Close This

कथा

तिमिलाइ त अनेकौं बहानाको बिसौनीमा बिसाएर बिर्से झै गरि दिए र भनी पनि दिए माया लाग्दैन अव तिम्रो भनि तर माया लग्दैन अव तिम्रो भनि ढाटुँ  कसरी आफ्नै यो मुटु लाई !! अनेकौं याद हरु फेरि फेरि बल्झी दिन्छ्न ! याद हरुको पोको पन्तरो एकातिर राखेर आफू अर्कै तिर हरा

बिहीबार भदौ ७, २०७५/ Thursday 08-23-18
Paschim Today

भुपेश ओझा

आत्तिने मनमा मज्जाको ताल्चा  ठोकेरै बाचौला ।।
गहको आँसु गहमै सधै , रोकेरै बाचौला !!।
 तिमि त जान्छौ पराइ हुन्छौं , सम्झिन्छौ सम्झिन्नौ
म भने तिम्रा यादहरु सधै बोकेरै बाचौला

तिमिलाइ त अनेकौं बहानाको बिसौनीमा बिसाएर बिर्से झै गरि दिए र भनी पनि दिए माया लाग्दैन अव तिम्रो भनि तर माया लग्दैन अव तिम्रो भनि ढाटुँ  कसरी आफ्नै यो मुटु लाई !! अनेकौं याद हरु फेरि फेरि बल्झी दिन्छ्न ! याद हरुको पोको पन्तरो एकातिर राखेर आफू अर्कै तिर हराउने असफल भयपनि प्रयास चै गरिदिन्छु म !!  तर यादै याद को वर्षाले  भिजेको यो मुटु मा चैतमास को रुखो जमिन जस्तो तिम्रो याद बिहिन सतह कहाँ भेटाउने र म ?र त सम्झनाको तखतामा निदाउन खोज्दा यादै याद को भारि र सारो सिरानिमा आफ्नु सिर राख्नै पर्दो रहेछ । र त तिम्रा मायाका सम्झनाहरु तेहि सिरानिको तरेलिमा टिल्पिल टिल्पिल गरि सपनि मा पनि आउदा रहेछ्न !! सानु

