वक्तृत्वकलामा फ्लोरिडाकी मितालिका प्रथम

शनिबार भदौ ३०, २०७५/ Saturday 09-15-18
Paschim Today

पश्चिम टुडे, धनगढी ३० भाद्र । 
नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) प्रदेश नंम्बर ७ को आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । 
शुक्रबार कैलाली बहुमुखी क्याम्पस सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि डा. हेमराज पन्त रहेका थिए । नेल्टाका प्रदेश अध्यक्ष रामजी हमालको सभापतित्वमा भएको प्रतियोगितामा कैलाली र कंचनपुरका गरि २२ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतियोगितामा फ्लोरिडा इन्टरनेशनल स्कुल महेन्द्रनगरका मितालिका टेलर प्रथम, डायमण्ड पब्लिक एकेडेमीका अनिता जोशी द्वितीय, स्टेपिङ स्टोन इङलिस स्कुल धनगढीका जानवी जोशी तृतीय भएका थिए । उनीहरुलाई क्रमशः १० हजार,७ हजार र ४ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । यसैगरी प्रतियोगितामा चौथो एक्सीस विद्याश्रम धनगढीका शिद्धी पन्त भएका थिए । उनलाई नगद १५ सय सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।