Close This

‘जवास लग्सै घुमे’ म्युजिक भिडियो सार्वजनिक

शनिबार भदौ २३, २०७५/ Saturday 09-08-18
Paschim Today

धनगढी, भदौ २३ गते । नवलपरासीको थारु भाषाको ‘जवास लग्सै घुमे’ बोलको गीतमा बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ । 
    मसुरियामा रहेको हमार म्युजिक बगिया प्रालिले शनिवार उक्त म्युजिक भिडियो सार्वजनिक गरेको हो । धेरै समयसम्म प्रतिक्षा गरिएको उक्त म्युजिक भिडियोको केहि दृश्य मुस्ताङमा समेत छायाङ्कन गरिएको थियो । म्युजिक भिडियोमा वीर चौधरी, एञ्जिला र एलिशा चौधरीले अभिनय गरेका छन् ।  
    शब्द, संगीत केशव महतोको रहेको गीतमा केशव र अन्नु चौधरीको स्वर रहेको छ । संगीत संयोजन रुपमसिंह गुरुङ्गले गरेका छन् । हिरा चौधरीको निर्देशनमा बनेको म्युजिक भिडियोको छायांकन पतिराम थनेत र दृश्य सम्पादन सुरेश चौधरीले गरेका छन् ।