हाजिरीजवाफ प्रतियोगितामा सरस्वती मावि प्रथम 

शनिबार भदौ ३०, २०७५/ Saturday 09-15-18
Paschim Today

पश्चिम टुडे, धनगढी ३० भाद्र । 
बाल दिवसको अवसरमा धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । त्रिनगर मावि, रेडिकल एकेडेमी, एसटीएस टेलिभिजनको संयुक्त आयोजनामा भएको प्रतियोगिता सरस्वती मावि मनहेरा प्रथम, एरिष्टो स्कुल द्वितीय र कैलाली मोडल तृतीय भएको छ । विजयी स्कुललाई नगद पुरस्कार प्रदान गरिएको छ । 
विद्यालयका प्रधानाध्यापक भूपाल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपसचिव दमनसिंह चौधरी प्रमुख अतिथि रहेका थिए ।