Close This

सृष्टिकर्ता नारी जोगाउनु नै धर्म

सोमबार भदौ २५, २०७५/ Monday 09-10-18
Paschim Today

भुपेश ओझा
विवेक गुमाएको रित्तो आवेगले, चिन्तन हराएको निरर्थक चिन्ताले अनि चेतना सकिएको खोक्रो उत्तेजनाले भरिएको यो मनवाट भन्दै छु । सुन्ने–नसुन्ने जिम्मा तिम्रो हो ! तर म भन्छु आज निर्धक्क सँग । मेरा सबै पक्ष आकुलव्याकुल भएका छन् आज रातभरि आँधीवेरी चलेको मस्तिष्कमा, चर चर जलेको छ यो छातिको पाटोमा ! जब–जब पश्चातापको आँधी चलेको यो मस्तिष्कबाट रुखा रुखा पतिंगर जस्ता मेरा अर्थहीन व्यथा निरर्थक बनि आवेगमा झर्दछन् अनि बुनेका अनेक सपना आधा तुहिन्छन् र आधा जलेको मनवाट डढेर खरानी बनि विलिन भई जान्छन् । तब–तब बदलाको भावमा आफ्नो मनवाट सन्तुष्टी डकार निकाल्दी हौ तिमी किनकी तिमीले नै भनेकी थियौ , मेरा आँसुको श्राप लाग्नेछ तिमीलाई भनेर । नास्तिक नै भएनि बाध्य हुन्छु – कहिलेकाही सोच्न – के तिम्रा आँसुको श्राप लागेकै हो त ?
आज म आफु यो अकल्पनिय र अनिष्ट स्थितिवाट गुज्रिदै गर्दा । यसको फाइदा त मलाई सबभन्दा बढी घृणा गर्ने तिमीलाई हुन्छ होला । फगत तिम्रो सुन्दर विगत र सम्भाव्य कुटील भविष्यलाई ध्वस्त पारेर हिँडेको जो थिएँ म । परन्तु त्यति बेला मेरो विवेक होइन बल हावी भएको थियो । तिमी मनको शान्ति भनि चिच्याइ रहेकी थियौ । म भने तिम्रो तन प्रयोग गर्ने उत्कर्षमा पुगेको थिएँ ।  मलाई सुकोमल स्पर्श होइन – उत्तेजित तरंग मन पथ्र्याे । अनि सरलता होईन – वस्त्र भित्रका तिम्रा अस्त्ररुपी विष्फोटक आकृति मन पथ्र्यो । मलाई कामुकता होइन । कठीनता मन पथ्र्यो  । मलाई लज्जा होइन भयंकर नग्नता मन पथ्र्यो ।
अचम्मित नहुनु । किन आफ्ना कर्तुत यसरी ओकल्दै छु भनेर । तिमीलाई थाह छ । पीडा र लाजले मान्छेलाई मात्रै एक पटक छुन्छ । र, त अब मलाई लाजले छुन छोडेसी । खुकुलो भाषामा भन्छु, त्यति बेला मलाई । मनको भावनाले होइन । कामवासनाले छुन्थ्यो । तिमी भने शान्तिको शक्ति मलाई सिकाउन खोज्थ्यौ । म भने शक्तिको शान्ति प्राप्त गरि तिमीमा लाद्न खोज्थेँ । मस्तीस्कमा चेतना शुन्यप्राय तर उत्तेजना चरम भएको मलाई के भान । अन्तरमनको आनन्द त शक्तिको शान्तिले होइन शान्तिको शक्तिले मिल्दो रहेछ ।
शान्तिको शक्तिले मिल्ने अन्तरमनको आनन्द त लत पो रहेछ । जुन लतको विकारले बुद्ध र महात्मा जन्माउँछ ।  तर म त शक्तिको शान्तिले मिल्ने शारीरिक र अप्राकृतिक आनन्दमय कुलतको पो शिकार भएछु । जसले हिटलर र ओसामा जन्माएका छन् । यही त फाइदा र बेफाइदाजनक फरकपन हो लत र कुलतमा ।
कुलतको आरम्भ तिमी एकको उत्तेजक यौवनको प्रयोगबाट गरेपछी । आदी र अन्तत्वगत्वा । विशेष सामथ्र्यजन्य गुणयुक्त मानविय विशेषता जस्तै– सौन्दर्यता, कामुकता, यौवनता, अर्ध–नग्नता र हुँदा हुँदा योग्यता, कला, प्रतिभा र सम्पत्विता हुनेहरुको बढ्न थाल्यो । त्यति मात्रै हो र । विशेष कमजोरी जस्तै– गरिबी, अशिक्षा, मजबुरी, जातिय विभेद, पछौटेपन (पिछडिएका) हरु समेतको निर्धक्क प्रयोग गर्न थाले आफ्नो इन्द्रिय र शक्तिको सन्तुष्टीका लागि ।
