Close This

‘टालाटुली बटुली’ सार्वजनिक

डेउडा गाएक सुर्य विरही साउँदको नयाँ गीत ‘टालाटुली बटुली’ सार्वजनिक

शनिबार माघ २७, २०७४/ Saturday 02-10-18
Paschim Today

पश्चिम टुडे, धनगढी, माघ २७ । डोटीको दिपायल–सिलगढी नगरपालिका–९, कलेना गाउँमा जन्मिएका डेउडा गाएक सुर्य विरही साउँदको नयाँ गीत ‘टालाटुली बटुली’ सार्वजनिक भएको छ । गीतमा सुर्य विरही र रश्मी रिजालको संयुक्त स्वरवद्ध रहेको छ । अराज केशबले रिमिक्स भरेर गीतलाई अझ रोमञ्चक बनाएका छन् । 
गायक सुर्य विरही साउँदका यसअघिका गीतहरु निकै नै चर्चामा छन् । यस गीतमा नयाँपन रहेकाले श्रोतामाझ लोकप्रिय बन्नेमा आफू आशावादी रहेको साउँदले बताए । यो फरक खालको गीतबाट श्रोताहरुलाई नयाँ स्वाद दिन खोजेको उनले बताए । 
 ‘दर्शकहरुको चाहनाअनुसार नयाँ शैली, नयाँ ढंगबाट गीत गाउने प्रयास गरेको छु । यो गीतले श्रोतको मन जित्नेमा म आशावादी छु ।’ उनले भने । उनले यसअघि ’सुदूरको चेलो म त’, ‘म त भैसी गोठालो’, ‘बाध्यताले पठाउन लाग्यो परदेश’, ‘नरो मेरी सुवाँ’, ‘प्रिति फूल सारी दे’, ‘बिन्ति शैलेश्वरी’, ‘बनमारा बनैभरी छ’, ‘तेरो मेरो माया बबाली’, ‘जन्म भूमिको माया’, ‘यो लोटाउनो रांगो’लगायतका चर्चित गीत बजारमा ल्याई सकेका छन् । 
यी गीतहरु दर्शक, स्रोताहरुले अत्याधिक मन पराएका थिए । ‘टालाटुली बाटुली नाच मेरी पुतली’ बोलको गीत सुदूर तथा मध्यपश्चिमको थेगोलाई समावेश गरि पारिएको फरक शैलीको देउडा फ्यूजन डान्सिङ गीत भएको गाएक साँउदको दावी छ । सुदूर तथा मध्यपश्चिमका बालबालिकाहरु बालपनका बेला दौतरीहरुसँग कपडाका सानासाना टालाटुली बटुलेर पुतली