Close This

संस्कृती भुलेर पहिचान बचाउन सकिदैन ः नगरप्रमुख वड

बिहीबार श्रावण ३१, २०७५/ Thursday 08-16-18
Paschim Today

धनगढी,३१ साउन
धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले संस्कार संस्कृती भुलेर पहिचान बचाउन नसकिने बताएका छन् ।
धनगढी उप–महानगरपालीका १ मा आयोजना गरेको थारुहरुको गुरही पर्बमा शुभकामना मन्तब्य राख्दै नगरप्रमुख वडले धर्म संस्कृती मेटाउन खोज्नेहरु नै पहिचानका ठूला कुरा गरिरहेको बताए । उनले भने,‘मन्दिर भत्काएर, देउथान भत्काएर पहिचान बचाउन नसकिने नगरप्रमुख वडले बताए । उनले भने,‘थारु समुदाय संस्कार र संस्कृतीमा धनी छ । थारुका पर्ब पहाडी र पहाडीका पर्ब थारुले मनाउन थालेको बताउदै नगरप्रमुख वडले भने,‘अब हाम्रा संस्कृती साझा भैसकेका छन् ।
धनगढी उप–महानगरपालीकाका उप–प्रमुख शुसिला मिश्र भट्टले थारु र पहाडीका चाडपर्वहरु सबैले मिलेर मनाउन थालिकसेको बताईन । उनले भनिन्‘ यिनै चाडपर्वले समाजिक सदभावलाई बलियो बनाउन सकिन्छ । उप–प्रमुख शुसिला मिश्र भट्टले थारु भाषामा नै शुभकामना मन्तब्य राखेकी थिईन । धनगढी  उप–महानगरपालीका वडा नं १ का अध्यक्ष सन्तोष मुडभरीले गुरही पर्व सदभावको पर्ब भएको बताए । 
फोटो क्याप्सन ः धनगढी उप–महानगरपालीका १ मा आयोजना गरेको थारुहरुको गुरही पर्बमा सहभागी नगरप्रमुख र उप–प्रमुख ।