Close This

दक्षिण सुडान  हत्या, र बलात्कारमा १० सैनिक दोषी ठहर ।।

शुक्रबार भदौ २२, २०७५/ Friday 09-07-18
Paschim Today

दक्षिण सुडानको एउटा सैनिक अदालतले १० सैनिकलाई एक पत्रकारको हत्या गरेको र विदेशी सहायताकर्मीहरूको बलात्कार गरेको ठहर गरेको छ । दोषीहरूलाई सात वर्षदेखि आजीवन कारावासको सजाय सुनाउँदै सो अदालतले सरकारलाई प्रत्येक बलात्कारपीडितलाई चार हजार डलर क्षतिपूर्ति दिन आदेश गरेको छ । सन २०१६ मा राजधानी जुबास्थित एउटा होटेलमा आक्रमण गरिँदा ती अपराधहरू गरिएका थिए ।संयुक्त राष्ट्रसङ्घको एउटा प्रतिवेदनमा शान्ति स्थापनार्थ खटाइएका सैनिकहरूले सहयोगका लागि गरिएका याचनाको प्रतिक्रिया नजनाएको आरोप लगाएको छ ।