Close This

पूर्वमन्त्री 

सिंहदरबार परिसरभित्र, अर्थमन्त्रालयको बाहिरको क्यान्टिनको कुनामा बसेर पत्रिका पल्टाइरहेका डि. बि. शर्माका नजरमा दर्शकले त्यति ध्यान दिएनन् । सामान्य भेषभुषा र त्यस्तै व्यक्तित्व बोकेका डि. बि. शर्मा कुनैबेला उद्योग मन्त्री भएर मन्त्रालय हाँक्ने जुझारु व्य

शनिबार माघ २७, २०७४/ Saturday 02-10-18
Paschim Today

पूर्वमन्त्री 
डा. के.आर. दाहाल
सिंहदरबार परिसरभित्र, अर्थमन्त्रालयको बाहिरको क्यान्टिनको कुनामा बसेर पत्रिका पल्टाइरहेका डि. बि. शर्माका नजरमा दर्शकले त्यति ध्यान दिएनन् । सामान्य भेषभुषा र त्यस्तै व्यक्तित्व बोकेका डि. बि. शर्मा कुनैबेला उद्योग मन्त्री भएर मन्त्रालय हाँक्ने जुझारु व्यक्तिको नाम हो । “मन्त्रीज्यू , यो फाइल त सदर गर्नु हुन्न ह,ै यसमा तपाई फस्नु हुन्छ । .........यो काम छिटो गर्नु छ, यसबाट केहि हुनेवाला छ....... ।” आदि सुझावदिने हरिश्रेष्ठ उनका स्वकीय सचिव यतिखेर त्यै क्यान्टीनको कुनामा उनीसंगै छन् । मन्त्री र हरिष गुन–गुन गरेको अलि–अलि आवाज आँउथ्यो— तर त्यसमा कसैले पनि ध्यान दिंदैनथ्योे । “ओ हो सितलहरले त जनता भसक्कै भएछन्—तराइमा ।” मन्त्रीले एक्कासी बोले” हो त, खपि नसक्नु चिसो बढेछ । गरिबहरुको दोहोलो काडेछ ।” हरिषले थप्यो । यस्तै वार्तालाप हँुदैथियो हरिष र मन्त्रीका विचमा ।
“साहुजी, चियामा चिनी पुगेन ।” एउटा ग्राहकले करायो । “खै मेरो अडर अझै आइपुगेन।” अर्को बोल्यो । क्यान्टीनमा यस्तै वार्तालाप हँुदै थियो । अकस्मात एउटा भलाद्मी देखिने मान्छे मन्त्रीको छेवैमा पुगेर अडियो । “ओ, हो, मन्त्रीज्यू कतावाट यहाँ ।” उसले मन्त्रीको  ध्यानाकर्षण ग¥योे । मन्त्रीले हातमिलाए ।
“ अनि मेरो फाइल त त्यसै थन्क्याएर जानु भो नि ! किन त्यस्तो भो त ? सँंगैदिएका अरुफाइलहरु सदर भए, मेरो किन भएन ?” उनको कुरा नसिद्धिदै मन्त्रीले रोके, “ हैन, यो क्यान्टिनमा ऐले यस्तो वार्ता नगरांै । पछि गरौंला ।” 
“ किन नगर्ने मन्त्रीजी ? मेरो श्रीसम्पती डुब्न लाग्यो । सारा घरखेत बैंकमा धराँैटी राखेर खोलेको मेरो उद्योग तपाइँको कारणले डुब्न लाग्यो । एउटै प्रकृतिका चारवटा फाइल तपाइँ कहाँ आएका थिए । तीनवटा तपाइले सदर गर्नु भोे । मेरो गर्नु भएन । कति कमाउनु भो त्यसवाट ? बिगतमा पार्टिको संगठन गर्दा रातदिनसंगै हिडेको, खाएका,े बिर्सनु भो ? जनताको काम गर्ने कसम खाएर चुनाव जिताएको बिर्सनु भो ? अब हामी जस्ता मान्छे तपाइँलाई नचाहिने भा ?........रु ”  प्रदिप बेलवासेले सबै कुरा ओकले ।  
हुन पनि हो, एकवर्ष पहिले मन्त्रीको बेहाल थियो । एउटा राम्रो जुत्ता किनेर लाउने क्षमता थिएन । फाटेका जुत्ता र घेरा च्यात्तिएको टोपी लगाएर हिड्थे उनी । त्यसैले जनताले उनको दूःखमा साथ दिए । चुनाव जिताए । आशाको केन्द« बनाए उनलाई ।