हुँदा हुँदा । त्यो ताका तिमीलाई मात्र होइन । तिमी जस्तै अनेकन ना–बालक, युवक–युवती, बुढा–बुढी, विवाहित–विच्छेदित समेतलाई एक सुन्दर भविष्यको कल्पनामा बहकाएर आफ्ना निजी स्वार्थ पूर्ति गर्न, तिमीहरुलाई प्रयोग गरी एक प्रयोगशाला खोल्यौँ । निदाउँदा देखिने सपना अक्सर आधाबाट सुरु हुन्छन् । तर हामीले देखाउने सपना आरम्भबाटै सुरु ग¥यौँ । तर बहकाएर बौलाहा बनाएका तिमीहरुलाई पनि सहजै विश्वास लाग्यो । आज मैले आफू र आफ्नाहरुलाई प्रयोग गर्न दिएँ । भोलि मलाई सुन्दर घर, लोभलाग्दो परिवार, डाहलाग्दो सम्पन्नता, अभावबिहीन सुविधा र कुटील जीवन दिनेछन् भनेर । प्रयोग गर्नु र गर्नदिनु धर्म हो र यिनी हाम्रा धर्मगुरु हुन । भन्न पनि भ्यायौ तिमीले मलाई ।
दशकौँसम्म तिम्रा मस्तिष्क, यौनांग, इन्द्रीय र भावनाको सामूहिक प्रयोग गरी । अन्तत्वगत्वा “हात लाग्यो शून्य” उपहार तिमीलाई सुम्पिदा । पक्कै पश्चातापको आगोमा रन्किदै भन्दी होऊ । ‘तैले मेरो बलत्कार गरिस ।’ नभन्दिहोऊ पनि कसरी। तिम्रो शरीरको मात्रै हो र । तिम्रो त विश्वासको, आधारको अस्तित्वको, जवानीको र सम्पूर्ण जीवनकै सामुहिक बलत्कार गर्ने परिपाटी श्री गणेश गर्दै । आज तिमी कोठीकी वेश्या र म कोठीको मालिक भएको छु ।
तिमीलाई प्रयोग गर्न खोलेको प्रयोगशालाको नाम । राजनैतिक पार्टी भनि राखेको छु । स्वर्गरुपी राज्यलाई र तिमीलाई पूर्णरुपमा बलत्कार गरिसकेपछि । कोठीको नाम नेपाल र तिमी कोठीकी वेश्यालाई नेपालआमा भन्नेहरुको भिडमा । म भने इतिहासकै शत्तिशाली बलात्कारी सावित भएको छु । बेमौसममा बाल नदीले यो वेश्यालय लाई । विदेशी वरिष्ठ ग्राहक आउँदा चैँ झकिझकाउ पारी दिन्छु । आज कोठीको कुनै कुनामा । मेरा भक्तजनले १३ वर्षकी बालिकाको बलत्कारपछि हत्या गर्दा । तिमी फेरी–मेरै अघिल्तिर । न्यायको भिख माग्दै । फाँसी दे सरकार पो भन्छौ त बा ! अचम्म लाग्छ ! म , मेरा कनिष्ठ , वरिष्ठ र समकालिन मित्रले दशकौँ अघि । नग्नताको प्रस्तुती गरिसकेका छौँ । तर आज तिमी हाम्रै अघि अर्ध–नग्न भएर विरोधमा उत्रन्छौ । के ठान्छौ ? तिम्रो अर्धनग्नताले हामीलाई जिम्मेवारी बोध गराउँछ ? यदी गराउँदो हो । किन गोली ठोक्यौ । ताकेर छातीमा ? नग्नताको अर्थ पहिरन विहिनता मात्रै हुन्छ र ? तिमी जस्ताको विश्वास माथि खेलवाड , हाम्रो राष्ट्रिय र अन्तराष्ट्रिय आकृति र हाम्रो खुद्रा राजनैतिक खेल नै । नग्नताको पर्यायवाची हो ।
आफ्ना कर्तुतलाई राजनैतिक आन्दोलन भनि ढाकछोप त ग¥यौ । तर न्यायले दण्डित गर्न नसकेनी, देवताले भने दण्डीत गरेझैँ लाग्छ । आफ्नो र आफ्नाहरुको व्यक्तिगत , पारिवारिक र राजनैतिक हविगत देख्दा, अनि हामी जस्ता नग्न पुरुषले, हाम्रै शुभचिन्तक , अनुयायी र भक्त बलात्कारीको लाज कसरी छोप्थ्यौ त ?
