प्रदेश नम्बर ७ : सम्भावनै सम्भावना

SITENAME

संजयकुमार चौधरी । 
कैलाली उद्योग वाणिज्य संघमा भएका बेला हामीले सुदूरपश्चिमका संभावनाहरुको खोजी गर्दा यहाँको संभावना पर्यटनमा देख्यौं । पर्यटकिय नाराका साथ सुदूरपश्चिमको ढोका खोल्न सकिन्छ भनेर हामीले सुन्दर सुदूरपश्चिम अभियान संचालन ग¥यौं । यहा“का पर्यटकिय क्षेत्रको पहिचानका लागि संघले ठूलो खर्चमा पोष्टर, पम्लेट, किताब आदि प्रचार प्रसारका सामाग्री प्रकाशित ग¥यो र काठमाण्डौंमा हामीले प्रदर्शन पनि ग¥यौं । बसहरुमा पर्यटकिय क्षेत्रका पोष्टरहरु टाँस्यौं, जसले गर्दा सुदूरपश्चिमका पर्यटकिय क्षेत्रको प्रचार प्रसार होस् । 
तीन वर्षे कार्यकालमा संघले गरेको प्रयासको नतिजा राम्रो देखियो । सुदूर पश्चिममा तीन प्रकारको पर्यटनको संभावना देखिन्छ, आन्तरिक, भारतीय बजारबाट आउने पर्यटक र तेस्रो मुलुक वा युरोपियनहरु । आन्तरिक पर्यटनमा सोंचे भन्दा राम्रो सफलता पाइएको देखिन्छ । शुक्लाफा“टा, खप्तड, बडिमालिका आदि आन्तरिक पर्यटकका लागि आकर्षको केन्द्र बनेका छन् । संघबाट बाहिरिएपछि पर्यटनका क्षेत्रमा काम गर्नेसंस्थाको महसुस गरि पर्यटन क्षेत्रमा काम गर्नेसाथीहरु मिलेर पर्यटन विकास समाजको स्थापना ग¥यौं । जुन संस्थाले अहिले यहा“को पर्यटन प्रवद्र्धनमा काम गरिरहेको छ ।
भारतीय पर्यटकहरु धेरै हाईकिङ भन्दा पनि क्यासिनो, मिनिक्यासिना तथा छोटो टुरका लागि आउने गर्छन । यस क्षेत्रमा भारतीय पर्यटकलाई केन्द्रीत गर्न मानसरोवरको यात्रा तय गरिनु पर्छ । अहिले मानसरोवर जाने भारतीय पर्यटकका लागि काठमाण्डौं, नेपालगंज ‘हब’ भएको छ । मानसरोवर जाने पर्यटकहरु ठूलो रकम खर्च गर्नसक्ने भएकाले अब उनीहरुको हब सुदूरपश्चिम बनाइनु पर्छ । 
यहाँबाट मानसरोवर जाँदा यात्रा छोटो पनि पर्छ । मानसरोवर जाने अधिकांश भारतीय पर्यटक भारतको उत्तरप्रदेशका हुन्छन् जुन सुदूर पश्चिमसंग जोडिएको र नजिक पनि छ । त्यहाँको सरकारले मानसरोवर जाने पर्यटक लाई एक लाख रुपैया दिने घोषणा हालै गरेको छ र सुदूरपश्चिमको नाका छोटो पर्ने भएकाले धेरै पर्यटकहरुलाई यहाँ भएर मानसरोवर लैजान सक्ने संभावना छ । 
त्यसका लागि सुदूरपश्चिमबाट मानसरोवर जाने रुट निर्धारण गर्न आवश्यक छ । मानसरोवर यात्राका लागि महेन्द्रनगर– धनगढी–बझाङ रुटको प्याकेज पनि तय गर्ने शर्तमा मानसरोवर यात्राको सबैभन्दा बढी प्याकेज बेच्ने भारतीय सन्नी ट्राभल एजेन्सीका प्रमुखलाई पर्यटन विकास समाजले विदेश भ्रमणको प्याकेज दिने भनेका छौं । र, यसमा गृहकार्य भईरहेको छ । 
