Close This

नेपाली विद्यार्थीको नासामा हलचल

शनिबार भदौ ३०, २०७५/ Saturday 09-15-18
Paschim Today

टेकेन्द्र देउवा,
सानै देखिको जिज्ञासा राख्ने बानी । त्यही उत्सुकताले डोटी महादेवस्थान गाविस १ हिन्नेकाँडाका २२ बर्षिय लुजेन्द्र ओझालाई नासाका बैज्ञानीक बनाएको छ ।
मंगलग्रहमा पानीको सतह छ भन्ने कुरा पत्ता लगाएर नासाको अनुसन्धानमै इटा थप्ने युवा बैज्ञानी लुजेन्द्र ओझाले बिश्वमै हलचल मच्चाएका छन् । नासाले मंगलग्रहमा पानीको सतह छ भन्नेबारेको सोधपत्रलाई पुष्ठी गरेपछि लुजेन्द्र अहिले फेरी अर्को अनुसन्धानमा ब्यस्त छन् लुजेन्द्रले भने,म अहिले जिवनको आधारको बारेमा अध्ययन गर्दै छु । आफ्नो यो अध्ययनमा थुप्रै कुराहरु पुष्ठी हुदै गैरहेको पनि लुजेन्द्रले बताए । 

युनिभर्सिटी आफ एरिजोना यु.एस.ए.का बिद्यार्थी लुजेन्द्र ओझाले सन २०१२ जुलाई ११ मा मंगल ग्रहका ११ वटा टापुमा पानीरहेको भन्ने शोधपत्र प्रस्तुत गरेका थिए भने त्यसलाई लाई नासाले पुष्टी गरेको थियो ।अहिले पनि उनि निरन्तर अध्ययन गरेर नासालाई प्रतिवेदन बुझाईरहेका छन् । लुजेन्द्रले जिवनको आधारका बारेमा अध्ययन गर्न बिद्युतिय रोवर्टको प्रयोग गरेका छन् । यो अनुसन्धान पछि मंगलग्रहमा मानव बस्ती बसाउन सकिने नसकिने कुराको  प्रमाणित हुने छ ।
मंगलग्रहमा पानीको सतह रहेको पुष्ठी हुनुले त्यहाँ जिवन आधार पनि हुन सक्ने भन्दै लुजेन्द्रले अनुसन्धान अगाडी बढाएको बताएका छन् । नियमित सुचना संकलन गर्ने कार्य भैरहेको पनि लुजेन्द्रले इमेलमा लेखेका छन् ।


लुजेन्द्र डोटीको दुर्गम गाविस महादेबस्थानको सामान्य परिवारमा जन्मीएका थिए । उनका एक दिदी र बुवा आमा मात्रै छन् । सन् जनबरी सन् १९९०मा जन्मेका लुजेन्दको प्रारम्भीक शिक्षा काडमाण्डौ लैनचौर स्थीत आदर्श योगहरी बिद्यालयमा गरेका थिए । कक्षा ५ देखि ८ सम्म काठमाण्डौ कै ग्यालेक्सी पब्लीक स्कुलमा पढेका लुजेन्द्रको त्यसपछिको पढाई भने अमेरीकामा भयो । बुवा आमा सन् २००४मा अमेरीका तिर लागेका थिए । लुजेन्द्रका बुवा डा.टंक ओझाका अनुसार लेजेन्द्र नेपालबाट गएर अमेरीकाको ऐरिजोना स्थीत तुसान हाईस्कुलमा सिधै ९ कक्षामा भर्ना भएका थिए । नेपालमा ८ कक्षामा पढ्दै गरेको लुजेन्द्रलाई उसको पढाई राम्रो देखेर शिक्षकहरुले ९ कक्षामा भर्ना गरिदिए । उनले सन् २००८मा सोही विद्यालयबाट हाईस्कुल तह पहिलो समुहमा उत्तिर्ण गरेका थिए ।

