकापुर घटना मुद्दाको पहिलो पेशी–वादी र प्रतिवादी दुवै पक्षको साक्षी पेश गर्ने आदेश

बुधबार श्रावण ३०, २०७५/ Wednesday 08-15-18
Paschim Today

धनगढी, ३० साउन कैलाली जिल्ला अदालतले चर्चित टीकापुर घटना मुद्दाका वादी प्रतिवादी दुवै पक्षको साक्षी अदालतमा पेश गर्ने आदेश जारी गरेको

                घटनाको करिब तीन वर्षपछि बुधवार भएको पहिलो पेशीमा जिल्ला न्यायाधिश परशुराम भट्टराईको एकल इजलासले दुवै पक्षको साक्षी अदालतमा पेश गर्ने आदेश जारी गरेको हो अदालतले वादी पक्षको साक्षी जिल्ला वकिलको कार्यालय मार्फत प्रतिवादी पक्षको साक्षी निजहरुमार्फत नै अदालतमा उपस्थित गराउने आदेश जारी गरेको कैलाली जिल्ला अदालतका स्रेस्तेदार इन्द्रबहादुर कठायतले जानकारी दिए

                थरुहट÷थारुवान आन्दोलनको क्रममा २०७२ साल भदौं गते टीकापुरमा हिंसात्मक झडप हुँदा आठ सुरक्षाकर्मी एक बालक सहित नौ जनाको ज्यान गएको थियो सरकारले ५८ जना विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग डाँका चोरी मुद्दा लगाएको मुद्दा लागेका मध्ये ३२ जना अझैसम्म फरार छन् भने पक्राउ परेका २६ जनामध्ये २३ जनालाई कैलाली कारागारमा, सांसद् रेशम चौधरीलाई काठमाण्डौंमा दुई जना नाबालकहरुलाई सुधार गृह पोखरामा राखिएको