Close This

नसर्ने रोगको विरामी बढ्दै

आइतबार भदौ २४, २०७५/ Sunday 09-09-18
Paschim Today

धनगढी, भदौ २४ गते कैलालीमा नसर्ने रोगको विरामी बढेका छन् शारीरिक परिश्रम नगरी अरामदायी जीवनयापन गर्ने खानपानमा ध्यान नदिने परिपाटीले मानिसहरु नसर्ने रोगबाट आक्रान्त हुन थालेका हुन

                यो जिल्लामा नसर्ने रोगबाट बर्सेनि धेरै मानिस पीडित भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको मुटु, मृगौला, क्यान्सर, सिकलसेल जस्ता नसर्ने रोगका विरामी बढ्दै गएको जनस्वास्थ्य निरीक्षक महेश चन्दले जानकारी दिए नसर्ने दीर्घ रोगका विरामीहरु बढेसंगै एक लाख रुपिया बराबरको उपचार सेवा लिनेको सङ्ख्या पनि बढेको

                जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७४÷०७५ मा मुटुको समस्या भएका १२१, क्यान्सर लागेका १७३, मृगौला समस्या भएका ८६ जनाले निःशुल्क उपचारका लागि सिफारिस लिएका छन् यसैगरी, वङ्शाणुगत सिकलसेल एनिमिया रोग लागेका १११ टाउकोमा गम्भीर चोट लागेका १० जनाले निःशुल्क उपचारको सेवा लिएका छन्

                चालू आर्थिक वर्षको डेढ महिनामा क्यान्सरबाट पीडित ३० सिकलसेल एनिमिया लागेका १६ जनाले निःशुल्क उपचारको लागि सिफारिस लिएका छन् विविध कारणले मुटु, क्यान्सर जस्तो समस्या देखिए पनि खानपान आनीबानीमा सुधार हुन नसक्नु प्रमुख कारण रहेको जनस्वास्थ्य निरीक्षक चन्दले बताए

                ‘मान्छेले होटलमा तारेको, फुटफाटमा बेचिने चिल्लो खानेकुरा खाने बानी बढी लगातार मासु नै मासु खाने पनि गर्छन् ’, उनले अगाडि थपे–‘यस्ता खानेकुरामा पाइने ट्रान्सफ्याटले मानवीय स्वास्थ्यमा गम्भीर समस्या आइरहेको अहिलेको मानव जीवन बिलासी हुनुका साथै अल्छी भएका कारणले नसर्ने दीर्घ रोगले आक्रान्त भइरहेको चन्दको भनाइ

                नसर्ने तर, खतरनाक दीर्घ रोगहरुकाबाट बच्नका लागि मानिसले आनीबानीमा सुधार गर्न आवश्यक रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख टङ्कप्रसाद चापागाइँ बताउँछन् मान्छेले खानपानमा सुधार गर्नुका साथै शारीरिक व्यायाममा ध्यान दिन आवश्यक ’, उनले भने–‘विलासी जीवनशैलीले समस्या निम्त्याइरहेको

                नसर्ने रोग न्यूनीकरणका लागि नेपाल सरकारले नसर्ने रोग सम्बन्धी कार्यक्रम (प्यान) सञ्चालन गर्दै आएको यद्यपि, बिलासी आरामदायी जीवनयापनका कारण विरामी बढ्दै गएका छन्

                नसर्ने रोगबाट जोगिनका लागि खानपानमा ध्यान दिन अत्यन्त जरुरी रहेको सेती अञ्चल अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. हेमराज पाण्डेयले बताए