यहाँको अर्को संभावना भनेको तेस्रो मुलक बाट आउने पर्यटकको हो । उनीहरु हाईकिङ, जंगल सफारी, टे«किङ्गजस्ता साहसिक पर्यटनमा केन्द्रीत हुन्छन । पर्यटकको चासँे भिन्न भिन्न हुन्छ । धार्मिक, साहसिक आदि पर्यटकका चासो अनुसार पर्यटन विकास समाजले ८ किसिमका प्याकेज निकालेको छ । 
पर्यटनलाई भौगोलिक सीमामा बाँधेर राखिनु हुन्न । सुदूरपश्चिमको मात्रै नारा दिनु हुँदैन । पश्चिम नेपालको पुरै प्याकेज बनाइनु पर्छ । खप्तड, रारा, बडीमालिका, बर्दिया र शुक्लाफा“टालाई जोडेर प्याकेज बनाइनु पर्छ ।
पर्यटन विकासका लागि जति पनि प्रयास भएको त्यो निजिस्तरबाट मात्रै छ । सरकारले प्रचार प्रसारमात्रै गरिदिएको छ । अब सुदूरपश्चिममा पनि निजि क्षेत्रहरु अगाडि आउनु पर्छ । निजि क्षेत्रले पहल नगरे सम्म पर्यटन विकास हुँदैन । पूर्वाधारमा सरकारको सहयोग आवश्यक छ ।
अरु क्षेत्रजस्तो सुदूरपश्चिममा पर्यटकिय क्षेत्रको प्रचारप्रसार पनि कम छ र पूर्वाधार पनि कम छन् । पर्यटकिय क्षेत्रसम्म जाने पूर्वाधार नहु“दा ट्राभल एजेन्सीहरुको प्याकेजमा यहँँका पर्यटन स्थलहरु पर्नसकेका छैनन् । स्थानीय स्तरमा संचालित ट्राभल एजेन्सीहरुले पनि यहा“का पर्यटकिय क्षेत्रलाई समेटेर घुमफिरको प्याकेज बनाइ मार्केटिड्ड गर्नुपर्छ । धनगढी–काठमाण्डौं हवाई उडानमा पर्यटन टिकटको भाडा निकै महड्डो छ । उडान महंगो भएका कारण पनि कतिपय पर्यटक आउन मान्दैनन् । त्यसैले हवाईभाडा केही कम गरिनु पर्छ ।
मैले विश्वका थुपै्र देश घुम्ने अवसर पाएको छु । विदेशतिर हेर्दा पर्यटन विकासमा निजि क्षेत्रको ठूलो भूमिका रहेको देखिन्छ । म पुगेको देशमा जति पनि पर्यटन विकास भएको देखिन्छ त्यो निजि क्षेत्रबाट भएको र सरकारले अभिभावकत्वमात्रै लिएको देखिन्छ । 
सुदूरपश्चिम पनि पर्यटकिय क्षेत्र हो भनेर निजि क्षेत्रको पहलबाटै चिनिएको हो । यहा“ पनि अब विस्तारै पर्यटक आउन थालेका छन् । पर्यटकिय क्षेत्रहरुमा ठूला होटेलहरु तत्काल खोल्न गाह्रो होला तर बाटोमा पर्नेबस्तीलाई होमस्टेमा परिणत गरेर आवाशको व्यवस्था मिलाउन सकिन्छ । 
सुदूरपश्चिममा पछिल्ला १० वर्षमा निजि क्षेत्रबाट पर्यटनमा २ अर्बभन्दा बढी लगानी भई सकेको छ । निजि क्षेत्रबाट भएको यति ठूलो लगानी हुनु सामान्य हैन । पर्यटनमा केही विकास पनि भएको छ । पहिले धनगढी– काठमाण्डौं हप्तामा १ दिनको उडानमा पनि यात्रु पाउन मुस्किल हुन्थ्यो । अहिले ३ उडान छन्र २ वटा तुरुन्त आउने क्रममा छन् । १० वर्षअघि आवाशिय घरहरु होटेल थिए, अहिले ठूलाठूला होटेल थपिएका छन् । होटेलमा मात्र २ अर्ब लगानी भएको छ । थुपै्र होटेलले थ्री स्टारको सेवा दिईरहेका छन् । 
