Close This

सुप आइडल २०७५ सिजन–२ हुने

मंगलबार भदौ १२, २०७५/ Tuesday 08-28-18
Paschim Today

पश्चिम टुडे, धनगढी १२ भाद्र । 
प्रदेश नं ७ प्रथम सुप आइडलको सफलतापछि सुप आईडल सिजन-२ अडिसन हुने भएको छ ।
तिलक फिल्मस् प्रालि काठमाडौंको आयोजनामा हुने सुप आइडल सिजन–२ को ६० प्रतिशत कामको तयारी पुरा भएको प्रबन्ध निर्देशक दीपक जोशीले जानकारी दिए ।
प्रदेश नं ७ का कैलाली, कञ्चनपुर, डोटी, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी र दार्चुला गरी ९ वटै जिल्लामा अडिसन हुने आयोजकले जानकारी दिएको छ । अडिसनमा भाग लिन ईच्छुक प्रतियोगीहरुका लागि केही दिनमै ९ वटै जिल्लामा फाराम वितरण हुने स्थानहरु र आइडलको मुख्य प्रायोजक, सह–प्रायोजकहरुको नाम सार्वजनिक गरिने प्रबन्ध निर्देशक जोशीले जानकारी दिए ।
आइडलको पुरस्कारमा प्रथम हुने प्रतियोगीलाई १ लाख,  द्वितीयलाई ५० हजार र तृतीय हुनेलाई २५ हजार हुन सक्ने आयोजकले जानकारी दिएको छ ।
प्रथम सुप आइडल २०७४ को उपाधि बझाङ्गका सुनिल नेपालीले हात पारेका थिए । त्यसैगरी द्वितीय कैलालीकी पुनम चौधरी र तृतीय डोटीका निरज विक भएका थिए । तिलक फिल्मस् प्रालि काठमाडौंले विजेतालाई नगद २५ हजार र द्वितीय हुने प्रतियोगीलाई नगद १० हजार प्रदान गरेको थियो भने दुवै जनालाई गीत रेकर्डिङको निःशुल्क व्यवस्था समेत आयोजकले गरेको थियो ।