Close This

‘जिन्गी तोहार नाउँ’ मा जितेन्द्र र अनुराधाको रोमान्स (म्युजिक भिडियो सहित)

शनिबार भदौ १६, २०७५/ Saturday 09-01-18
Paschim Today

धनगढी, १६ भदौं । चकलेटी मोडलको रुपमा आफूलाई स्थापित गरिरहेका जितेन्द्र महतो र अनुराधा चौधरीको रोमान्सले भरिएको म्युजिक भिडियो बजारमा आएको छ ।  
    चितवनको थारु भाषामा बनेको ‘जिन्गी तोहार नाउँ, कर देल्सु मोई’ बोलको गीतमा बनेको म्युजिक भिडियोलाई एनडी स्टुडियो द स्टोरी मेकरले बजारमा ल्याएको हो । उक्त म्युजिक भिडियोमा जितेन्द्र र अनुराधाको मस्ती देख्न सकिन्छ । रमणीय दृश्यसंगै दुवैको रोमान्स सुहाउँदो देखिएको छ । 
    बुद्ध चौधरीको शब्द÷संगीत र गणेश चौधरीको संगीत संयोजनमा श्रीनिवास र समिक्षा चौधरीले स्वर दिएका छन् । भने, हिरा चौधरीको निर्देशन रहेको छ । पतिराम चौधरीले छायाङ्कन गरेको दृश्यको सम्पादन सुरेश चौधरीले गरेका हुन । 
    नवलरासीको कावासोती नगरपालिका वडा नम्बर १५ गोडार गाउँ निवासी जितेन्द्रले यस अघि, ‘जाही–जाही’, ‘वनुवा फुललै लालेलाल’ थारु भाषाको र ‘सेक्सी जवानी मेरो’ बोलको नेपाली भाषाको म्युजिक भिडियोमा मोडलिङ्ग गरि सकेका छन् ।