Close This

टम्बो मोबाईल विक्रेता भेटघाट कार्यक्रम

सोमबार असोज १, २०७५/ Monday 09-17-18
Paschim Today

पश्चिम टुडे, धनगढी १ असोज । 
टम्बो मोबाईलले मोबाईल बिक्रेता फर्मका प्रतिनिधिहरु संग भेटघाट कार्यक्रम आईतबार सम्पन्न भएको छ । 
टम्बो मोबाईलको नेपालको आयात कर्ता तथा विक्रेता रहेको शंकराचार्य मोबाईल प्रालि काठमाडौंका बिजनेश हेड भुपाल क्षेत्रीले माबाईलको विशेषताहरुको बारेमा मोबाईल विक्रेता फर्मका प्रतिनिधिहरुलाई जानकारी गराएका थिए । 
टम्बो मोबाईलको पावर फोन अन्र्तगत ६ मोडल र सुपर फोन अन्र्तगत २ वटा मोडेलहरु बजारमा उपलब्ध रहेको छ । 
१ हजार ३ सय ५५ रुपैया देखि ११ हजार सम्मका मोबाईल सेटहरु बजारमा उपलब्ध रहेको  छ । २०० दिन भित्र मोबाईल विग्रिएमा मोबाईल रिप्लेसमेन्ट र १ वर्ष भित्र मोबाईलको स्क्रीन फुटेमा स्क्रीन रिप्लेसमेन्टको निःशुल्क व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
मोबाईलमा ५ मेगा फिक्सेल क्यामरा, फिंगर प्रिन्ट, २५०० एमएच व्याट्री लगायतको विशेषताहरुको रहेको छ ।  
कम्पनीका सेल्स म्यानेजर अशोक गौतमले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि टम्बो मोबाईलका बिजनेश हेड भुपाल क्षेत्री, मार्केटिङ म्यानेजर प्रतिक चन्द« ढुंगेल, डिएसएम नविन जिसी रहेका थिए । 
टम्बो मोबाईलको सेती अंचलको आधिकारी विक्रेता रहेको भवानी ट्रेडिङ हाउस धनगढीका संचालक जितेन्द्र कुमार बोगटी (बोस)ले सेती अंचलभरि टम्बो मोबाईल विभिन्न मोबाईल पसलहरुमा उपलब्ध हुने जानकारी दिए ।
कार्यक्रममा कैलाली जिल्लाका विभिन्न मोबाईल विक्रेता फर्मका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।