बर्षौ अघि तिम्ले सोधेकी थियौ !! 
के  गरु म ?
प्रती प्रश्न गरेउ  ः माया गर्दैनौ मलाइ ?? 
म बोले विस्वास लाग्दैन है ? 
बिस्वास नभए किन यतिन्जेल पर्थे र तिम्रो भरमा?? 
 (म रुन्चे स्वरमा) त्यो भर अब बाकी रहेन सानी !! 
उसो भए म अरु सङै जानू त??
हो अब आफ्नै सम्झेर जानू !! 
तेति सजिलै है ? म अरु सङ जानू रे ??
अफ्ट्यारो मानेर नि भएन नि सानी ।
म खुसी हुदिन अरु सङ !!!
बानी पार्छ जिन्दगीले बिस्तारै बिस्तारै !! 
मलाइ तिमी सङ बाच्नु छ !! 
मन त मलाइ पनि थियो सानी !!
अनि??
मन ले त मात्र माया पो गर्छ नि ! सधै सङ सङै हुन लाई त अरु पनि थुप्रो थुप्रो कुरा हरु चाहिदो रैछ नि सानी र मलाइ दुः ख येसैमा छ कि , ती कुनै पनि कुरा छैनन म सङ सिवाय मन !! 
मन हुने मान्छे ले त अर्काको मन पनि दुखाउदैनन नि?? 
चुपचाप बसिरहे म ।
तिम्ले त येसरी दुखाएउ यो मन कि फेरि दुखाउन लाएक पनि रहेन अब !!
म ( फेरि मौन) 
तिम्लाइ त सबै थोक था थियो नि!!
के??
यो कि हामी बिच अनेकौ अफ्ट्यारा थिए !! 
म .. ब ..ब..अ !! 
फेरि किन लायेउ माया ?? जीवनभर आफै सँगै राख्ने आँट नहुने ले किन लाउनु नि बेकार को माया साया !!!??
हामी घाम र जुन जस्तै रहेछौ सानी । सधै सङै हुन प्रकृति ले निषेध गरेको !! यो जुनि मा सायद यो हाम्रो अन्तिम भेट हुन्छ होला सानी !! आफ्नु खयाल राक्न्नु ! हुने वाला जीवन साथी लाई धेरै माया दिनु ! आँसु नझार्नु कहिले आँसुले बाटो छेक्छ ! जिन्दगिमा खुसी हुन नसकेनी ,सफल छोरी सफल श्रीमती र सफल बुहारी भएर देखाउनु ! मायामा हार भए नि के भो त !! सधै आफ्ना हरु को मन जित्नु !! 
मैले यति भन्दा
तिम्रो नजर टाढा कतै गयो नहेरी मलाइ  , बोलिनौ तिमी, बोलेन म फेरि बोल्न खोजे वाक्के नै फुटेन ! सुन्सान भयो ( टाढा कतै चरी को चिर्बिर सुनियो ( लाग्यो हाम्रो अन्तिम भेट देखेर , सधै खुसी रहने तिम्लाइ आज दुः खी देखेर त्यो चरिको मन पनि रोयो !!!  )  
जसै चरीले आफ्ना मन का बेदना पोक्न आँसु सङै आवाज नि निकायो तेसै गम्लङ अङालो हालेउ तिम्ले ) 
( तिम्रो आँसु ले मेरो छाती रुज्यो..मेरा आँसु ले तिम्रो सजाउनु पर्ने सिर !!) 
बोल्यौ तिमी फेरि 
सबैको मन मा बाँस पाउनु ! 
मिठो माया को आभास पाउनु !! 
अन्तिम भेट् भन्दै छुटदै छौ , र पनि 
जात र मन मिल्ने कोही खास पाउनु !!!
यसरी मलाई  खास पाउनु भनी सुभकामना त दियौ । तर तिम्रा कुरा मन भित्र कतै च्वास्स बिझ्यो । बिझिरहेछ आज सम्म पनि ! 
सायद बिझिरहने छ सबैलाइ जब सम्म मायाको गोरेटोमा जात को तगारो रहिरहने छ सधैलाइ यो समाजमा जसरी बन्यो नि तिम्रो र मेरो बिच  उजाडनै नसक्ने खोटो झै सधैभरी लाई !! हो तेसरी नै !!!
भन्न त सक्थें हुँला ( भोलि बिहानै भालेको पहिलो डाक मै त्यो पारी को पिपल बोट नीर आइ राख्नु , घाम झुल्कनु अगाबै काटौला  पारीका नौ डाडा ! तर भनिन यसो !! 
भन्नू पुर्र्व सम्झिए तिम्रो र मेरो बनाउन बाँकि घर, अपुरो त्यो घरका पुरै परिवारका । आसै आस मा खिइयेका साठी बर्षे बाको रहर ! हो तेसैले भनिन मैले ! यहाँ समाज नामक शब्दमा नै अचम्म को हाउ गुजि छ ! जस्ले व्यक्तिगत स्वतन्त्रता लाई कच्याककुचुक पारी दिँदो रहेछ  । र त बहुसंख्यक मानिसहरु आत्मसमर्पणवादी जीवन बाँची दिदा रहेछ्न । तेस्तै त भैदियो नि तिमी हामि बिच रत आज सम्म पछुतोको पिलो ले पोलिरहेछ मन भित्र कतै ! भेटाए त फु फु गरि सेक्थें हुँला नभए निचोरेर फाली पनि दिन्थ्ये ! तर सक्दिन भेटाउन ! बेस्सरी दुस्खछ ! पोलाइले आँसु झर्छ्न ! सुक सुक्क हुने सुस्ताउँछु एक छिन !! सायद तेहि पोलाइले पाठ पनि सिकायेको छ जिन्दगिमा मलाइ  र अव मलाइ बिद्रोह मन पर्न थालेको छ सानी ! आत्म समर्पण अव मेरो लागि स्वीकार्य छैन !!
