Close This

साहारा तालिम केन्द्रको तीज विशेष कार्यक्रम सम्पन्न

बिहीबार भदौ २१, २०७५/ Thursday 09-06-18
Paschim Today

पश्चिम टुडे, धनगढी २१ भाद्र । 
हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर साहारा तालिम केन्द्रले बुधवार धनगढीमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
साहाराले आयोजना गरेको तीजमा विशेष कार्यक्रममा प्रदेश नम्वर ७ का उपसभामुख निर्मला बडाल जोशी लगायतका महिलाहरुले नाच्दै रमाइलो गरेका थिए । कार्यक्रममा नृत्य प्रतियोगिता पनि भएको थियो । प्रतियोगितामा कोलम डान्सर प्रथम, रञ्जिता आचार्य द्वितीय, करिना भट्टराई तृतीय र शारदा श्रेष्ठले सान्त्वना स्थान हात पारेका छन् । उनीहरुलाई नगद पुरस्कार प्रदान गरिएको छ ।
उपसभामुख निर्मला बडाल जोशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ब्युटीपार्लर संघका अध्यक्ष निशा सिंह, नेकपाका नेता उद्धव भट्टराई, जेसीज धनगढीका कार्यकारी उपाध्यक्ष कमल पनेरु, शिवनगर खानेपानीका सचिव मोहन ओझा लगायतको उपस्थिति रहेको थियो । साहारा तालिम केन्द्रका सञ्चालिका लक्ष्मी जोशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत टिकेश्वरी जोशीले गरेकी थिईन् । कार्यक्रमको सञ्चालन सन्ध्या जोशी र राम बमले गरेका थिए ।