Close This

छाउपडी प्रथा उन्मुलनका लागि कतारमा रहेका सुदूरपश्चिमेली जागे

शनिबार भदौ ३०, २०७५/ Saturday 09-15-18
Paschim Today


कतार, ३० भदौ ।
सुदूरपश्चिमेली नेपाली समाज कतार तेस्रो वार्षिकोत्सव तथा गौरा पर्व २०१८ का अवसरमा छाउपडी प्रथा उन्मुलन गर्न जनचेतनामुलक कार्यक्रम सहयोगार्थ कार्यक्रम गर्ने भएको छ ।
सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा २१ सेप्टेम्बरमा कतारका छाउपडी प्रथा उन्मुलनका गर्न जनचेतनामुलक कार्यक्रम सहयोगार्थ कार्यक्रम आयोजना गर्न लागेको हो ।
समाजले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा नेपालबाट ख्याती प्राप्त कलाकारलाई बोलाईने छ ।

सांस्कृतिक कार्यक्रमको तयारीका सम्बन्धमा शनिवार छलफल समेत गरिएको थियो । छलफलबाटै सांस्कृति कार्यक्रम सम्पन्न गर्न यातायात समिति, अतिथि सत्कार समिति, यातायात समिति गठन गरिएको छ ।
छलफलमा समाजका बरिष्ठ उपाध्यक्ष प्रेम चलाउने, उपाध्यक्ष गोरख चन्द, कोषाध्यक्ष केशव खत्री, महासचिव मनिष बटाला, केन्द्रीय सल्लाहकार सुरेन्द्र चन्द, लक्ष्मी भट्ट, सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका महासचिव अमृत शाही लगायतको उपस्थिति रहेको थियो ।समाजका अध्यक्ष जयराज बिष्टको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रमको सञ्चालन समाजका सचिवालय सदस्य गणेश तिरुवाले गरेका थिए । 

सांस्कृतिक कार्यक्रमको अधिकांश तयारी पुरा भईसकेको सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका महासचिव अमृत शाहीले बताए ।
सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली मूलमन्त्र बोकेको सुदूरपश्चिमेली समाजले सुदूरपश्चिममा स्वास्थ्य शिविर समेत आयोजना गरेको थियो । समाजले प्रवासमा अप्ठ्यारोमा परेको सुदूरपश्चिमेलीहरुलाई समेत सहयोग गर्दै आएको छ ।