अव पनि  कुनै कुरा आत्मसमर्पण गरेछु भने  ( तिम्रो कसम सानी आफ्न्न लागि आफू भन्दा घृणित बेक्ती कोहि हुने छैन !! हो सानी तेहि पोलाइले सिकाएको छ यस्तो !! 
तर पनि पहिलो प्रेम न तिम्ले भुल्न सक्छौं न मैले ( बस्  भुले जस्तो गर्ने हो र लखर लखर हिंड्ने हो अन्धाधुन्ध ! हिंड्दा कति  लाई छ्ल्न कति पटक कसम खाए एकिन छैन मलाई तर आज तिम्रो आफ्नु अनि खान नहुनेहरु को समेत कसम खाएर भन्दैछु आफू निदाउनु अघि तिम्रा याद हरु बल्झाउने चेस्टा त के तिम्रा  तस्बिरको समेत झझल्को आउने बाटो नै निषेध गरेर निदाएको हुन्छु म फेरि पनि मेरै सपनी मा खै कुन बाटो बाट आईरहेकि हुन्छेउ तिमी !! उहिले उहिले मैले तिमि सधै आउने बाटो तिर हेर्दै तिमीलाई कुर्दा कहिले कसो अर्कै बाटोबाट आउँथ्यौ अनि पछाडी बाट आफ्न्ना हत्केलाले मेरा आँखा छोप्थ्येउ । म झस्किन्थे!!!  हास्थ्येउ तिमी फेरि डरछेरुवा भन्दै !!
 धत्  (कता बाट आएकि नि भन्दा  त्यो माथ्लो बाटो तिर आमा घाँस काट्न  जानू भा छ क्या !!!
के भो त नि ?? 
अ खुब आमा ले देखिन भने !! 
तर अब त कहाँ , कुन बाटो , कसरी आएउ ,भेउ पाउदिन मैले ,, न तिम्ले भन्छेउ . न मैले नै सोध्न मिल्छ प्यारो मान्छे  !!   
तर आउन चै आउँछ्यौ खै किन र कसरी?? 
हिजो नि आएथ्येउ सपनीमा उहीँ पुरानो रातो रङ को कुर्ता , अनि सङै मेला मा जाँदा मैले नै मन परेर किन्देको दुपट्टा लाएर ! आँखमा उहीँ चमक ,  ओठमा मिठो मुस्कान  बोकेर ! अलि अजाउदै दन्तेलहरले तल्लो ओठ नि च्यापेकि थ्येउ अनि हातको रुमालमा मुजा पर्ला झै औंला हरु पनि लजाउदै एक अर्का लाई च्याप्दै थे सायद !! कत्ती सुहाउने गरि रङ्गाएकी थियौ,  फिक्का रातो हुने गरि बादल झै बेगले उड्न खोज्ने आफ्ना केश हरु ! 
तिमि आउदै थियौ , त्यहि मेरो समीपमा ( अचानक म माथिको रुख को हाँगा बाट एक घाइते चरा तिम्रो नजिक झरेछ ! हतारिदै समातेउ तिम्ले अनि वरपर हेर्दै गाली पो गर्न थालेउ ( भन्न थालेउ ( कत्ती निर्दयी हुन्छन् यी मानिस आफ्नु आहार को लागि अरु को ज्यान लिन्छ्न है ! 
म मुन्टो हल्लाउँदै तिम्लाइ टुलु हेर्दै थ्ये !!
तिमी भन्दै थ्ये ( यो चरी को नि कोहि नजिक को चरा होला है ?? गुड मा होलाकी ( कतै गयो होला?? गुड मा भए ( था पायो होला है ? 
कसैले गुलेली ले हानेको अनि झरेको ( हेर्दै रुदै होला है ? 
भरे आउने बाचा गरि गएको भए  टाढा टाढा खुला आकास मा नजर ले भ्याउन्जेल हेर्छ होलानि (  नपाउ दा  त निस्ठुरि  मलाइ छोडेर गै भन्दै रिसाउछ  पनि होला नि है ? तर पनि 
कति सुन्दर जीवन बाच्दै थ्ये होलि है ?? 
तिन्का तिन्का बटोल्दै आफ्नु घर बनाए होलान ( एक थाक्दा अर्काले आहार ल्याउथे होला नि है ?? कि भुर्र उडर फेरि अर्कै ठाउ जान्छ होला( अर्कै चरी सङ घरजम गरेर अर्को गुण बनाउछ होला??  तर पनि याद त आउँछ होला नि है (( कहिले काहीँ त अति याद आएर आँसु नि झार्छ होला अनि चरी ले किन रोएको भनी सोद्धा  अनेक बाहाना बनाउछ होला नि है ?  बिचरा ( जाने पो गयो ( जानेलाइ के दोश र दुख ( बाच्ने लाइ पो होनि जीवन नै युद्ध  !!
 तिमी भन्दा अघि मेरो नै मृत्यु होस ( होइन भने म कसरी एकै सहुला येस्तो  बियोग (  तिम्रो त्यो बोली मा आफ्नु स्वार्थ थ्यो वा म प्रती सहानुभुती खै था पाइन .. था नपाउदै भने फेरि (( तिमि मर्दा त म नि मर्छु सानि( तिमी लाटि छेउ ( स्वर्ग को बाट थाहा नपाएर बीच मै लझेलेउ ( तिम्लाइ स्वर्ग को बाटो देखाउन नै भए नि मैले मर्न्नु पर्छ ! न भन्दै  अङालो हालेउ तिम्ले( आसु का मुल बगाउ दै!!
आँसु तिम्रा मात्रै होइनन मेरा नि झरेछन ( सिन्दुर ले रङाउने पर्ने तिम्रो त्यो सिउदो ( आसुले पो पखाकियछ
झस्किए  छु म ( अनि बिउँझिए पनि !! तर तिमी अर्कै सङ अङालिएको अनि म अब  उप्रान्त कोहि सङ नअङालिने बाचा बोकि एक्लै हिडे को नि बर्शौ भए छ लाटि ( रत जति नै सुन्दर युवती को आकृती देख्दा नि मन पर्दैपर्दैनन ! 