यातायातका लागि एसी बसहरु छन् । धनगढी–काठमाण्डौं दैनिक दर्जनौं त्यस्ता बसहरु संचालनमा छन् । यसको कारण एनजीओ, आईएनजी ओ हैन, आन्तरिक पर्यटन विकास हो । पछिल्ला केही वर्षयता आन्तरिक पर्यटनमा ४–५ सय प्रतिशतले वृद्धि भएको देखिन्छ । भारतीय पर्यटक पनि बढेका छन्तर तेश्रो मुलुकबाट भने उल्लेख्य रुपमा पर्यटक आउन सकेका छैनन् ।
पूर्वाधार र जनशक्तिको अभाव, अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार हुन नसक्नु र प्याकेजहरु नहुनुले तेश्रो मुलुकका पर्यटक बढ्न सकेका छैनन् । कैलाली, कञ्चनपुरका लागि गेटा विमान स्थल नै पर्याप्त छ तर यसको स्तरोन्नती गरिनु पर्छ । विदेशतिर ठूला विमानस्थलहरु शहरभन्दा ६०–७० किलोमिटर टाढा हुन्छन, हामीकहँँ गेटा विमानस्थ तराईका लागि पर्याप्त छ । गेटा विमानस्थललाईक्षेत्रीय स्तरको विमानस्थल बनाइनु पर्छ । धनगढी– दिल्ली उडान भर्न सके यहा“ आउने पर्यटकको संख्यामा वृद्धि हुन्छ । 
सुदूरपश्चिममा पर्यटकले चाहेको सबै कुरा छ । यहाँका पर्यटकिय क्षेत्रहरु प्राकृतिक रुपमा अत्यन्तै सुन्दर र रमणीय छन् । पर्यटकले प्रकतिको माझमा हराउन खोज्छ, हाइकिड्ड, टे«किड्ड गर्न, ¥याफ्टिड्ड गर्ने उनीहरुको चाहाना हुन्छ । साहसिक पर्यटकका लागि ठूला पूर्वाधार नभए पनि प्रकृतिकैबीचमा टेण्टहरु राखेर बस्ने व्यवस्था गर्नसकिन्छ । तर पर्यटकिय क्षेत्रमा न्यूनतम पूर्वाधारहरु भने हुनुपर्छ। न्यूनतम पूर्वाधार नहुँदा नैहामीले तेश्रो मुलुकबाट ठूलो संख्यामा पर्यटक भित्र्याउन सकेका छैनौं । 
जर्मनीको एउटा ठूलो ट्राभल एजेन्सी आगामी कार्तिकमा यहाँ आउँदैछ । उसले आफ्नो प्याकजेमा सुदूरपश्चिमलाईराखे यहाँको पर्यटन विकासमा ठूलो टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ ।(कुराकानीमा आधारित)


 

प्रतिकृया दिनुहोस
SITENAME

बसन्ता जैविक मार्गमा थारु होमस्टे

धनगढी, २६ असोज । गाउँको सिरानमा मनै लोभ्याउने सुन्दर हरियाली । अनि, मुनीतिर धानको बाला झुलिरहेको उर्बर कृषियोग्य ठूलो फाँट । नामैले पनि

SITENAME

छटकपुर बसन्तामा थारु होमस्टे

धनगढी, २४ असोज । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ स्थित छटकपुर बसन्ता गाउँमा ‘बसन्ता कोरीडोर थारु होमस्टे’ सञ्चालनमा आएको छ ।    

SITENAME

वर्षाको पानीले पटक–पटक किन डुब्छ धनगढी ?

धनगढी, १० असोज । लगातार एक डेढ घण्टामात्रै मुसलधारे पानी प¥यो भने धनगढीको विभिन्न ठाउँ जलमग्न हुने गर्दछ । यस्तो समस्या विगत पाँच÷छ वर्ष यता नियमित