डल्फिन हेर्न टावर निर्माण

SITENAME

सिद्धराज भट्ट/धनगढी २५ भाद्र ।
कैलालीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने कान्द्रा, पथरैया, काँडा र मोहना नदीको दोभानमा जल सतह बढेका बेला सहजरुपमा डल्फिनको अवलोकन गर्न सकिन्छ ।
कैलालीका यी नदीको दोभाननै विश्वमै सबैभन्दा नजिकबाट सहजरुपले डल्फिनको अवलोकन गर्न सकिने ठाउँ रहेको संरक्षणप्रेमी बताउँछन् ।
    अवलोकनको लागि डल्फिन संरक्षण केन्द्र भजनीले नदीको दोभान रहेको ठाउँ ढुङ्गाना टोलमा टावर निर्माण गरेको छ । नदीमा जल सतह बढेको बेला यो टावरबाट पनि डल्फिन अवलोकन गर्न सकिन्छ ।
    वर्षायामको समयमा नदीमा डुङ्गामार्फत् जलयात्राको आनन्द लिन सकिने र डल्फिनको अवलोकन पनि गर्न सकिने अनुभव स्थानीय संरक्षण प्रेमी फुलराम चौधरीले सुनाउँछन् ।
    घुम्न आउने पर्यटकलाई डल्फिन अवलोकन गराउन नदी तटीय क्षेत्रतर्फ लैजाने काममा स्थानीय युवा सक्रिय हुने गर्दछन् । विद्यालयको छुट्टीपछि आफू पर्यटकलाई डल्फिन अवलोकन गराउन नदी तटीय क्षेत्रमा लैजाने गरेको स्थानीय बालक गोकुल भण्डारीले बताए । मानिसपछिको दोस्रो बुद्धिमान र स्तनधारी प्राणी डल्फिन हो र यसको संरक्षण गर्नुपर्छ भन्ने चेतना यहाँका युवा वर्गमा देखिन्छ ।  
    कैलालीको टीकापुर बजार र भजनी हुँदै डल्फिन देखिने नदी तटीय क्षेत्रमा पुग्न सकिन्छ ।
 बेलायती नागरिकको मोह
डल्फिन संरक्षणका अलावा विदेशी पर्यटकलाई डल्फिन चरन क्षेत्रमा घुमाउनका लागि उत्प्रेरित गराउनमा बेलायती नागरिक जोन स्पासार्टले योगदान दिइरहेको स्थानीय बासिन्दाको भनाइ छ ।
     डल्फिन चरन क्षेत्र ढुङ्गाना टोलमा भेटिएका स्पासार्टले यहाँका नदीमा डल्फिनको सहजरुपमा अवलोकन गरेर मनोरञ्जन लिन सकिने अनुभव सुनाए ।
    ब्र्दियाको ठाकुरद्वारामा पर्यटकलाई लक्षित गरी सञ्चालनमा रहेको ‘वाइल्ड ट्रयाक एडभान्चर’मा लगानी गरेका संरक्षण प्रेमी स्पासार्टले प्रश्न गरे–‘कर्णाली नदी र बबई नदीको पानी केवल सिँचाइमा प्रयोग गर्ने गरी सिँचाइ आयोजना निर्माण भइरहेको अवस्थामा यो क्षेत्रका बाघ, हात्ती र डल्फिनका लागि पानी कहाँबाट प्राप्त हुन्छ ?’
    डल्फिनको संरक्षण, प्रवद्र्धन, प्रचारमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै डल्फिन महोत्सवका क्रममा हालैै संरक्षण प्रेमीद्वय स्पासार्ट, ‘गुलेली बाजे‘का नामले चिनिने भोजराज श्रेष्ठलाई सम्मानित गरिएको थियो ।
डल्फिन संरक्षणमा ‘गुलेली बाजे’ः
गाउँमा ‘गुलेली बाजे’ का नामले चिनिने भोजराज श्रेष्ठको एक्लो पहलमा नै सर्वप्रथम कैलालीको मोहना, कान्द्रा, काँडा र पथरैया नदीको दोभानमा दुर्लभ जलचर डल्फिन वर्षायाममा देखिने गरेको विषय सार्वजनिक गरिएको थियो ।
     उनले यो विषय सार्वजनिक गरेसँगै डल्फिनको संरक्षण प्रवद्र्धन एवं प्रचारप्रसार अभियान पनि शुरु गरे । ८४ वर्षीय श्रेष्ठ अहिले पनि तन्नेरीले झै संरक्षण अभियानमा लागेका छन् । डल्फिन संरक्षण केन्द्र कैलालीका संस्थापकसमेत रहेका श्रेष्ठले संस्थामार्फत् डल्फिनको सम्वद्र्धनसम्बन्धी क्रियाकलाप गर्दै आएका छन् ।
श्रेष्ठले डल्फिनको अवलोकन गर्न आउने पर्यटक वर्षेनी बढ्दै गएकोे बताए । यो क्षेत्रमा १३० वटा डल्फिन रहेको अनुमान गरिएको छ ।
     नदीमा जलयात्रा (¥याफ्टिङ)को आनन्द लिँदै डल्फिनको अवलोकन पनि गर्न पाइने यो ठाउँ डल्फिन अवलोकनका लागि नेपालकै प्रमुख गन्तव्य हुनसक्ने अर्का संरक्षण प्रेमी विजयराज श्रेष्ठ बताउँछन् ।  
    कैलाली भ्रमण वर्ष सचिवालयका संयोजक एवं जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले कैलाली भ्रमण वर्षमा डल्फिन चरन क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा लिएको बताए ।
    वर्षायाममा भारतको घाँघरा नदीबाट कैलालीका यी नदीमा डल्फिन बच्चा जन्माउन आउने र पानीको सतह घटेपछि पुनःघाँघरा नदीमै फर्किने गरेको संरक्षण प्रेमीको भनाइ छ ।
यहाँका नदीमा जन्मिएका बच्चा फर्किदा वयस्क भएर जाने गरेको श्रेष्ठले बताउनुभयो । सो क्षेत्रमा गठन भएको डल्फिन संरक्षण क्षेत्र केन्द्रअन्तर्गत डल्फिन संरक्षण उपकेन्द्रका साथै डल्फिन क्लब र इको क्लबले डल्फिन संरक्षणका लागि विभिन्न गतिविधि गरिरहेका छन् ।

 

प्रतिकृया दिनुहोस
SITENAME

बसन्ता जैविक मार्गमा थारु होमस्टे

धनगढी, २६ असोज । गाउँको सिरानमा मनै लोभ्याउने सुन्दर हरियाली । अनि, मुनीतिर धानको बाला झुलिरहेको उर्बर कृषियोग्य ठूलो फाँट । नामैले पनि

SITENAME

छटकपुर बसन्तामा थारु होमस्टे

धनगढी, २४ असोज । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ स्थित छटकपुर बसन्ता गाउँमा ‘बसन्ता कोरीडोर थारु होमस्टे’ सञ्चालनमा आएको छ ।    

SITENAME

वर्षाको पानीले पटक–पटक किन डुब्छ धनगढी ?

धनगढी, १० असोज । लगातार एक डेढ घण्टामात्रै मुसलधारे पानी प¥यो भने धनगढीको विभिन्न ठाउँ जलमग्न हुने गर्दछ । यस्तो समस्या विगत पाँच÷छ वर्ष यता नियमित