Close This

एक मुगल महारानी जो नारीवादकी प्रतीक भइन 

मंगलबार भदौ २६, २०७५/ Tuesday 09-11-18
Paschim Today

सम्राज्ञी नुर जहाँ १७ औँ शताब्दीमा भारतमा सबैभन्दा शक्तिशाली महिला थिइन्। बृहत्तर मुगल साम्राज्य सञ्चालनमा उनले अभूतपूर्व भूमिका निर्वाह गरिन्। उनको नेतृत्व क्षमताको इतिहास बुझ्न अहिले किन आवश्यक छ भनी इतिहासविद् रुबी लालले वर्णन गरेका छन । जन्मिँदा उनको नाम मिर उन(निसा राखिएको थियो र पछि उनका मुगल सम्राट श्रीमान जहाँगीरले उनको नाम नुर जहाँ राख । नुर जहाँको अर्थ हो । उनको जन्म महारानी एलिजावेथ प्रथम जन्मेको केही दशकपछि भएको थियो। तर उनले आफ्नी ब्रिटिश समकक्षीले भन्दा अझ बढी विविधतायुक्त भूभागमा शासन गरिन । १६ औँ शताब्दीको शुरूतिर सत्तामा आएपछि मुगलहरूले भारतीय उपमहाद्वीपको धेरै स्थानमा ३०० वर्षभन्दा बढी समय वर्ष शासन गर े।
शक्तिशाली त्यो भारतको सबैभन्दा ठूलो र शक्तिशाली वंश थियो । मुगल वंशका धेरै सम्राट तथा नुर जहाँसहितका शाही महिलाहरू कला, संगीत र वास्तुकलाका संरक्षक थिए । उनीहरूले ठूला शहरहरू बसाए र शाही किल्ला, मस्जिद र मकबरा अर्थात चिहानहरू बनाउन लगाए । र, मुगल वंशको एकमात्र शासक नुर जहाँको चर्चा भारत, पाकिस्तान र बांग्लादेशका लोकसाहित्यमा व्याप्त छ । खासगरी नुर जहाँले शासन गरेको मुगलकालका दुई महत्त्वपूर्ण शहरहरू उत्तरी भारतको आगरा र उत्तरी पाकिस्तानको लहोरमा, घरमा र स्मारकहरू नजिक नुर जहाँ बारेका कहानीहरू व्याप्त छन । वृद्ध महिला तथा पुरुष, पथप्रदर्शक र इतिहासका प्रशंसकहरू सबैले नुर र जहाँगीरको भेट कसरी भयो र उनीहरू कसरी प्रेममा परेस कसरी उनले एउटा नरभक्षी बाघबाट एउटा गाउँलाई जोगाइन् ९हात्तीमाथि सवार उनले आफ्नो आसनबाटै गोली हानेर त्यो बाघलाई मारिदिएकी थिइन्० भन्नेबारे कहानी सुनाउँछन्।