देशमा रहेको अस्थिर सरकारको फाइदा भयो मन्त्रीलाई । उनि मिलिजुली सरकारको मन्त्री बने । उद्योग मन्त्रालयको वागडोर समाले । देशभरीका रुग्ण उद्योगहरुलाई सुधार्ने वाचा गरे । अर्थशाास्त्रमा एम. ए. गरेका डि. बि. शर्मा पार्टी पंक्तिमा पनि चर्चित नै थिए । र, सबैले उनीबाट सुधारको आशा गरेका थिए । तर दुर्भाग्य— परिणाम त्यस्तो भएन । उनी मन्त्री भएको दिनदेखि नै परिवारमा कटाक्ष हुन थाल्यो । सालोले भन्यो, “ भिनाजु म त जि.एम. बन्ने हो । अरुका भिनाजुहरुले सँगैका साथीभाईहरुलाई कहाँ पुर्याइसके । आफु भने ......।” श्रीमतीले भाषण छाट्न थालिन् ,“जीवनभर पार्टी—पार्टी भनेर हिड्यौ बुढा, अब त केही जोरजाम गर्नु प¥यो । एउटा बुकुरो बनाउनु पर्छ । छोरो डाक्टर बन्छु भन्छ, नाम निकाल्नसक्ने क्षमता छैन ।  प्रतिस्पर्धामा उत्रन नसके पछि पैसा तिर्नु पर्छ । लाखांै–लाख खर्च  हुन्छ मेडिकल पढाउन  । त्यसको जोहो गर्नु होला । फेरी छोरी पनि हुर्कि सकि । बिहे गर्नु पर्छ । अरुका छोरीहरुको बिहे कस्तो घरानिया केटासँग भयो । धेरैको भोजभतेर खाइसकियो । आफुले पनि पालोको—पंैचो फर्काउनु प¥यो नि !” शर्माजी चुप्प रहन्थे । बोलोै, के बोलौ ?के गरौं, नगरांै, उनि किंकर्तव्यबिमुढ हुन्थे । 
मन्त्रीजीको मगजमा एकैपटक साराथोक थोपरींदा टाउको भारी भएझंै भो । विगतमा आफुले जनता समक्ष गरेका प्रतिवद्धताहरु, समाजलाई बाँडेका आश्वासनहरु, पार्टीमा देखाएको इमान्दारीता, आदि सबैथोक यतिखेर उनको दृश्य वरपर नाच्न थाले । मन्त्रीटोलाए । “मन्त्रीज्यु बोल्नु न किन नबोल्नु भाको ?” बेलवासैले झक्झकाए । मन्त्री बोलेनन् । टोलाइनै रहे । भर्खर मात्र मनत्रीमण्डल बिघटन भएको थियो । एक हप्ता पहिले उनी झन्डावाल गाडीमा सर्सर् सवारहँुदा जनाताले ताली बजाउँथे । कर्मचारीले घेर्थे । र, यो देखेर आफन्तहरु दंगपर्थे । पार्टीका साथिभाईहर आदर गर्थे । तर त्यही पंक्ति, त्यही समाज अहिले मौन छ । कसैले पनि टेरपुछार लगााउदैन । हो, साच्चै श्रीमतीका वचन राख्न र परिवार धान्न धन कमाउनै पथ्र्यो । त्यहीकारण हो बेलवासेको उघोगको फाइल उनले सदर गर्न सकेनन् । उनले कैयौंपटक सचिवालाई “मिलाएर ल्याउनु” भन्ने आदेश भने दिएका थिए । तर पिएहरुले मानेनन् । सचिवसंग कानेखुसी गरे । “कति झर्छ हँ त्यसवाट ?” मन्त्रीको प्रमुख स्वकीय सचिवले सोध्थे । तर वरपरका कोहीवोल्दैनथे । मन्त्रालयका सचिव पनि चुप्प रहन्थे । पटकपटक त्यो फाइल देख्नुपर्दा सचिवको पारो तात्ने गथ्र्यो । भन्थे,“दमडी छैन, किन ब्यर्थको काम गर्नु ।” मन्त्रीलाई बेलबासेको कामगर्न खुबै मन थियो । तर उनको वरपर घेरीएको वातावरणले गर्न दिएन । र, फाइल पेण्डिङ्ग रहन गयो । बेलवासेकी श्रीमतीले भनिन्, “ देख्यौ,  तिम्रो मन्त्रीले लोप्पोे ख्वाएनि त  ! के के न लछारपाटो लाउछन् भनेको त  त्यतिपनि नगरी मन्त्रीबाट हटे । ” 
