Close This

नाग पञ्चमीको विशेषता व्रत तथा पूजाको विधि

बिहीबार श्रावण ३१, २०७५/ Thursday 08-16-18
Paschim Today

कुलराज सोती, शाखा अधिकृत
समाजिक विकास मन्त्रालय, प्रदेश नं ७

ब्रह्मलोकेषु ये सर्पा शेषनाग पुरोगमास्।
                   नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतो मम सवर्दा।१।
नागपञ्चमी  सर्पको पूजा गर्ने दिन हो । नागपञ्चमी श्रावण महिनामा शुक्ल पञ्चमीका दिन मनाइन्छ । यो श्रद्धा र विश्वासको पर्व हो । नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्नु पनि यो दिनमा शुभ मानिन्छ  ।
विषय वस्तु 
नाग पञ्चमीको विशेषाता
नाग पञ्चमीमा व्रतको विधि 
मुख्यद्धारमा नाग देवताको आकृतिको पूजा 
के नाग पूजा गर्नाले सर्प भए हुदैनत ।
सुदूर पश्चिम नेपालमा नाग पूजा कसरी गरिन्छ  ।
घरको जग खन्दा नागको शिर विचार ।

नाग पञ्चमीको विशेषाता 
आजको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि टाँस्ने गरिन्छ । आजको दिनदेखि वषर्याम समाप्त भई हिउँद सुरू भएको पनि मान्ने गरिन्छ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म , तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ । ज्योतिषशास्त्र(अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन । भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने संभावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैंन ।

नाग पञ्चमीमा व्रतको विधि 
नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत लिने गरिन्छ । यस व्रतमा पूरै दिन व्रत बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खीर प्रसाद पकाई, त्यसलाई सर्व प्रथम नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी ९भोग लगाई० प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्नु पर्दछ । व्रत अवधिभरि कुनै किसिमको भोजन गर्नुहुँदैन  र समाप्तिमा समेत नुन खानु वा चिल्लोचापिल्लो परिकारहरूको प्रयोग पनि वर्जित छ । साथै व्रतसँग सम्बन्धित सबै नियमको पालना गर्नु पर्दछ ।
मुख्यद्धारमा नाग देवताको आकृतिको पूजा 
नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरमा टाँस्नाले सर्प भए हुदैन भन्ने हिन्दू शास्त्रको मान्यता रहेको छ । सुदुर पश्चिम नेपालका अधिकांश जिल्लाहरूमा नाग पञ्चमीका दिन देखी हिउँद लाग्छ भन्ने भनाई रहेको छ । नेपालको सुदूर तथा मध्य पश्चिममा नाग पञ्चमीका दिन कागजमा नाग, बिछ्छी जस्ता बिषालु जिव जनावरहरूका चित्र बनाएर पूजा गरी घरको दैलोमा टाँस्ने चलन छ । यसका साथै नाग पञ्चमी र श्रीपञ्चमीका दिनमा हलसारो गर्न दिन जुराउनु पर्दैन भन्ने धार्मीक मान्यता रहेकाले हलसारो ९पहिलो पटक हलो जोताई० गरेर हिउँदे खेतीको तयारी थाल्ने चलन पनि रहेको छ भने बडिमालिका लगायत विभिन्न ठाउँमा छरिएर रहेका मालिका मन्दिरमा पूजा गर्न जाने श्रदालुहरूले व्रत गर्ने, भूमी सयन गर्ने र ब्रह्मचार्य धारण गर्ने चलन रहेको छ । नाग पञ्चमीका दिन नेपाल र भारतका विभिन्न नाग देवताको मन्दिरहरूमा नाग पञ्चमी मेला लाग्दछ । नागपञ्चमीका दिन व्रतालुले पाँचवटा टाउका भएको वा अष्टकुली नागको आकृति बनाई आफ्नो घरको ढोकामा गाईको गोबरले टाँस्ने चलन छ । गोबरको अभावमा गमको प्रयोग पनि गर्न सकिन्छ। त्यसपछि नागदेवतालाई दूध, दुबो, कुश, चन्दन, फूल, अक्षता, लड्डू अर्पण गरी पूजासमेत गरेर निम्नाङ्कित नाग स्तोत्रको पाठ गर्ने गरिन्छ स्(

ब्रह्मलोकेषु ये सर्पा शेषनाग पुरोगमास्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतो मम सवर्दा।१।
इन्द्रलोकेषु ये सर्पास् वासुकी प्रमुखादयस्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।२।
कद्रबेयाश्च ये सर्पास् मातृभक्ति परामा।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।३।
इन्द्रलोकेषु ये सर्पास् तक्षका प्रमुखादयस्।
नमोस्तुतेभ्यस् सर्पास् सुप्रीतास् मम सर्वदा।५।
सत्यलोकेषु ये सर्पास् वासुकिन च रक्षता।
नमोस्तुताभ्यस् सर्पास् सुप्रीतास् मम सर्वदा।६।
मलये चैव ये सर्पास् कर्कोतक प्रमुखादयस्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।७।
प्रार्थव्याचैव सर्पेभ्यस् ये साकेत वासित।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।८।
सर्वग्रामेषु ये सर्पा वसंतिषु सञ्च्छिता।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।९।
ग्रामे वा यदिवारण्ये ये सर्पाप्रचरन्ति च।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।१०।
समुन्द्रतीरे ये सर्पाये सर्पाजलवासिनस्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।११।
रसातंलेषु ये सर्पास् अनन्तादि महाबलास्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।१२।
नागमन्त्र पाठ गर्न असम्भव भए ुॐ कुरुकुल्ये हुँ फट स्वाहाु मन्त्रको ९००० पटक जाप गर्ने गरिन्छ।
नागगायत्रीको मन्त्र ९ॐ ‍‍‍‍‍‍‍‍‍‍‍‍‍नव कुलाय विध्महे विषदंताय धीमहि तन्नो सर्पः प्रचोदयात्०को समेत एक माला ९१०८ पटक० जप गर्ने गरिन्छ । यो नागमन्त्रको तीन माला जाप गर्दा नाग देवता प्रसन्न हुन्छन् भन्ने विश्वास छ । नागदेवतालाई श्रीखण्डको सुगंध विशेष प्रियकर हुन्छ  । त्यसैले नागपूजामा श्रीखण्ड चंदनको प्रयोग गर्नु राम्रो मानिन्छ, त्यस्तै आजको दिनको पूजनमा सेतो कमलको प्रयोग गर्ने विधान छ । आज नागपञ्चमीका दिन यी सम्पूर्ण कृत्य गर्न सक्दा ुकालसर्प योगु दोषको शान्ति पनि हुन्छ भन्ने मान्यता रहेको छ ।