तर पनि खै बर्षौ सम्म पनि तिमी भने उत्रै देखिन्थ्येउ . .. म उस्तै देखिन्थे सपनी मा  !! तिम्लाइ सपनी मा देखेको रात कटाउन हम्मे हम्मे हुन्छ यार मलाइ !! भोलिपल्ट को बिहान ( मेरा मस्तिष्क मा येति कुरा खेल्छन्  नि । म बाध्य हुन्छु  हेर्न , हेर्दैन भनी पोको पारी राखेका तिम्रा पुराना प्रेम पत्र!!! 
खै किन आउछेउ सपनी मा ? खै किन ?? तर येत्ती जान्न चाहान्छु, म पो तिम्रो सपनी मा आज सम्म आएकि आइन ? कि आउनै लाग्दा तिम्रो तन समीप मै रहेका तिम्रो प्रिय् मान्छेले बाटो नै बन्द गर्दिए सदैको लागि यहि कौतुहलता मन भित्र हुन्छ सधैं 
म पो तिम्रो सपनीमा आएकी आएन आज सम्म । किनकी मेरा त आँखा भित्रै हुन्छेउ तिमि जव बाट आखाँ नजिक छैनौं । हो सानी मेरा त नजर मै हुन्छेउ तिमी जब बाट नजर  नजिक छैनौं  !!  पैले पैले मेरो मन को कुरा नभन्दै सुन्ने तिमीलाइ आज केही भनेरै सुनाउने मन थियो  तिमि नजिक भएको भए । 
सिरानीमा तस्वीर तिम्रै आखाँ भरी झझल्कोहरु 
तिमि गयौ रित्तियो खुशी खै कसरी मन यो भरु
हुन्छ सकस हरदिन मलाई छ भने केही ओखती देउ
तिम्रा याद मेटाउन विन्ती भनिदेउ म के गरु