बेलवासेको लागि यो आश्चर्य लाग्दो कुरा—हुनगयो । एउटा आत्मियसाथी मन्त्री बने । जसको लागी उनले धेरै सहयोग गरेका थिए । डि. बि. शर्मा भन्दा नजिकको उनको अर्को साथि थिएन । उनले संझ्mे,  “ कुनै दिन डि. बि.की आमाको उपचार गर्दा उनले वंैकबाट ऋण लिनुपरेको थियो । श्रीमतीका गरगहना बैंकमा धरौटीराखेर उनैले ऋण लिएका थिए । अन्तमा आमाको उपचार असफल भयो । अस्पतालमा राखेको सातौँ दिनमा डि. बि.की  आमाले आंखा चिम्लिन् । आमा अब यो लोकमा रहिनन् । डि.बि. शर्मालाई हुनेसम्मको चिन्ता बड्यो । एक्कासी उनको टाउकोमा बज्रपात परेझैं भो । सतगतका लागि पशुपति आर्यघाट लाने र त्यताको बन्दोबस्त मिलाउँने काम बेलवासेले नै गरे । घाटमा डि.वि. शर्मा बेहोस भए । बेलवासेले हुनेसम्म सझ्mाए । अन्तत जसरी पनि चित बुझाउनु बाहेक अर्को विकल्प थिएन । डि.वि.ले चित्त थामथुम पारे । मातृ पीडाको त्योक्षण अत्यन्त मार्मीक थियो । बेलवासे नै उनको ठूलो साहरा बनेकाले शर्माको पीरको घाउको मलम पट्टी लगाउन सके ।  त्यतिबेला बेलवासिलाई डि .बि. ले भनेका थिए, “ साथी तिमी भन्दा नजिकको मेरो अरु कोही छैन । जिवनमा जसरी तिमिले मलाई, साथ दिया,ै त्यसैगरी ठाउँमा पुगेको बेलामा मैलेपनि दिने छु ।” विडम्वना तिनै व्यक्ति आज कसरी परिवर्तन भए ? मन्त्री भएपछि उनले वरपरको घेरा छाड्न सकेनन् । हो, भ्रष्टहरुको ठूलोग्याङ्ले मन्त्रीलाई घेरेको हुन्छ र त्यो ग्याङबाट पदमा रहेको मानिस पर हुन सक्दैन । 

त्यसो त उनले प्रयास गर्दैनगरेका भने होइनन् । बेलाबेलामा मान्छेहरु खटाउने गथर््े । “ सचिवज्यू, यो फाइलको काम अघि बढाउन भन्नु भएको छ मन्त्रीज्यूले ।” मन्त्रीका एकजना सल्लाहकारले मन्त्रालयका  सचिवसँग कुराराखे । उनी संगै पार्टीका एकजना नेता पनि थिए । उनले पनि त्योकाम गराउन जोड दिन थाले । यत्तिकैमा मन्त्रीका मुख्य स्वकीय सचिव भित्र पसे । उनले सचिवलाई आँखा सन्काए । सचिवले भने “ ठिकै छ,, हेरौला  नि ।” फाइलहरु खातैखात थिए । एकपछि अर्कोको विषयमा छलफल हुने काम चलिरहेको थियो । बेलबासेको फाइल अगााडि पल्टियो । एउटा सहसचिवले प्वाक्क बोले,  “ यसको टुंगो लागेको छैन । हामीले काम गरेपछि कामबाट हुने फाइदा पनि त थाहा पाउनु पर्र्यो नि ? एक जनाको काम फ्र्रिमा गरेर मन्त्रालयको सिस्टम नै बिगार्नु पनित भएन नी । हामी पनि बाँच्नुपर्छ । मन्त्रीलाई पनि बचाउनु पर्छ । ” मन्त्रीका सल्लाहकारले आँखा पिरो पारे । उनले भने, “  हजुर, चूनावमा मन्त्रीलाई धेरै सहयोग गरेका मान्छे हुन् । फेरिफेरि पनि सहयोग लिनुपर्छ । त्यसमा पनि उनी पार्टीका सक्रिय कार्यकर्ता र मन्त्रीकै नजिकका मान्छे पनि हुन् । यदि उनको काम भएन भने मन्त्रीजीले एउटा निकट मित्र गुमाउनुपर्नेछ ।”  जवाफमा सहसचिवले थपे, “ राजनीतिमा लाग्नेहरुका यस्ता साथीहरु धेरै हुन्छन् । धेरैलाई नेताहरुले आस्वासन दिएका हुन्छन् । यो त चुनावी मैदानमा उत्रेकाहरुका लागि सामान्य कुरा हो । तर मन्त्रालय नेताको मात्रै होइन, कर्मचारीको पनि हो । सबैले बाँच्नु पर्छ । त्यसैले फ्रिमा यहाँ कसैकोकाम हुदैन । यो सत्ययुग  होइन । ..............।”  
