Close This

लोकतन्त्र प्रति नेकपाको चासो छैन ः  पण्डित 

आइतबार भदौ ३१, २०७५/ Sunday 09-16-18
Paschim Today


प्रेम रौले 
बाजुरा ३१ भदौ 
नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य पुर्व पाटी सचिव तथा संगठन विभाग प्रमुख धनराज पण्डितले अहिलेको नेकपाको सरकारलाई लोतान्त्रिक गणतन्त्रका कुनै चासो नभएको आरोप लगाएका छन् । 
    नेपाली काँग्रेस बडीमालिका नगरपालिका ७ नं वडा कार्य समितिले शनिबार आयोजना गरेको प्रथम वडा सम्मेलनमा उनले नेकपाको सरकारले देशलाई अस्थिरता लैजान खोजेको बताएका छन्  । 
    वडा सम्मेलनको प्रमुख अतिथी समेत रहेका संगठन विभाग प्रमुख पण्डितले नेकपाको दुईतिहाईको सरकारले लोकतन्त्रप्रति कुनैै चासो र चिन्ता नभएकाले आफु खुसी देश संचालन गर्न खोजेको बताए । अहिलेको सरकारले देशलाई अधिनायकवादमा  गएको जिकिर गरेका छन् । 
    संगठन विभाग प्रमुख पण्डितले तत्कालिन नेकपा एमाले र नेकपा माओवादीले पाटी एकताबाट बनेको नेकपाले काँग्रेसलाई कुनै असर नपार्ने दावी गरेका छन्् । वडा सम्मेलनमा पण्डितले नेपाली काँग्रेसले अहिले देशमा द्धन्द्धको अन्त्य र समृद्ध नेपाल बनाउने लक्ष्य लिएको बताएका छन् ।
एक वर्ष अघि सम्पन्न भएको स्थानीय तहको निर्वाचन पछि नेकपाबाट जितेका वडाअध्यक्षले वडाको कुनै सिफारिस लिदा आफ्ना पाटीको सदस्यता लिए मात्र सिफारिस दिने अभिव्यक्तीले नेपाली काँग्रेस झनै गम्भीर भएको उनले भने । 
स्थानीय तहका जनप्रतिनिधीले जनतालाई सहज रुपमा सेवा दिनुको साटो पाटीको सदस्यता दिएर मात्र सेवा दिन्छु भन्नु गैर जिम्मेवारी पना भएको संगठन विभाग प्रमुखको भनाई रहेको छ । 
    जिल्लामा रहेका ९स्थानीय तहमध्ये ६ तहमा नेपाली काँग्रेस विजयी भएकाले जनतालाई सहज रुपमा सेवा दिन जनप्रतिनिधीलाई आग्रह समेत गरेका छन् । नेपाली काँग्रसले नै कुसंस्कार  र कुरितीको अन्त्य गर्ने काँग्रेसको अभियान रहेको दावी समेत गरेका छन् । 
वडा सम्मेलनमा नेपाली काँग्रेस महाधिवेश प्रतिनिधी ओमकार बोगटीले नेपाली काँग्रेसको अगुवाईमा ल्याएको पटक पटकको परिवर्तनलाई कहिल्यै जनताले नभुुल्न आग्रह गरेका छन् । 
नेपाली काँग्रेस बडीमालिका नगरपालिकाका नगर कार्य समिति कार्यबहाक सभापती धनलाल पाध्यायले नगरको विकासमा नेपाली काँग्रेसले महत्वपुर्ण भुमिका खेलेको जिकिर गरेका छन् । यस्तै नेपाल दलित सघंका केन्द्रीय सदस्य वीर बहादुर विश्वकर्माले दलित महिला पिछडिएका क्षेत्रको सारथी नेपाली काँग्रेस मात्र भएको बताएका छन् । कार्यक्रममा नेपाल तरुण दलका जिल्ला अध्यक्ष कुम्भनाथ योगीले २००७ सालको देखि २०६२।६३ को जनआन्दोलनको नेतृत्वमा परिवर्तन आएको बताएका छन् । उनले नेपाकाले झुटको राजनिति गर्दै गएकाले जनतलाई सजग रहन आग्रह गरेका छन्् ।
वडा सम्मेलनमा नेपाल महिला सघ जिल्ला अध्यक्ष अमृता सिंहले नेकपाको सरकारमा विभिन्न जघन्य र जवरजस्तीकरणका घटना बढ्दै गएको बताइन् । उनले कञ्चनपुरकी १४ वर्षीया निर्मला पन्तको बलात्कारी गरी विभत्स रुपमा हत्या हुदाँ पनि अहिलेको सरकार मौन रहेको बताइन् ।  
    कार्यक्रममा बडीमालिका नगरपालिका उप प्रमुख कविता विष्टले नगरपालिका नगरभित्रका जनताका समस्या समाधन गर्दै लैजाने प्रतिबद्धता जनाएकी छन् । उनले नगरका शिक्षा,खानेपानी,स्वास्थ्य लगायतका क्षेत्रमा आफ्नो चासो रहेको बताइन् । उनले छाउपडी प्रथाले जगडीएको समाजलाई बदल्नका लागि आफुले महिला संग उप प्रमुख कार्यक्रम ल्याएको भनिन् । 
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य कौशल विश्वकर्मा,नेपाल दलित संघ पुर्व अध्यक्ष जस बहादुर वि.क.नेविसंघका नेता काँशीचन्द्र पाध्याय,नेपाल शिक्षक संघ बडीमालिका नगर कार्य समिति उपाध्यक्ष रिठु पाध्याय,आधिकारिक टेडयुनियनका उपाध्यक्ष देवी खत्री र विद्यालय कर्मचारी परिषदका उपाध्यक्ष  देवराज पाध्यायले शुभकामना मन्तव्य राखेका थिए । वडा सम्मेलनमा नविकरण गरिएका क्रियाशिल सदस्यता समेत वितरण गरेको वडाका कार्य बहाक सभापति मदनराज जैशीले बताएका छन् । 
    उनैको अध्यक्षतामा कार्यक्रम संचालन भएकोे हो भने कार्यक्रमको सचालन दलित संघका जिल्ला उपाध्यक्ष गोरख वि.क.ले संचालन गरेको स्वागत मन्तव्य मनी पाध्यायले गरेका हुन् । कार्यक्रममा शैलेजा,द्धारीकादेवी,दिव्यादेवी आमा समुहले देडा गित र एकल गित समेत प्रस्तुत गरिएको थियो । 

