जेलमा रहेका चौधरी थाकस सभापतिमा सर्वसम्मत

SITENAME

धनगढी, ३० भदौ । थारु कल्याणकारिणी सभा (थाकस) कैलालीको सभापतिमा पुनः लाहुराम चौधरी सर्वसम्मतले चयन भएका छन् । 
    धनगढीमा भएको आठौं अधिवेशनले चौधरीलाई पुनः सभापतिको जिम्मेवारी सुम्पेको हो । चौधरी टीकापुर घटनाको अभियोगमा पुर्वपक्षका लागि जेलमा छन् । २०७२ भदौ ७ गते टीकापुर घटना घटेको बेला चौधरीले धनढीमा थरुहट आन्दोलनको नेतृत्व गरेका थिए । घटना भएको दिन जिल्ला प्रशासन कार्यालय अगाडि उनको नेतृत्वमा आन्दोलन भएको थियो । आन्दोलनको नेतृत्व गरेकै कारण पक्राउ परेका चौधरी दुई वर्षदेखि जेलमा छन् । 
यसैगरी सदस्यमा विनिता चौधरी, एन्जल चौधरी, सविता चौधरी, देशराम चौधरी, वीरबहादुर चौधरी, सीता चौधरी, सुन्दर चौधरी, खुशीराम चौधरी, माधव चौधरी र तारा चौधरी चयन भएका छन् ।
    कार्य समिति पदाधिकारी सदस्यभित्रबाटै चयन गरिने माधव चौधरीले जानकारी दिए ।  यसैगरी, अधिवेशनमार्फत गंगादेवी चौधरी, जनकराज चौधरी, केवालाल चौधरी, जगतराम चौधरी, प्रभातकुमार चौधरी, फोनीराम चौधरी, रामकुमारी चौधरी, पुरनप्रसाद चौधरी, सुशीला चौधरी  र कृष्णकुमार चौधरीलाई केन्द्रीय पार्षद्मा चयन गरिएको छ । केन्द्रीय पार्षद्मा ३३ प्रतिशत महिला नपुगेको भन्दै महिला पार्षद्ले विरोध जनाएको जनाइएको छ । 
    यसैबीच, थारु कल्याणकारिणी सभा कैलाली लगायत विभिन्न संघ संस्थाले अट्वारी पर्वको उपलक्ष्यमा भदौ ३१ गते सार्वजनिक विदा दिएकोमा प्रदेश नम्बर ७ प्रदेश सरकारलाई धन्यवाद दिएका छन् । शनिवार संयुक्त प्रेस विज्ञप्ती जारी गरी प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गरिएको हो । 
 

प्रतिकृया दिनुहोस

कैलाली बारको अध्यक्षमा केसी 

धनगढी, २३ मंसिर । कैलाली जिल्ला अदालत बार एकाईको निर्वाचनबाट अध्यक्षमा शिवबहादुर केसी निर्वाचित भएका छन् । निर्वाचनमा केसीले ४३ मत प्राप्त गरेका थिए

SITENAME

इमानदारिताले संघीयता कार्यान्वयन हुने – मुख्यमन्त्री भट्ट

धनगढी, २१ मंसिर ।  इमानदारितालाई आत्मसाथ गरेर काम गर्नसके संघीयता पूर्णरुपमा कार्यान्वयन हुनेमा दुईमत नरहेको मुख्यमन्त्री त्रिलोचन भट्टले

SITENAME

‘मानव अधिकारमैत्री कानून बनाउँछौं’ – मुख्यमन्त्री भट्ट

धनगढी, २० मंसिर ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले मानव अधिकारमैत्री कानून बनाउने बताएका छन् ।      ‘मानव