लक्ष्मीकान्त शर्मा जुनसुकै मन्त्री आएपनि छिटै नजिक हुनजान्ने र सम्पूर्ण मामिला मिलाउने सहसचिव हुन् । देशीविदेशी कुनैपनि मामिलामा बार्गेनिङ्ग गर्न मन्त्रालयको तर्फबाट सचिव तथा मन्त्रीले छानेर खटाउने चर्चित पुरुष नै हुन् । उनले हुन्न भनेको काममा सचिवले पनि फोर्स गर्दैनथे । र, मन्त्री पनि बोल्दैनथे । त्यसैले बेलबासेको फाइल सदर नगराउनुमा उनको नै भूमिका अहं रहन गयो ।  
यो दुनिया परिबर्तनसिल छ । क्यान्टिनको योबेलाको भेटमा डि. बि. मा पनि धेरै परिवतर्न आइसकेको थियो । उनी त अब पूर्वमन्त्री भैसकेका थिए ।  बेलवासेले उनको नजरमा हेरे । एकपटक दुबैका आँखा जुधे । उनले देखे मन्त्रीज्युको नयनमा ढाँटछल थिएन । थियो त केवल देसको वास्तविकता । उनको हेराई बुज्नेलाई काफी थियो । एकोहोरो हेराइमा उनी भन्दै थिए ,“हेर मित्र,  म पागल हैन । मन्त्रीले यहाँ आफ्नो विबेक प्रयोग गर्याे र राम्रो काम गर्याेभने कर्मचारीले कमाउने मौका पाउँदैन । पार्टीका साथिले आर्कोपटक मन्त्रीबन्ने अवसर पाउँदैनन् । घरपरिवारका सदस्यहरु सन्तुष्ट हुँदैनन् । आफन्तहरुले उल्टो थुक्छन् । यहाँत जसले जसरी कमावोस् त्यसको मतलव छैन । तर पैसाभने बटुलोस् भन्ने सोचका धेरै छन् । मैले पैसा वटुल्ने धेरै रहर गरिन तर वरपरको परिवेस र मेरो आर्थिक अवस्थाले गर्दा केही जोहो गर्न म बाघ्य बनें । तिमी मेरो परम मित्र हौ , मलाई थाहा छ ।  तिमिले मलाई धेरै सहयोग पनि गरेका छौ ।.............।” प्रतिउत्तरमा बेलवासेले मनमनै भन्दै थिए, “ठीकै छ मन्त्रीज्यू । कुनैदिन यो देसमा सतिको सराप हराउने छ र सत्य कामगर्नेले जस पक्कै पाउनेछ । यो पृथ्वी घुमि नै रहेको छ । आशा गरौं यो देशमा कुनै बेला कर्मचारी तन्त्रले पनि मन्त्रीलाई कुन फाइलबाट कति झर्छ भन्ने सोचले हैनकी त्यसबाट राष्ट्रले कति फाइदा लिन सक्ने छ भन्ने भावले सिकाउँने छन् । राम्रोकाम कुनै एकजनाबाट थालनी हुनेछ । त्यसलाइ्र्र अनुसरण गर्नेहरुको संख्या धेरै हुनेछ । र,  धन धेरै कमाउनेहरुलाई भन्दा पनि राष्ट्रको सेवा गरेकाहरु र इमान्दार नेताहरुलाई जनताले मर्यादा गर्ने छन् । बारवर्षपछि खोलोपनि उल्टो वग्छ भन्छन् । हो , यो देशको  साशन सत्तामा कुनैबेला ठूलो फेरवदल आउन सक्नेछ र आफुलाइ जनताको सेवक भन्नेहरुले साच्चै सेवकबनेर देखाउँने छन् ।........। ” यसरी उनले भावनाहरु मनमनै पोखे । केहीबेर दुवैजना मौन बने । डि.बि.शर्माको लज्जाबोध अनुहारलाई देखेर बेलवासेले मनमनै सहानुभुति दर्साए । उनीहरु बिचको यस्तो भावनात्मक बार्ताले लामो समय लियो । पसले दिक्क भयो र भन्यो,  “ मन्त्रीज्यु, के लिनु हुन्छ ? लिने भए अडर गर्नुस, नत्र ठाउँ खाली गर्नु पर्याे ।” मन्त्री झल्यास्स भए । “ कति भयो मेरो बिल ?” उनले सोधे । पसलेले बिल लिएर आयो । मन्त्रीले तिरे । उनी अगाडी बडे । वरपरको वातावरण एकछिन सुन्य बन्यो । मन्त्री ढोकावाट निस्के । बाहिर हुरिवतास चल्नाले धुलो उडेको थियो । आंखामिच्दै डि.बि.शर्मा बाटो लागे । क्यान्टिनका अरुसवै  उनको बहिर्गमन हेर्दै रहे ।