Close This

‘सरकार अधिनायकवादको बाटोमा’

बिहीबार भदौ ७, २०७५/ Thursday 08-23-18
Paschim Today

पश्चिम टुडे, धनगढी ७ भाद्र । 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिनबहादुर बिश्वकर्माले कम्यूनिष्टहरुको सरकार अधिनायकवादको बाटोमा गैरहेको बताएका छन् । 
बुधवार नेपाली कांग्रेस कैलालीले धनगढीमा राखेको कार्यकर्ताहरुसंगको भेटघाट कार्यक्रममा केन्द्रीय सदस्य बिश्वकर्माले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रार राजनीतिक स्वतन्त्रतामाथी हस्तक्षप गर्न लागेको आरोप समेत लगाए । सर्वहाराको पार्टी हौं भन्नेहरुले हप्तापिच्छे पेट्रोलियम पर्दाथको मुल्य बढाएर आफ्नो असली रुपदे खाईसकेको पनि केन्द्रीय सदस्य बिश्वकर्माले बताए । जनताले तिरेको करमा रजाईगर्ने, कार्यकर्ताहरुलाई संस्थागत भष्टाचार गर्न लगाउने असली कम्यूनिष्टहरुले ढाडसेक्ने गरी कर बढाएको पनि केन्द्रीय सदस्य बिश्वकर्माले बताए । उनले नेपाली कांग्रेसले नेतृत्व गरेको स्थानीय तहमा कर बृद्धि नगरेको उनले बताए । ‘कहिकतै बढाएको भएपनि घटाईने छ’ बिश्वकर्माले भने–‘यही कैलालीमा पनि नेपाली कांग्रेस र कम्यूनिष्टले चलाएका स्थानीय सरकारको कर बृद्धिलाई पनि हेर्न सकिन्छ ।’
केपी ओली नेतृत्वको कम्यूनिष्ट सरकार सर्वसत्तावाद, अधिनायकवाद र सामाजिक फाँसीवादतर्फ गैरहेको नेता बिश्वकर्माले बताए । संविधानमा कुनै पनि प्रदेश वा प्रतिनिधिसभा सदस्यका सदस्यले चुनाव जितेपछि सफत खानु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओली आफै सफत नखाएर प्रधानमन्त्री भएको आरोप विश्वकर्माको थियो । कम्यूनिष्ट सरकारबाट संविधानमाथी निरन्तर धावा बोल्ने काम भैरहेको विश्वकर्माले बताए ।
जनताहरुको विश्वास नेपाली कांग्रेससंग नै भएकाले ढुक्कसंग जनतामा गएर काम गर्न नेता बिश्वकर्माले कार्यकर्ताहरुलाई निर्देशन दिए । उनलेभने–‘हामी निर्वाचनमा कम्यूनिष्टहरु एकै ठाउँमा आउँदामात्रै पराजय भएका हौ ं।’ उनले जनता नेपाली कांग्रेससंग भएकाले दाबी गरे । कार्यक्रम नेपाली कांग्रेस कैलालीका सचिव दिपक जोशीको अध्यक्षतामा भएको थियो । कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेस कैलालीका संगठन विभाग प्रमुख शेरबहादुर देउवा, धनगढी नगर सभापति नृपबहादुर वड तथा जिल्ला तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।