Close This

नेपाल शिक्षक संघको कार्यशाला गोष्ठी सम्पन्न

बिहीबार श्रावण ३१, २०७५/ Thursday 08-16-18
Paschim Today

पश्चिम टुडे, धनगढी ३१ साउन ।

नेपाल शिक्षक संघ प्रदेश नम्बर ७ को आयोजनामा बुधवार एक दिने कार्यशाला गोष्ठी र संघको पूर्ण बैठक सम्पन्न भएको छ ।

प्रदेश अध्यक्ष बिर्खबहादुर मल्लको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीमा संघका संघीय अध्यक्ष राजेन्द्रराज पौडेल प्रमुख अतिथि रहेका थिए । उक्त कार्यक्रममा संघीय कार्यसमितिको आठौं अधिवेशनबाट निर्वाचित अध्यक्ष पौडेल सहित सबै पदाधिकारीलाई सम्मान गरिएको छ ।

सम्मानित हुनेमा उपाध्यक्ष महिला पदमिनी थापा, उपाध्यक्ष लक्ष्मणदत्त भट्ट, महासचिव अर्थ पुष्पकला भट्टराई, उपमहासचिव सुन्दर पन्त, ट्रेड युनियनका उपमहासचिव सिताराम अवस्थी, संघीय सदस्य रतनसिंह अयडी, शिक्षक महासंघका केन्द्रीय सदस्य कर्ण थापा, दौलत भण्डारी रहेका छन् ।