तिमी विद्धान वर्गहरु भन्छौ । फाँसी दे ! विश्वमा हरेक वर्ष । ५०० अपराधीलाई फाँसीदिने मध्ये चीनले मात्रै ३०० अपराधीलाई फाँसी दिन्छ । खै अपराध घटेको ? मान्छेलाई मृत्युको भय भन्दा । पीडादायी जीवनको त्रास बढी हुन्छ । मृत्युले दिने सजाय भन्दा आजीवन कारागारको कठोर सजाय दिन जरुरी छ । अहिले जस्तो पैसा र शक्तिले सहजै उन्मुक्ति दिने कथित सजाय होइन । आजीवन कठोर सजाय पाउने व्यवस्था गर्न जरुरी छ ।
सकिन्छ, सजाय होइन । संस्कार दिऔँ । भाइ–भतिजलाई ! महिला सशक्तिकरणका नारा कहिले नेपाली नोट पचाएर र कहिले डलर चपाएर धैरे लायौ । तर बिर्सियौ । पुरुष सशक्तिकरण ! पुरुषको आचरण, व्यवहार, मानसिकता र संस्कार सपार्ने काम । के पुरुष सशक्तिकरण होइन ? सडकका नाराले उपल्लो तहमा नियम–कानुन त बनाइएलान । तर घर भित्रको सांस्कारीक लवजले । एक असल पुरुष जन्माउँछ–हुर्काउँछ । पुरुषले बलात्कार गर्दैन । बलत्कार बलत्कारीले गर्छ ! बलत्कारी धर्मविहिन हुन्छ । संस्कारको धर्म विहिन । धर्मको पालना नै भगवानको आराधना हो । सबै ठाउँमा भगवान पुग्न सक्दैनन् र त भगवानले बुवा–आमा बनाउँछन् । हाम्रा छोरा कस्ता हुने हामी बुवा आमाको संस्कारमा भर पर्छ । सबभन्दा पहिले । अनि आउँछ । नियम र सजाय ।
नेपाल आमाको बलत्कार नै गरेका छौँ, भनेर हामी मध्ये कैयौँले भन्न सक्दैनौँ । ढाकछोप गर्छौँ । नेपाल आमालाई सार्थकताको र सम्पन्नताको मार्गमा लैजादै छौँ भन्दाभन्दा मनले नै हामी गलत थियौँ भनि सक्यो आज । र त भन्दैछु । मान्छेले जे गर्छ उसका लागि त्यही सार्थक हुन्छ । अरुका लागि निरर्थक नै भए पनि, त्यो सार्थक देख्छ । मनको आँखाले नदेख्दा पनि सार्थकताको दावा गर्छ र मैले पनि गरेँ, त्यो मेरो इगो थियो, अहंकार थियो ।
व्यक्तिगत, पारिवारिक र राजनैतिक सुख–दुःख पार गर्दै आज जीवनको उत्तरार्धमा पुग्दा– आजचै निर्धक्क भई भन्छु । जीवन सुखमा सार्थक र दुःखमा निरर्थक हुने होइन । जीवनको सार्थकता आफ्नो सुखमा होइन, अरुलाई सुख दिन सक्नुमा छ । सबै मेरा शुभचिन्तक र राजनैतिक कार्यकर्तामा अनुरोध । जीवन सार्थक  बनाउने समय अब धेरै कम छ । बेलैमा सोचौँ ।
नारी माया रहेछिन् । नारीलाई सम्मान गरे । माया नै पाउँदा रहेछौँ । पुरुषोचित गुणको तुलनामा , नारित्वको सुवास कैयौँ माथि रहेछ । यो सोच मात्रै होइन । यो त सत्य पो हो । सोचले सत्य बदलिदैन । सत्यले सोच बदलिन्छ । कसैले विश्वास गर्नु वा नगर्नुले सत्यलाई फरक पर्दैन । र सत्य यो पनि हो । नारी सृष्टी हो । सृष्टी जोगाउनु नै धर्म हो ।