Close This

कर्णाली प्रदेशको स्थानिय तहमा ईन्टरनेट सुविधा विस्तार

शनिबार भदौ २३, २०७५/ Saturday 09-08-18
Paschim Today

पश्चिम टुडे, धनगढी २३ भाद्र । 
वल्र्ड लिंक कम्युनिकेशन प्रालिले कर्णाली प्रदेश ६ र प्रदेश नं ५ का स्थानिय तहमा ईन्टरनेटको सुविधा विस्तार गरेको छ । 
प्रा.लिले प्रदेश नं ६ का ७ वटा जिल्ला डोल्पा, कालिकोट, हुम्ला, मुगु, जुम्ला, जाजरकोट, पश्चिम रुकुम र प्रदेश नं ५ का २ जिल्ला पूर्वी रुकुम र रोल्पामा ईन्टरनेटको सुविधा विस्तार गरेको हो । 
नेपाल दुरसंचार संस्थान र वल्र्ड लिंक कम्युनिकेशन जावलाखेलबीच भएका सम्झौता अनुरुप कर्णाली प्रदेशका सबै स्थानिय तहमा ईन्टरनेट सेवा जडान गर्ने कार्य भईरहेको वल्र्ड लिंक कर्णाली परियोजना प्रमुख राजेन्द्र विष्टले जानकारी दिए । उनले वर्षातको समयले गर्दा काममा अलि ढिलाई भएको र स्थानिय तहमा ४० प्रतिशत काम सम्पन्न भईसकेको  बताए । 
परियोजना प्रमुख विष्टले आ.व. २०७५/०७६ भित्रै कर्णाली प्रदेशका सबै स्थानिय तहमा ईन्टरनेटको पहँुच हुने बताए । रुकुम पश्चिमका ८५, जुम्लाका ५५, कालिकोटका ४०, जाजरकोटका ३० र हुम्लाका ५ ठाउँमा वल्र्ड लिंकले फ्रि वाई फाई जडान गरेको छ ।