Close This

समृद्धिसंग जोडिएको मिसन साइपाल

शनिबार भदौ २३, २०७५/ Saturday 09-08-18
Paschim Today

दीर्घराज उपाध्याय,

भोक, गरीबी र अभावमात्र चित्रित गरिएको सुुदूरपश्चिम होइन, आर्थिक समृद्धिको सम्भावाना बोकेको ‘सुन्दरपश्चिम’ भन्ने सन्देश लिएर बझाङका चार जना चेली यही अक्टोबर दोस्रो साता साइपाल हिमाल चढ्ने तयारी गर्दैैछन् ।

नम्बर प्रदेशको शान प्रतिष्ठास जोडिएको साइपाल हिमाल (७०३१ मिटर) आरोहण गर्न बझाङकी संगिता रोकाया (धुली), लक्ष्मी बुढा (काँडा), सरस्वती थापा (सुुनिकोट) पवित्रा बोहरा (सुर्मा) ले कम्मर कसेकी हुन् अबको डेढ महिनामै सुुदूरपश्चिमलाईसुन्दरपश्चिमभनेर चिनाउने सन्देश दिन उनीहरु आतुुर छन्

साइपाल प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावना हिसाबले पनि धनी छ । तर राष्ट्रिय मुलधारमा खासै चर्चामा छैन । नेपालको पर्यटन उद्योग काठमाडौं र पोखरा उपत्यका, चितवन, खुम्बु र अन्नपूर्ण क्षेत्रमै सीमित छ । नेपालमा विदेशी पर्यटक वर्षमा १० लाख जति आउन थालिसके, तर साइपाल क्षेत्रमा मुस्किलले एक दर्जन पनि पुुग्दैनन् ।

संसारभरमा हरेक वर्ष हिमालहरु चढिन्छन्, तर साईपाल हिमालको आरोहण एक विशेष तथा महान उद्देश्यको लागि गरिदैंछ । संसारकै प्रख्यात आरोहीहरुलाई यस अभियानमा सहभागी गराएर ७ नम्बर प्रदेशलाई विश्वसामुु चिनाउने यसको मुख्य लक्ष्य छ, जसको नाम दिइएको छ–मिशन साइपाल । यस अभियान अन्तर्गत विदेशी पर्वतारोही टोलीसँगै बझाङका स्थानीय चेलीहरुले पनि साईपाल हिमालको आरोहण गर्नेछन् ।

मिसन सफल भएमा बझाङी चेलीहरु आधिकारीक रुपमा साइपाल चढ्ने पहिलो त हुने नै छन् । हिमाल आरोहणको ढोका उर्घाने पहिलो बझाङी पनि हुने छन् । त्यसो त भीर–पहरा, उकाली–ओराली यी चेलीहरुका लागि कुनै नौलो विषय होइन । उनीहरु ७/८ वर्षको उमेरदेखि नै प्रत्येक वर्ष तीन देखी चार महिना यार्सा गुम्बा र जडिबुटी टिप्दै, हास खेल गर्दै ५००० मिटर आसपासको हिमालमा विताएको अनुभव छ ।

साइपाल आरोहणमा चासो देखाउने १५ मध्ये उत्कृष्ट चारमा छनौट भएका यी चेलीहरुको नाम छनौट भएको हो । विश्व विख्यात आरोही डा. जर्ज, एडुुर्ने पासावनसँगै आरोहण गर्ने मौका पनि पाएका छन् । डा. जर्ज इगोसिगा  र एडुुर्ने पासावन संसारका आठ हजारभन्दा माथिका १४ वटै हिमाल चढिसकेका व्यक्ति हुन् । अझ महिलामा यी १४ वटा हिमाल चढ्नेमा अहिलेसम्म एडुुर्ने एकमात्र पहिलो नाम हो । डा. जर्ज र एडुुर्नेसँगै अन्य १२ जना प्रख्यात आरोही पनि यस अभियानमा सामेल हुुँदैछन् ।

यहि अक्टोबर १७ मा बेसक्याम्प जानेछन् । उनीहरुले साइपालमा ३५ दिन बिताउनेछन् । साइपालको सफल आरोहण गर्न सके चार चेलीहरु बझाङको पहिलो आरोही बन्नेछन् । यससंगै उनीहरुको बारेमा ‘मिशन साइपाल’ फिल्म पनि बन्दैछ । जसले देश–विदेशमा प्रचारप्रसार गर्न सघाऊ पु¥याउनेछ । यसको समन्वय रारा फिल्मस्ले गरिरहेको छ । डेढ करोड खर्च लाग्ने जानकारी दिइएको छ ।

यी चेलीहरुको साइपाल टेक्ने चाहनालाई चर्चित डकुमेन्ट्री ‘सुनकली’ का निर्देशक भोजराज भाटले अवसर जुराइदिन लागेका हुन् । निर्देशक भाटका अनुसार, सुुनकली डकुमेन्ट्रीको स्क्रिनिङ गर्न विदेश गएका वेला चिनापरिचित भएका प्रख्यात आरोहीलाई साइपाल हिमाल चढाउनका लागि मनाउन करिब तीन वर्ष नै लाग्यो । ‘सुुनकली अधिकांश पर्वतीय फिल्म फेस्टिबलमा गयो, त्यहा“ चिनजान भएका प्रख्यात आरोहीलाई निम्त्याउने सपना यस वर्षको अक्टोबरमा पुरा हुदैछ ।’