लुजेन्द्रको ब्याचलर तहको पढाई भने युनिर्भसिटी एफ एरिजोना बिश्वबिद्यालयमा भयो जहाँ उनका बुवा डा.टंक ओझा अध्यापन गराउछन् । सन् २०११ मा बिद्याबारिधीका लागि अमेरीकाको एटलान्टा स्थीत जर्जिया टेक बिश्वविद्यालयमा भएका उनि अहिले ब्रम्हन्डको भूगर्वको बारेमा अनुसन्धान गर्दै छन् । अनुसन्धानकै छोटो समयमा राम्रो उपलब्धीहात पारेका लुजेन्द्रको अहिले बिश्वभरी नै चर्चा छ ।

लुजेन्द्रकी आमा रमाले भनिन्,बाबु सानै देखि केहि कुरा देख्योकी प्रश्न सोधेर हैरान पाथ्र्यो बुवा अनुसन्धानमा लागेको देखेपछि उ पनि अनुसन्धान गर्छु भन्थ्यो नभन्दै बिश्वमा कसैले गर्न नसकेको क्षेत्रमा अनुसन्धान गर्यो । रमाले भनिन्,अनुसन्धानका लागि फिल्डतिर हिड्दा बुवा संगै हिड्ने लुजेन्द्र किताबी ज्ञान भन्दा प्रयोगात्मक कुरामा पोख्त छ ।
बरिष्ठ बैज्ञानीक टंक ओझाका अनुसार छोटो समयमै लुजेन्द्रले बिभिन्न अन्तराष्ट्रि सम्मेलनमा समेत आफ्ना शोधपत्र प्रस्तुत गरिसकेको छ । उनका सोधपत्रहरु सबै ठाउँमा प्राय उत्कृष्ठ हुने गरेका छन् । अष्ट्रेलियाको हाडामा भएको एक गोष्ठीको चर्चा गर्दै डा.ओझाले भने,म संग ९ बर्षिय लुजेन्द्र पनि त्यहाँ गएका थिए । गोष्ठीमा सबैका सोधपत्र ध्यान दिएर सुन्नुपर्ने हुन्थ्यो । सानो लुजेन्द्रले चाईनिज बैज्ञानिकले प्रस्तुत गरेको सोधपत्रको एक ठाउँमा अक्षर त्रुटी देखाएर सबैलाई जिल्ल पारेका थिए ।
सानो समय देखि ध्यान दिएर सुन्ने लुजेन्द्र परिवारका सबै संग मिलेर बस्ने गरेको लुजेन्द्रकी दिदी जायकाले बताईन   आफु अमेरीकामा भएर पनि देश नेपाल प्रतिको मायाँ भाव अतिनै दर्शाउने गरेको लुजेन्द्रका बुवा टंक ओझा बताउछन् ।

लुजेन्द्र अहिले पनि नेपालमा आएर सघाउने चाहना ब्यक्त गर्दछ । उसको नेपाल प्रतिको माया कति छ भनेर मंगलग्रहमा भेटिएका पानीका सतहलाई नेपाली नाम दिएर पुष्ठी गरेका छन् । मंगलग्रहमा पानी पत्ता लागेका ठाउँहरुका नाम जोमसोम, दिपायल, पोखरा, काठमाण्डौ, फेवा, सगरमाथा, रारा, बेगनास, तिलिचो दिएका छन् । उनले मंगलग्रहमा ११ ठाउँमा पानीको सतह रहेको प्रमाणित गरेका थिए सबैलाई नेपाली नाम दिएका छन् । डा. ओझाले भने, नेपाली हुनुको गर्भ लुजेन्द्रलाई छ । त्यसैले उसले पत्ता लागेका स्थानहरुको नामै मातृभुमीका नाम दियो जो जहाँ बसे पनि मातृभूमि मातृभूमि नै हो ।
अमेरीकामा लामो समय देखि बस्दै आएपनि लुजेन्द्र अमेरीक नागरिक हुन नचाहेको पनि बरिष्ठ बैज्ञानीक टंक ओझाले बताए । उनले भने,लजेन्द्र ग्रीनकार्डमै बस्न चाहन्छ चाहिरहेको छ उ नेपालमा आएर नेपाली नागरिकता लिने सोचमा छ ।
 