१७ जना क्रियाशिल सदस्य सम्मानित 
नेपाली काँग्रेस बडीमालिका नगरपालिका ७ नं वडा कार्य समितिले शनिबार एक कार्यक्रमका बीच १७ जना क्रियाशिल सदस्यहरुलाई सम्मान गरेको छ । 
लामो समयदेखि नेपाली काँग्रेसमा रही काँग्रेसको हित हुने गरी काम गरेको भन्दै १७ जनालाई कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको कार्य बहाक सभापति मदनराज जैशीले बताएका छन्् । 
सम्मानित हुनेमा लोटक बोगटी,गोरख रोकाया,कन्जडे ल्वार,धनसिं धामी,मन जैशी रेका छन् । 
यसैगरी मन बहादुर रावत,मनरुप पाध्याय,लाली खत्री,अनिलाल जैशी,कर्ण प्र्रसाद पाध्यायलाई प्रमाण पत्र  दोसल्ला ओढाएर सम्मान गएिको हो । 
त्यस्तै सम्मानित हुनेमा नन्दराम पण्डित,मोतिसिं बोगटी,मनी जैशी,गोरे पाध्याय,रत्नचन्द पाध्याय, र धनकृष्ण पाध्याय रहेको नेपाली काँग्रेस वडा नं ७ वडा कार्य समितिले बताएको छ ।