Close This

नगरपालिकाको प्रवेशद्वार बाढीले बगायो

बिहीबार श्रावण ३१, २०७५/ Thursday 08-16-18
Paschim Today

पश्चिम टुडे, बाजुरा ३१ साउन । 
   बाजुराको बडीमालीका नगरपालिकाले निर्माण  गरेको प्रवेशद्वार ६ महिना नबित्दै मंगलबार राति आएको हरडेखोलाको बाढीले बगाएको छ । 
खोलामा नजिकै रहेको बडीमालिका नगररपालिका र बुढीगंगा नगरपालिकाको सिमानामा निर्माण गरिएको प्रवेशद्वार बाढीले बगाएको बताइएको छ । 
    बाढीले सडकमा समेत ठूलो क्षति पु¥याएको  हो । खोलामा बनाइएको कल्र्भटमा ठूलो ढुंगा आएर अड्किएपछि नगरपालिकाले निर्माण गरेको प्रवेशद्वार र खोलाको सानो पुल समेत बगाएको बताइएको छ । 
बाढीले गेट र सडकमा भएको पुल बगाएपछि यातायातमात्र नभई मान्छे हिड्ने बाटो पनि नभएको बडिमालीका नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बलबहादुर थापाले बताए । साफे मार्तडी सडक डिभिजन कार्यालयले छिटो छरितो पहल गरि आवगमनमा सहजता ल्याउन आग्र्रह गरिएको छ । 
    सदरमुकाम मार्तडीबाट क्षतिग्रस्त सडक  करिब १५ किलोमिटर दूरीमा पदर्छ । यो मार्ग मार्तडीबाट देशका विभिन्न ठाउँमा आवतजावत गर्ने  मुख्य मार्ग पनि हो । गरिएको बताएको छ ।
    बडिमालिका नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा करिब पाँच लाख बजेट खर्चेर गेट निर्माण गरेको थियो ।