Close This

लागु औषधको कारोवार रोक

सोमबार असोज १, २०७५/ Monday 09-17-18
Paschim Today

पश्चिम टुडे, धनगढी १ असोज । 
प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढी लागु औषधको भण्डारण थलो बनेको छ । धनगढी लागु औषधको ओसार पसार तथा बिक्री वितरण पनि बढेको छ । पूर्वी नेपाल र सीमा पारी भारतीय बजारमा लागु औषध विक्री वितरण तथा ओसार पसार गर्नेले धनगढीलाई भण्डारण केन्द्र बनाएका छन् । धनगढी र टीकापुरको बाटो भएर काठमाडौंसम्म लागु औषध ओसार पसार हुने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीको अनुसन्धानले देखाएको छ । 
यस क्षेत्रमा उत्पादन हुने चरेश र गाँजा बाहेक भारतबाट आधुनिक खाले लागु औषध ल्याएर धनगढीमा भण्डारण हुने गरेको छ । धनगढीलाई केन्द्र बनाएर राजाधानी काठमाडौंसम्म लागु औषध ओसार पसार गर्ने गरिएको छ । धनगढीबाट पहाडी जिल्ला, तराईका विभिन्न बजार र कर्णाली पारि हुंदै राजधानीसम्म लागु औषध पुगाउने गरिएको पाइएको छ । प्रदेशका पहाडी जिल्लाबाट आउने चरेश भने भारतको राजधानी दिल्ली र उत्तरप्रदेशको राजधानी लखनऊसम्म लागु औषध कारोबारीले पु¥याउने गरेका छन् । धनगढी लागु औषधको ट्रान्जिट प्वाइन्ट बन्न थालेपछि प्रहरीले विभिन्न क्षेत्रमा टोली वनाएर यसको नियन्त्रण र निषेधका लागि अभियान नै सुरु गरेको छ । लागु औषध कारोवारमा संगठित गिरोहले काम गरिरहेको अनुसन्धानमा देखिएको छ । नेपालबाट सीमा पारी चरेश पुगाउने र उताबाट खैरो हिरोइन, विभिन्न खाले ट्याब्लेट र ड्रग्स तस्करी गरेर ल्याउने गरिएको पाइएको छ ।’
टीकापुर क्षेत्रमा लागु औषध चरेश भन्दा पनि खैरो हिरोइन र अन्य आधुनिक खाले लागु औषधको कारोबार बढी हुने गरेको छ । लागु औषध कारोबारमा पुरुष मात्र नभइ महिला पनि उत्तिकै सहभागी देखिएको छ । 
चरेश परम्परागत रुपमा हुने तस्करी हो भने आधुनिक खाले लागु औषध ओसार पसार हुन थालेको भने केही वर्ष मात्र भएको छ ।’ भारतको राजधानी दिल्ली र उत्तर प्रदेशको राजधानी लखनऊबाट ल्याइने आधुनिक लागु औषध नेपालका विभिन्न ठाउंँमा पठाउने ट्रान्जिट प्वाइन्टका रुपमा धनगढीलाई कारोबारीले प्रयोग गर्न थालेको पाइएको छ ।
सीमा क्षेत्रमा हुने दैनिक उपभोग्य वस्तुको तस्करीसंगै लागु औषध आउने गरेको छ । सीमा पारीका मेडिकलबाट लागु औषधका रुपमा प्रयोग गर्न सकिने ड्रग्स संगै खैरो हिरोइन, हिरोइन टी टयाब्लेट्स जस्ता खतरनाक मानिने लागु औषध धनगढी भित्रिने गरेको छ ।   लागु औषध ओसार पसार संगै दुव्र्यशनमा लागेका १६ देखि ३५ वर्ष उमेर समूहका युवायुवती बढी रहेको प्रहरीको अनुसन्धानले देखाएको छ  । यसरी लागु औषधको भण्डारण स्थल बन्दै गएको यस प्रदेशलाई बचाउनु जरुरी रहेको छ ।