सांगीतिक कार्यक्रमको तयारी तीव्र

शनिबार भदौ २, २०७५/ Saturday 08-18-18
Paschim Today

पश्चिम टुडे, धनगढी २ भाद्र ।
आँउदो भदौ १० गते धनगढीमा आयोजना हुने सांगीतिक कार्यक्रमको तयारी तीव्र पारिएको छ । 
महिला हिंसा विरुद्ध सचेतना फैलाउने उद्देश्यले द मानसन नेपालले सांगीतिक कार्यक्रम आयोजन ागर्न लागेको हो । ‘महिलामाथिको हिंसा रोकौं’ भन्ने मुख्य नाराका साथ आयोजना हुने सांगितिक कार्यक्रममा चर्चित गायक एवम् युटयुबर नितेशजंग कुँवरको् मुख्य प्रस्तुति रहने जनाइएको छ । यसैगरी स्थानीय रिडम ब्याण्डको पनि प्रस्तुति रहने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । कार्यक्रमको तयारी तीव्र रुपमा मानसन नेपालका सीइओ पंकज बुढाथोकीले जानकारी दिए । 
    रक्षा बन्धनको अवसर पारेर धनगढीमा उक्त कार्यक्रम गर्ने जनाइएको छ । पछिल्लो समय प्रदेश नम्बर ७ मा महिला हिंसा सम्बन्धी घटना बढ्दै गएकाले कार्यक्रम मार्फत महिलाहरुलाई आदर, सम्मान गर्नका लागि दबावमूलक सन्देश दिने बुढाथोकीले जनाए । उनले एक हजार दर्शक भित्र्याउने लक्ष्य राखिएकोमा छ सय टिकट बिक्री भइसकेको जानकारी दिए । 
    उक्त कार्यक्रमको मुख्य प्रायोजक टुबोर्ग रहेको छ भने सह–प्रायोजक भेस्पा स्कुटर रहेको छ । यसैगरी, होस्पिटालिटी पार्टनरमा आफ्नो घर टेम्पल रिसोर्ट, एजुकेशन पार्टनरमा ओएसीस होटल म्यानेजमेन्ट, ड्रिम एजुकेशन कन्सल्टेन्सी र फुड पार्टनरमा रोड हाउस क्याफे रहेको छ । कार्यक्रम ओम प्यालेसमा हुने जनाइएको छ ।