यी चार जना चेली आरोहण दलमा कसरी छनौट भए भन्नेमा पनि आफैंमा रोचक छ । बझाङका स्थानीय एफएम रेडियोमा एक हप्तासम्म विज्ञापन बजाउ“दासम्म खासै कसैले हिमाल आरोहणमा इच्छा देखाएका थिएनन् । साइपाल आरोहणमा सबैभन्दा पहिला आट देखाइन्, पार्वती ऐडीले । उनले अरु चेलीलाई कन्भिन्स पनि गराइन् । बल्ल बल्ल १५ जना चेली जना इच्छुुुक देखिए । औपचारिक छलफलकै क्रममा केही दिन चार जना चेली टीमबाट बाहिरिए, उनीहरुकै इच्छाले । अन्तिम समयमा अरु चार जना पनि पारिवारिक दबाबका कारण साइपाल शिविर जान नसक्ने बताए । रह्यो ७ जनाको टोली, जुन साइपालको आधारशिविरसम्मै पुग्यो । फर्किदासम्म अन्य दुई चेली उमेर हद सानै भएकोले उनीहरुलाई आगामी वर्षमा सहभागी हुन आयोजकले सुुझायो । तर जो सबैभन्दा अगाडि साइपाल चढ्ने साहस देखाएकी थिइन्, तिनै पार्वतीचाहिं आकस्मिक विरामी भएका कारण जान नसक्ने भइन् । अन्ततः सरस्वती, लक्ष्मी, संगिता र पवित्राको टोली बनेको हो ।

निर्देशक भाट भन्छन्, ‘बझाङी चेलीहरुको सफल आरोहणले साइपाल हिमालको आधिकारीक आरोहणको ढोका त खुल्ने नै छ र साथमा छोरीचेलीलाई हेर्ने विभेदकारी दृष्टिकोणमा केही मात्रामा भए पनि परिर्वतन आउने छ ।’ निर्देशक भाटले बझाङी चेलीको छनौट प्रक्रियादेखि जिल्लाका विभिन्न परम्परागत सान्स्कृतिक पक्षहरु पनि समेटिने गरी एक साहसिक यात्राबारे फिल्मको चित्र कोरिसकेका छन् । यस फिल्मले प्रदेश नं ७ मा रहेका खप्तड सुर्मासरोवर र साइपाल हिमाल जस्ता पर्यटकीय गन्तव्यको एकै साथ अन्र्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्ने लक्ष्य रहेको छ ।

नेपाल पर्यटक विभागको आधिकारिक जानकारीमा सरकारको इजाजत लिएर हालसम्म कसैले पनि साइपाल आरोहण गरेका छैनन् । यद्यपि, इन्टरनेटमा भएका फाट्टफुुट्ट जानकारीमा सन् १९५३ मा अष्ट्रियन नागरिक डा. हर्बट टीचीले पहिलोपटक दक्षिणी मोहडा (बझाङतिर) बाट साइपाल चढ्ने पहिलो प्रयास गरेका थिए तर उनी सफल हुन सकेनन् । त्यसको अर्को वर्ष अष्ट्रियाकै डा. रुडल्फ जोनासले वैशाखतिर साइपाल आफ्नो टीमसहित साइपाल चढ्न खोजे तर उनी पनि असफल रहे । यतिसम्म कि, उनका टीम सदस्य कार्ल रेइसले साइपालमा ज्यानसमेत गुुमाउनुुप¥यो ।

विदेशी पर्वतारोहीको व्यक्तिगत रेकर्डमा साइपाल हिमालको प्रथम आरोहण गर्ने भाग्यमानी जापानका कात्सुतोसी हिराबासी र नेपाली शेर्पा पासाङ फुुतुर हुुन भन्ने भनाइ छ, उनीहरुले २१ अक्टोबर १९६३ मा सफल आरोहण गरेका थिए रे । यद्यपि, नेपाल सरकारसँग यसको कुनै आधाकारिक तथ्यांक छैन । त्यसपछि पनि विभिन्न प्रयासहरु भए, कसैले चढेको दाबी गरेका छन् कसैले दक्षिणी मोहडाबाट साइपाल चढ्न निकै गा¥हो भएको अनुुभव इन्टरनेटमा साटेका छन् । सन् २०१० मा फ्रान्सेली प्रख्यात आरोही पाउलो ग्रोबरले उत्तरी मोहडाबाट चढ्ने प्रयास गरेका थिए तर प्रतिकूूल मौसमका कारण सफल हुुन सकेनन् । ६५०० मिटरको सानो चुुचुरोबाट फोटोग्राफी गरेर फर्किए । अहिलेसम्म साइपालको उचाइबाट तस्बिर बाहिर आएको भनिएको पाउलो ग्रोबरकै टीमले खिचेका क्लिकहरु हुुन् ।