बुवा पनि अनुसन्धानमै

अमेरीकाको एरिजोना बिश्वविद्यालयका बरिष्ठ भुगर्भ बैज्ञानीक समेत रहेका डा.टंक ओझाले भने,हाम्रो परिवारको अमेरीका बस्नु रहर नभएर बाध्यता बताउछन् । डा. ओझाले पनि नेपालमै अहिले सम्म नभएको डिजिटल अटोग्रफी तयार गरेका छन् ।

१० बर्ष सम्म नेपालको खानी बिभागमा सरकारी जागिर गरेका ओझा हाकिम संग कुरो नमिले पछि जागिर छोडेर मुग्लान पसेको बताउछन् । ओझाले भने,मेरो कुनै स्वार्थ थिएन म भुगर्भ सम्बन्धी सुचना ब्यबस्थीत गर्न चाहन्थे । नयाँ र थप अनुसन्धान गर्न चाहन्थे मेरो कामलाई पचाउन नसकेपछि म जागिर छोडेर हिडेको हुँ । 
छोरा नेपाल आएर केहि गर्न चाहिरहेको भएपनि यहाँको बातावरणले उसलाई काम गर्न दिदैन बरिष्ठ बैज्ञानीक ओझाले भने,उ अमेरीकामै बसेर पढेर नेपाल र नेपालीको शिर उचो पारिरहेको छ । लजेन्द्रले ब्रहन्डको अनुसन्धानमा ल्याएको हलचलले उनको पूर्खेउली गाउँमा पनि खुरी छाएको छ । पुर्खेउली गाउँ डोटीको हिन्नेकाडामा बस्दै आएका लुजेन्द्रका जेठा बुवा शिवराज ओझाले भने,लुजेन्द्रले नेपालको शिक्षालाई ब्यावहारीक र ब्यावसायीक बनाउन सहयोग गर्नुपर्छ ।  
डा. ओझा भने अहिले पुर्खेउली थलोमा पुगेर दिगो विकास र गरिवि निवारणका लागि भौगोलिक सुचना प्रणालीमा आधारित खेती प्रणालीको सुरुवात गर्दैछन् । उनि यसकै लागि पटकपटक नेपाल आउने गरेका छन् ।

ओझा नेपालका बिभिन्न ठाउँमा पुगेर अनुसन्धान गरिरहेका छन् । ओझाले भने,यो भुगर्भ भुउपयोग तथा स्थलरुप बिचको सम्वन्ध सम्वन्धी सुचना अहिले पनि नेपालमा छैन । भएकाहरु समेत निजि कन्सल्टेन्सीहरुमा पुगेका छन् । सरकार संग भौगोलिक डाटा समेत नभएको बताउदै ओझाले भने,नेपालमा भएका डाटाहरु सरकारी कर्मचारीहरुले कन्सलटेन्सी पुर्याउने गरेको आरोप लगाए ।आफुले गरेका केहि अनुसन्धानका तथाँक र नक्साहरु नेपालमा नभएको बताउने डा. ओझाले भने,नेपालमा चाकरी गर्नेहरुको जमात बढी छ । काम गर्नेहरु र केहि गर्छु भन्नेलाई लखेटिन्छन् ।
नेपाल सरकारलाई आवश्यक पर्ने डाटा आफु मात्रै नभएर छोराले समेत दिएर सहयोग गर्ने ओझा बताउछन् । डा. ओझा अहिले पूर्खेउली गाउँमा भू सुचना प्रणालीमा आधारीत खेती गर्नका लागि अनुसन्धान थालीरहेका छन् । उनले बहु चर्चित पश्चिम सेती जल बिद्युत आयोजनाका लागि गरेको बातावरणिय प्रभाव अध्ययन समेत त्रुटीपूर्ण रहेकोले आरोप लगाउदै आएका छन् ।