के नाग पूजा गर्नाले सर्प भए हुदैनत 
हुनत सबै चाड पर्वहरू मनाउनुको पछाडी कुनै न कुनै रहस्य लुकेको हुन्छ । यस्तै हिन्दूहरूले प्रत्यक वर्ष श्रावण शुक्ल पक्षको पञ्चमी तिथीमा मनाउने नाग पञ्चमीको महत्व पनि त्यतिकै देखिन्छ । यो पर्व बर्षायाममा पर्ने भएकाले सर्प बिछ्छी आदी बिषालु जनावरहरूको प्रकोप हुनु स्वभाविकै हो हिन्दू धर्मको मान्यता अनुशार यो दिन नागको पूजा गर्नाले सर्पहरूका राजा नाग देवता खुसी हुन्छन् त्यसैले नाग पूजा गर्ने मान्छेलाई सर्पको डर हुन्न भन्य छ । यो कुरा सत्य होस् अथवा न होस् तर नाग पूजा गर्दा सर्पको डर नहुने केही कारणहरू छन्। बर्षायाममा घर वर पर ठुल ठुला झारहरू उम्रिएर सर्प तथा अन्य बिषालु जिव जनावरहरू घरमा भित्रिने पर्वल सम्भावना रहन्छ अर्को कुरा साउन भदौ तिर बर्षा भयो भने भारी बर्षा हुने र घाम लागेमा निकै टन्टलापुर गर्मी हुने गर्छ यस्तो मौसममा सर्पहरू घाम र पानीबाट बच्ने ठाउँको खोजीमा हुन्छन् यस्तो अवसरमा घर वर पर जंगल भएमा सर्पहरू सोझै घरमा पस्न आउछन्। मानिसहरू चाड पर्वमा घरको अन्य कामकाज छोडेर पनि आफ्नो घर आगन सफा गर्छन् यसरी घर आगन सफा भएर घर वरपर नाङ्गो भयो भने सर्पहरूको डर हुने कुरै भएन । यस कारण नाग पञ्चमीमा नागको पूजा गर्नाले सर्पको डर हुदैन भन्य कुरा १००५ सत्य मानिन्छ ।

पश्चिम नेपालमा नाग पूजा कसरी गरिन्छ 
पश्चिम नेपालमा नाग पञ्चमीको पहिलो दिन ब्राह्मणले कागजमा विभिन्न नागहरू जस्तैस्( बासुकी नाग, तक्षक नाग, कर्कट नाग, पद्म नाग, कालिय नाग, शेष नाग इत्यादी नागहरूका चित्र हातले अथवा छाप ९स्टैम्प०मा छापेर यजमानका घर घरमा बाँड्दछन् । यसरी नागका चित्र बनाएको कागजमा चन्द्र, सूर्य, शङ्ख, चक्र, गदा, पद्म, माछा र बिछ्छीका चित्र पनि समावेस हुन्छन्। साथै नागको पूजा गर्ने मन्त्र पनि यसै कागजमा लेखिएको हुन्छ । यदी ब्रामणले नाग न ल्याएमा आफैले बनाउने गर्छन् आफुले बनाउन जान्दैन भने अरू सँग बनाई माग्छन्। भोली पल्ट अथवा नाग पञ्चमीका दिन नागको पूजा गरेर घरको दैलोमा टाँस्ने गरिन्छ । नाग टाँसेर नागको प्राथना गर्ने मन्त्र
"अस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणी। एध्यहि मनसा देवी नागमातर्नमोऽस्तुते॥"
घरको जग खन्दा नागको शिर विचार 
नयाँ घर बनाउँदा घरको जग खन्ने बेलामा नागको शिरको विचार गर्नुपर्छ भन्ने शास्त्रिय विधान रहेको छ। नागको शिरमा खन्दा आफुलाई पिडा, पछाडी खन्दा छोरा र पत्नीलाई दुस्ख, जाँघमा खने अनावश्यक व्यय हुने, पेटमा खने सर्वत्र सफलता पाइन्छ । भाद्र, आश्विन र कार्तिकमा पूर्व। मंसिर, पुष र माघमादक्षिण। फागुन, चैत्र र बैशाखमा पश्चिम तथा जेठ, असार र श्रावणमा उत्तरमा नागको शिर हुन्छ ।