Close This

साँस्कृतीक कार्यक्रमको सम्पुर्ण तयारी पुरा ।

ख्याती प्राप्त कलाकारको सहभागीता रहने ,,,,

आइतबार भदौ २४, २०७५/ Sunday 09-09-18
Paschim Today

पवन भण्डारी [[
सूदुरपश्चिमेली नेपाली समाज भारत ले महान पर्व गौरा र तिजको अवसरमा भारतका विभिन्न ठाँउमा गर्ने सासकृतीक कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । केन्द्रीय प्रचार प्रसार प्रमुख जक सिद्ध राज ढुङ्गाना ले कार्याको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनु भयो । सूदुरपश्चिमेलीहरुको मौलीक पर्व गौरा पर्ब र तिज बिषेस कार्यक्रम हरेक बर्ष गरिदै आयको छ । सेप्टेम्बर १४ तारिख हुने कार्याक्रममा सुदुर पश्चिमको कलासस्कृती लाई झल्काईने छ । कार्यक्रममा सम्पुर्ण भारत मा रहनु भएका नेपाली हरुलाई आ आफनो पाईक पर्ने ठाँउमा गयर कार्यक्रमको शोभा बढाई दिन आयोजकले आग्रह गरेको छ । हिन्दु नेपालीहरुको मौलीक पर्व तिजको अवसरमा आयोजना गरियको यस कार्यक्रममा स्थानीय तथा ख्याती प्राप्त कलाकारको सहभागीता रहने आयोजक ले जानकारी दिएको छ ,। 

सूदूरपश्श्रिमकोे कला संस्कृतिको जगेर्ना गर्न का लागी निमित्त भारतका बिभिन्न जिल्ला मा हुने सास्कृतिक कार्यक्रम को तयारि अन्तिम चरणमा पुगिसकेकोसंयोजक ढुंगाना ले जानकारी दिनु भयो ।कार्यक्रम मा महिला दिदि बहिनि लाई ५० प्रतिसत छुट सहित गरि १ सय रुपैया र पुरुष दाजु भाइ बाट २ सय टिकट लिने बताईयको छ । कार्यक्रममा गायीका चादनी मल्ल , भूबन दाहाल लागयतका कलाकाहरुको सहभागीता रहने बताईयको छ ।